Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

विवादास्पद पेनाल्टीका कारण दुःखी छौं : ब्रेथह्‍वाइट

लन्डन, (खेलाडी)- डेनमार्कका स्टार मार्टिन ब्रेथह्‍वाइटले विवादास्पद पेनाल्टीका कारण युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार इङ्ल्यान्डसँग पराजित भएपछि आफू अत्यन्तै निराश भएको बताएका छन् ।

अतिरिक्त समयमा प्राप्त विवादास्पद पेनाल्टीमा इङ्ल्यान्डका कप्तान ह्‍यारी केनको प्रहार डेनिस गोलपिकर स्माइकलले जोगाएका थिए । तर रिबाउन्डमा प्राप्त बललाई केनले गोलमा परिणत गरेपछि जारी प्रतियोगितामा डेनमार्कको सनसनीपुर्ण यात्रामा पूर्णविराम लागेको थियो । 

त्यसअघि मिकेल ड्याम्सगार्डको उत्कृष्‍ट फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएको थियो । जसलाई सिमोन काजाइरको आत्मघाति गोलमार्फत इङल्यान्डले बराबरीमा ल्याएको थियो ।

फिनल्यान्डसँग १-० ले पराजित भएको समूह चरणको पहिलो खेल दौरान ह्रदयघातका कारण क्रिस्टियन इरिक्सन मैदानमै वेहोस भएर ढलेपछि डेनमार्कका लागि जारी युरोपियन च्याम्पियनसिपको यात्रा भावुक बनेको थियो । 

समूह चरणको अन्तिम खेलमा रुसमाथि ४-१ को प्रभावशाली जित हासिल गर्दै मुस्किलले नकआउट चरण पुग्‍न सफल टोलीले त्यसयता अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को प्रभावशाली जित दर्ता गरेको थियो भने क्‍वार्टरफाइनलमा चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको थियो ।

तर सेमिफाइनलमा विवादास्पद पेनाल्टीका कारण टोली उपाधि जितेर घरमै स्वास्थ्यलाभ गरिरहेका सहयात्री इरिक्सनलाई भावनात्मक उपहार दिने लक्ष्यबाट बञ्‍चित भयो । जसलाई ब्रेथह्वाइटले अत्यन्तै पीडादायक र निराशाजनक भएको बताए । 

‘हामीले यसलाई स्विकार गर्नैपर्छ । हामी प्रतियोगिताको समग्र यात्राप्रति गौरवान्वित छौं, तर जुन तरिकाले हाम्रो यात्रा टुंगियो त्यसमा भने हामीलाई खेद छ,’ ब्रेथह्‍वाइटले भने, ‘त्यो निर्णय न्यायपूर्ण थिएन । हामी अन्यायमा पर्‍यो । तर त्यस विषयमा केही पनि बोल्दा म धेरै होसियार हुनुपर्छ । मैले कसैलाई आरोप लगाउन खोजेको होइन, तर निर्णय न्यायोचित भएन भन्‍ने गुनासो चाँही हो ।’

प्रतिक्रिया दिनुहोस

\