कोपिला उप्रेती

कोपिलाको भलिबल कर्म

भलिबल खेल्दाखेल्दै जीवनका थुप्रै अपरिहार्य पाटो बिर्सिएकी कोपिला उप्रेतीले उमेरमा चार दशक काटिसकेकी छन् । ४१औं वर्षमा हिँड्दै गरेकी कोपिला अहिलेसम्म पनि अविवाहित छिन् । एक्लो जीवनको एउटै सहारा हो भलिबल ।

‘राष्ट्रिय खेलाडी बन्ने धुनमा एकोहोरिँदा व्यक्तिगत जीवनमा पछि परेको पत्तै भएन,’ कोपिला हाँस्दै सुनाउँछिन् ।

‘भलिबलकै कारण यहाँसम्म आइपुगेको छु । परिवार, नातागोता बनाउनु मात्र उपलब्धि हो जस्तो लाग्दैन । मैले भलिबलबाटै उपलब्धि हासिल गरेकी छु । मलाई यसैमा सन्तुष्टि छ,’ उनलाई आफ्नो खेलजीवनमाथि गर्व छ ।

प्रत्येक महिलामा जस्तो कोपिलामा पनि रातो साडीमा सजिएर परिवारसँग हिँड्न मन लाग्थ्यो । अहिले पनि लाग्छ । तर, भलिबलकै कारण व्यक्तिगत जीवनको रेल छुटिसके जस्तो लागिरहेछ अहिले उनलाई । यसमा उनलाई कुनै गुनासो भने छैन । आखिर भलिबलले नै उनलाई देशभर कोपिला उप्रेती भनेर चिनाएको छ । थुप्रै देशको सयर गराएको छ । कोर्टमा उत्रिँदा हजारौं समर्थकले ताली पिटेर हौस्याएका क्षणहरू स्मरण गर्न पाइरहेकी छन् । त्यही भबिललले विभिन्न देशमा गएर पनि आफ्नो खेल कौशल प्रस्तुत गर्ने मौका पनि दिएको छ ।

‘भलिबलकै कारण यहाँसम्म आइपुगेको छु । परिवार, नातागोता बनाउनु मात्र उपलब्धि हो जस्तो लाग्दैन । मैले भलिबलबाटै उपलब्धि हासिल गरेकी छु । मलाई यसैमा सन्तुष्टि छ,’ उनलाई आफ्नो खेलजीवनमाथि गर्व छ ।

गर्व नहोस् पनि किन ? तीन वर्षअघि नेदरल्यान्ड्स भलिबल संघ र डच मिनिस्ट्री अफ फरेन एफेयर्सले समेत उनको भलिबल जीवनमाथि वृत्तचित्र निर्माण गरेर सार्वजनिक गरेको थियो । विदेशी संस्थाबाट यो स्तरको पहिचान पाउने थोरैमात्र नेपालीमध्ये एक हुनुको गौरवानुभूति पनि उनीसँग छ ।

आफूमाथि बनेको वृत्तचित्र सार्वजनिक भएको तीन महिनापछि कोपिलाले खेलाडीका रूपमा अन्तर्राष्ट्रिय भलिबलबाट संन्यास लिइन् । अहिले उनी घरेलु भलिबलबाट पनि बिदा भइसकेकी छन् । खेलाडीका रूपमा विश्राम लिएपछि उनले प्रशिक्षकको करियर रोजेकी छन् ।

झन्डै १० वर्ष नेपाल पुलिस क्लबको महिला टोलीबाट खेलेकी उनी अहिले पुलिसकै टिम सम्हालिरहेकी छन् । आफूजस्तै थुप्रै ‘कोपिला’ उत्पादन गर्ने लक्ष्यमा रहेकी उनी महिला टिममा महिला प्रशिक्षक नै हुनुपर्ने मान्यताको वकालत गरिरहेकी छन् । त्यसका लागि आफूलाई तयार गरिरहेको उनको भनाइ छ ।

नेपाली महिला भलिबलको प्राविधिक पक्षको नेतृत्व गर्ने लक्ष्य बनाइरहेकी कोपिलाले सजिलो पारामा आफूलाई यसका लागि तयार पारेकी भने होइनन् । पाँचथरबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएदेखि नै उनले गरेका संघर्षका कथा निकै लामा छन् ।

२०६१ सालमा काठमाडौं आएपछि उनले मूल उद्देश्य अध्ययनलाई पाखा लगाएर भलिबल रोजिन् । त्यसमा पनि एउटा संयोग छ । दाजु–भाउजुसँग कीर्तिपुरमा डेरा गरी बस्ने उनलाई पँधेरोमा एक अपरिचित केटाले सुझाए, ‘यति अग्लो मान्छेले त बास्केटबल वा भलिबल खेल्नु नि ।’ कीर्तिपुरतिर बास्केटबल खेल्ने तिनै अपरिचितले उनलाई मनवीर छन्त्यालले सञ्चालन गरिरहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रसम्म पुर्याइदिए ।

त्यसो त सानै उमेरदेखि भलिबलप्रति रुचि नभएको होइन । तर स्कुले जीवनमा उनले त्यो मौका कहिल्यै पाइनन् । कोर्टको छेउमा बसेर केटाहरू खेलेको हेर्नुमात्र उनको नियति थियो । स्पाइक हान्दा बाहिरिएको बल दिँदा धित मर्नेगरी हान्दाको रोमाञ्च भने अहिले सम्झँदा पनि उनलाई विशेष लाग्छ ।

तर, २०६१ सालमा काठमाडौं आएपछि उनले मूल उद्देश्य अध्ययनलाई पाखा लगाएर भलिबल रोजिन् । त्यसमा पनि एउटा संयोग छ । दाजु–भाउजुसँग कीर्तिपुरमा डेरा गरी बस्ने उनलाई पँधेरोमा एक अपरिचित केटाले सुझाए, ‘यति अग्लो मान्छेले त बास्केटबल वा भलिबल खेल्नु नि ।’ कीर्तिपुरतिर बास्केटबल खेल्ने तिनै अपरिचितले उनलाई मनवीर छन्त्यालले सञ्चालन गरिरहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रसम्म पुर्याइदिए ।

त्यहींबाट एउटी कोरा युवतीको स्टार भलिबल खेलाडी बन्ने यात्राको औपचारिक सुरुआत भयो । कोपिलाले ती अपरिचितलाई त्यसयता भेटेकी छैनन् । तर उनीप्रति अनुग्रहित भने छन् । भन्छिन्, ‘उहाँकै कारण आज मेरो यो पहिचान बनेको छ । कुनै दिन भेट भयो भने हृदयदेखिको धन्यवाद भन्ने मन छ ।’

२२ वर्षको उमेरमै ५.९ फिट उचाइ भएकी कोपिलालाई देख्नेबित्तिकै छन्त्याल (मनवीर) उत्साहित भए । छन्त्यालले त्यतिबेला ‘तिमी नेपालको नम्बर ‘वान’ खेलाडी बन्न सक्छांै, राष्ट्रिय खेलाडी हुन्छांै’ भनेको कोपिलाले अझैसम्म बिर्सेकी छैनन् । ‘उहाँको त्यही कुराले त हो मभित्र राष्ट्रिय खेलाडी बन्ने हुटहुटी जाग्न थालेको,’ खेलाडीसँगको कुराकानीमा कोपिला उत्साही देखिइन् ।

तर अध्ययनका लागि आएकी बहिनी पढा छाडेर खेल्न थालेपछि स्वाभाविक रूपमा दाजुभाउजुसँग सम्बन्ध बिग्रियो । त्यसले आर्थिक अभाव झनै बढ्यो । पैसा नभएकै कारण हिँडेरै कीर्तिपुरबाट मनमैंजुसम्म प्रशिक्षणका लागि जानुपर्ने भयो । खेल्न जुत्ता थिएन । सँगैको कोठामा बस्नेको जुत्ताबाट सुटुक्क काम चलाउनुपर्यो ।

ढोरपाटनबाट जावलाखेल प्रशिक्षण केन्द्रसँग मैत्रीपूर्ण भलिबल खेल्नेक्रममा कोपिलाको भेट पूर्वप्रशिक्षक कपिलकिशोर श्रेष्ठसँग भयो । श्रेष्ठले पनि पनि राष्ट्रिय खेलाडी बन्नसक्ने क्षमता भएको भनेपछि कोपिलाको लक्ष्यलाई अगाडि बढ्न झन मद्दत गर्यो । त्यसपछि कोपिला जावलाखेलमा सरुवा भइन् ।

‘छिमेकी कोठामा बस्ने दाइ बिहान पढ्न जानुहुन्थ्यो । उहाँको जुत्ता मलाई ठीक हुन्थ्यो । त्यहीं मझेरीमा राखेको हुन्थ्यो । म त्यही जुत्ता लगाएर प्रशिक्षणमा जान्थें । ती दाइ आइपुग्दा जुत्ता जस्ताको तस्तै पहिलैको ठाउँमा राखिदिन्थें । उहाँले सायद थाहा पाउनुभयो होला, तर केही भन्नुभएन,’ कोपिलाले संघर्षका दिन स्मरण गरिन् ।

ढोरपाटनबाट जावलाखेल प्रशिक्षण केन्द्रसँग मैत्रीपूर्ण भलिबल खेल्नेक्रममा कोपिलाको भेट पूर्वप्रशिक्षक कपिलकिशोर श्रेष्ठसँग भयो । श्रेष्ठले पनि पनि राष्ट्रिय खेलाडी बन्नसक्ने क्षमता भएको भनेपछि कोपिलाको लक्ष्यलाई अगाडि बढ्न झन मद्दत गर्यो । त्यसपछि कोपिला जावलाखेलमा सरुवा भइन् ।

प्रशिक्षणकै क्रममा जावलाखेलले उनीसहितको टोलीलाई जुत्ता र ट्र्याकसुट दिएका बेला सायद कोपिला करियरमा सबैभन्दा खुसी भएकोमध्ये एक थियो । ‘धेरै खुसी लाग्यो । ‘त्यसपछि मैले जुत्ताको जोहो गर्नुपरेन नि त । अनि खुसी किन नलागोस् ? मैले जीवनमै खेलेका कारण पाएको पहिलो चिज थियो त्यो,’ उनले भावुक हुँदै सुनाइन् ।

त्यसको एक महिना नबित्दै कोपिला राष्ट्रिय टोलीको ढोकामा पुगिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का भलिबल प्रशिक्षक शान्ति गुरुङ र कौशल्या खत्रीले उनलाई प्रशिक्षणका लागि बोलाए । त्यही क्रममा उनले सार्वजनिक संस्थानबाट काठमाडौंमा आयोजित १३औं राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाइन् । जुन उनको जीवनको पहिलो प्रतियोगिता थियो । जावलाखेलले त्यसमा उपाधि नजिते पनि उनी ‘उत्कृष्ट ब्लकर’ घोषित भइन् ।  

‘अवार्ड लिन जाँदा डर लागेको थियो । त्यसले आँखा चिम्म गरेको थिएँ । भोलिपल्ट समाचारपत्रमा अवार्ड लिँदै गरेको फोटो आएछ । हेर्दा त आँखा बन्द रहेछ,’ उनले सुनाइन्, ‘त्यो देखेपछि अचम्मै लाग्यो । गरे सकिने रहेछ जस्तो लाग्यो ।’

उत्कृष्ट ब्लकर भएपछि राष्ट्रिय टिममा उनका लागि ढोका खुल्यो । त्यही वर्ष श्रीलंकाको कोलम्बोमा भएको १०औं दक्षिण एसियाली खेलकुद (साग) उनको राष्ट्रिय टिमबाट पहिलो प्रतियोगिता थियो ।

भलिबलमा त्यतिबेला धेरै प्रतियोगिता हुँदैनथे । खेलेरैमात्र जीवन यापन गर्नु त परैको कुरा भयो । समय कटाउन पनि गाह्रो हुन्थ्यो । त्यसैले २०६४ सालमा न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीमा सहायक प्रशिक्षकको रूपमा काम गर्न थालिन् ।

मुख्य प्रशिक्षक थिए कुमार राई । अनि कोपिलाको मासिक पारिश्रमिक थियो १५ सय रुपैयाँ ।

कोर्टमा बिछट्टै क्षमताकी कोपिलाको करियरले २०६८ सालमा अर्को सुखद मोड पायो । विभागीय टोली नेपाल पुलिस क्लबले उनलाई आबद्ध गर्यो । विभागमा आबद्ध भएपछि भविष्यप्रतिको अन्योल रहेन । जीवनयापन पनि सहज हुन थाल्यो ।

कोपिलाको खेलजीवनले हासिल गरेको अर्को उल्लेख्य सफलता भनेको विदेशबाट व्यावसायिक भलिबल खेल्नु हो । पहिलो पटक कोपिला र निमा श्रेष्ठको जोडी व्यावसायिक भलिबलको सिलसिलामा माल्दिभ्स पुगेको थियो ।

भलिबल खेलाडी व्यावसायिक रूपमा विदेशमा गएर खेल्ने परम्परा थालेका कोपिला र निमाको जोडीले माल्दिभ्सको टिमबाट बिच भलिबलको उपाधि जित्यो । त्यसपछि लगातार नेपाली खेलाडीका लागि विदेशमा व्यावसायिक भलिबल खेल्न बाटो खुल्यो । तीमध्ये पनि कोपिला सबैभन्दा सफल खेलाडी हुन् । उनले सात पटकसम्म विदेशी टिमबाट व्यावसायिक भलिबल खेलेकी छन् । उनले माल्दिभ्सका विभिन्न टिमका साथै आयरल्यान्डबाट पनि व्यावसायिक भलिबल खेलिसकेकी छन् ।