Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

पराग्वे विरुद्ध मेसी मैदान उत्रन तयारः स्कालोनी

ब्युनस आयर्स, (खेलाडी)- अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कतार विश्वकप २०२२ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पराग्वे विरुद्ध स्ट्राइकर लियोनल मेसीले नै टोली नेतृत्व सम्हाल्ने बताएका छन् ।

गत साता च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र फ्रेन्च लिग वानमा रेनस विरुद्ध मैदान उत्रनु अघि मेसीले घुँडाको चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट दुई खेल गुमाएका थिए । 

सोही कारण मेसीले विश्वकप छनोट अन्तर्गत पराग्वे विरुद्धको खेल गुमाउन सक्ने चर्चाका बिच स्कालोनीले मेसी खेलका लागी पुर्ण रुपमा तयार रहेको बताए ।

‘मेसी हिजो र आज विहान प्रशिक्षणमा सहभागी भए र उनमा कुनै समस्या थिएन,’ प्रशिक्षक स्कालोनीले भने, ‘पराग्वे विरुद्ध मैदान उत्रदै टोलीको नेतृत्व सम्हाल्न उनी तयार छन् ।’

१८ अंकसहित विश्वकप छनोटको दोस्रो स्थानमा रहेको अर्जेन्टिना पछिल्लो २२ खेलमा अपराजित रहँदै आएको छ ।

ब्राजिल २४ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

\