Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

सेल्टिकको लगातार दोस्रो हार, लेभरकुसनसँग ४-० ले पराजित

लन्डन, (खेलाडी) सेल्टिकले युरोपा लिगको नयाँ सिजनमा लगातार दोस्रो हार भोग्ने क्रममा बिहीबार राति समूह ‘जी’को खेलमा जर्मन बुन्डेसलिगाको टोली बायर लेभरकुसनलाई ४-० को नतिजा सुम्पिएको छ । 

सेल्टिक पार्कको घरेलु मैदानमै फराकिलो हार भोग्ने क्रममा स्कटिस टोलीले दुवै हाफमा दुई/दुई गोल खायो । भ्रमणकारी लेभरकुसनका लागि २५औं मिनेटमा पिएरो हिन्कापीले खोलेको खातामा मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा फ्लोरियन विर्टजले दोस्रो गोल गरेका थिए । 

मध्यान्तरपछि पनि खेलमाथि उस्तै प्रभाव कायम गरेको टोलीका लागि ५८औं मिनेटमा लुकास एलारियोले पेनाल्टीमा गोल गर्दै अग्रता ३-० ले फराकिलो पारे । इन्जुरी समयको चौथो मिनेटमा बैकल्पिक खेलाडी एमिने एडिलले अर्को गोल गरेपछि लेभरकुसनको जित थप प्रभावशाली बन्यो ।

समूहको अर्को खेलमा बिहीबार स्पेनिस ला लिगाको टोली रियाल बेटिसले हंगेरीको फेरेनभारोसमाथि ३-१ को जित दर्ता गरायो । 

समूह चरणका दोस्रो खेलसम्म जितको यात्रालाई निरन्तरता दिएका लेभरकुसन र बेटिस शीर्ष दुई स्थानमा रहँदा अंकको खाता खोल्न नसकेका फेरेनभारोस र सेल्टिक पुछारमा छन् । 

युरोपा लिगमा बिहीबारै भएको समूह ‘एच’का खेलमा वेस्ट ह्याम र डिनामो जागरेबले जित हासिल गरे । 

विजयी यात्रालाई निरन्तरता दिने क्रममा वेस्ट हमले घरेलु मैदानमा अस्ट्रियाको र्यापिड विनलाई २-० को नतिजामा हराउँदा डिनामो जागरेबले बेल्जियमको जेन्समाथि ३-० को जित हासिल गर्यो । 

लगातार दोस्रो खेलमा जित हासिल गरेको वेस्ट हम ६ अंकका साथ शीर्ष स्थानमा रहँदा डिनामो जागरेब र जेन्क समान तीन अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । अंकको खाता खोल्न नसकेको र्यापिड विन पुछारमा छ ।

यसैगरी इटालियन सिरी ‘ए’को टोली लाजियोले समूह ‘इ’को खेलमा रुसी प्रतिद्वन्द्वी लोकोमोटिभ मस्कोमाथि २-० को विजय हासिल गर्दा फ्रान्सको मार्से र टर्कीको गालाटासरेले गोलरहित बराबरीमा चित्त बुझाए । 

बिहीबारको नतिजापछि दुई खेलको समाप्तीमा चार अंकका साथ गालाटासरे शीर्ष स्थानमा रहँदा लाजियो तीन अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै दुई अंक जोडेको मार्से तेस्रो तथा एक अंकमा सीमित मस्को पुछारमा छन् ।

त्यस्तै समूह ‘एफ’मा बिहीबारै भएका खेलमा एफसी कर्भेना भेज्डाले लुडोगोरेट्स रेजगार्डलाई १-० तथा एससी ब्रागाले एफसी मिडजिल्यान्डलाई ३-१ को नतिजामा पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

\