Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

दक्षिण अफ्रिकालाई साम्सी र माननको प्रेरणा

कोलम्बो, (खेलाडी)- स्पिनर ताबरियाज साम्सीको ५ विकेटप्रेरित दक्षिण अफ्रिकाले शनिबार दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई डकवर्थ लुइस पद्दतीमा ६७ रनले हराउदै तीन खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ ।

वर्षाले खेल प्रभावित भएपछि श्रीलंकाले डकवर्थ लुइस पद्दतिको आधारमा जितका लागि ४१ ओभरमा २ सय ६५ रनको लक्ष्य पाएको थियो । तर श्रीलंका ३६ ओभर ४ बलमा १ सय ९७ रनमा सिमित भयो ।

श्रीलंकाका लागि चारित आशालंकाले सर्वाधिक ७७ रनको योगदान गर्दा चानुका करुणारत्नेले ३६ र  कप्तान धानुस सनाकाले ३० रन जोडे ।

दक्षिण अफ्रिकाका साम्सीले ४९ रन खर्चदै ५ विकेट लिए । त्यस्तै कागिसो रवाडाले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ओपनर जानेमन माननको १ सय २१ रन मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८३ रनको योगफल तयार पारेको थियो ।

तेस्रो एक दिवसीय खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

\