Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेटबाट स्टेनको संन्यास

जोहानेसबर्ग, (खेलाडी)- दक्षिण अफ्रिकाका अलराउन्डर डेल स्टेनले सबै खाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

३८ वर्षे स्टेनले समाजिक सञ्जाल मार्फत संन्यासको घोषणा गरेका हुन् । स्टेनले लेखेका छन्, ‘तितो, मिठो, तर यादगार ।’

‘२० वर्षे अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु,’ स्टेनले भने, ‘सबैलाई धन्यबाद ।’
 
स्टेनले दक्षिण अफ्रिकाबाट ९३ टेस्टमा ४ सय ३९ विकेट लिएका थिए । उनले सन् २०१९ मै टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरिसकेका थिए । 

उनले एक दिवसीय र ट्वान्टी-२० क्रिकेट जीवनलाई भने निरन्तरता दिने बताएसँगै उनलाई दक्षिण अफ्रिकाले सन् २०१९ मा इङ्ल्यान्डमा भएको विश्वकप टोलीमा समावेश गरेको थियो । 

तर उनले कुमको समस्याका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । स्टेनले १ सय २५ एक दिवसीय खेलमा १ सय ९६ र ४७ ट्वान्टी-२० खेलमा ६४ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

\