Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

टोलीका उत्कृष्ट खेलाडीलाई पहिलो रोजाइमा खेलाउनु पर्छः फर्गुसन

लन्डन, (खेलाडी)-  इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार एभर्टनविरुद्धको खेलमा क्रिस्टिायानो रोनाल्डोलाई पहिलो राजाईमा नराख्ने म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको निर्णयको आलोचना भइरहदा आलोचकको लहरमा युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन पनि थपिएका छन् ।

युनाइटेड एभर्टनसँग १-१ को बराबरीमा रोकिएको खेलमा सोल्सायरले रोनाल्डोलाई ५७ औं मिनेटमा मात्रै मैदान उतारेका थिए । 

पुर्व प्रशिक्षक फर्गुसनले सधै टोलीको उत्कृष्ट खेलाडीलाई पहिलो रोजाइमा खेलाउनु पर्ने बताएका हुन् । 

यद्धपी सोल्सायरले भने खेलको बारेमा विश्लेषकभन्दा रोनाल्डो र आफुले धेरै बुझेको भन्दै पोर्चुगिज कप्तानलाई पहिलो रोजाइमा नराख्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस

\