चैत्र ९, २०८२ सोमबार | १७:५१:३९
सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न
शनिबारको दिन १९औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कस्ले खेल्ने ? (भाग–४)

काठमाडाैं । अहिलेसम्म खेलाडी डटकमले चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालले भाग लिने १५ खेल र त्यसमा सहभागी हुने खेलाडीबारे चर्चा गरिसकेको छ । अब थप ५ खेलको चर्चा गर्ने पालो ।

करातेएसियाडमा नेपालले पदक जित्न सक्ने तीन खेलमध्ये एक करातेलाई पनि मानिएको छ । यो खेलमा कुल ८ खेलाडीले सहभागिता जनाउने छन् । त्यसमध्ये चार महिला र चार पुरुष रहेका छन् । महिलामध्ये सबिना श्रेष्ठले ५० केजीमुनि, निरुपा तामाङले ६१ केजीमुनि, एरिका गुरुङले ६८ केजीमाथि तौल समूह तथा एलिसा मगरले व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ सन्तोष श्रेष्ठले ६७ केजीमुनि, मोहम्मद आलमले ७५ केजीमुनि, विप्लवमान श्रेष्ठले ८४ केजीमाथि तौल समूह तथा सोनिम मानन्धरले व्यक्तिगत काता देशको प्रतिनिधित्व गरेर खेल्नेछन् ।  

रग्बीनेपालले रग्बी सेभेनमा सहभागिता जनाउन लागेको यो पहिलोपल्ट हो । नेपालले पुरुष रग्बी सेभेनमा खेल्नेछ । यसका लागि १२ सदस्यीय टिम चीन जानेछ । खेलाडी हुन् यदु अधिकारी, विवेश बासु, विक्रम भारती, निरोज कार्की, सुजन कुमाल, नवीन महर्जन, सविन महत, पुजन फेवाली, विक्रम पुरी, झुकेन्द्र राई, विराट श्रेष्ठ र श्रीराम श्रेष्ठ ।

सुटिङनेपालको प्रतिनिधित्व गर्दै सुटिङमा दुई खेलाडीले मात्र सहभागिता जनाउने छन् । यी दुवै खेलाडी महिला हु्न् । त्यसमा सलिशा भण्डारीले १० मिटर एयर राइफलमा भाग लिनेछन् । सुस्मिता नेपालले पनि समान १० मिटर एयर राइफलमै खेल्नेछिन् । सुस्मिता ओलम्पिक खेलिसकेकी खेलाडी हुन् ।

स्क्वासस्क्वासमा नेपालका तर्फबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसमा तीन महिला र तीन पुरुष खेलाडी रहेका छन् । त्यसमा विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र कृष्णा थापाले महिला एकल र टिम स्पर्धामा खेल्नेछन् । अमिर ब्लोन, अरहन्तकेशर सिंह र अमृत थापामगरले भने पुरुष एकल र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।  

पौडीपौडीमा नेपालको सहभागिता चार खेलाडीको हुनेछ । समान दुई महिला र पुरुष । महिलातर्फ डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । अनुसिया तण्डुकारले ५० र १०० मिटर फ्रि–स्टाइलमा खेल्नेछन् । पुरुषतर्फ नासिर हुसेनले २०० र ४०० मिटर फ्रिस्टाइलमा भाग लिनेछन् भने एलेक्जान्डर शाहले १०० र ५० मिटर फ्रिस्टाइलमा आफ्नो चुनौती पेस गर्नेछन् ।