आश्विन १, २०८१ मंगलबार | ०१:३३:४७
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदका कीर्तिमानहरू

पोखरा । नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव बिहीबार पाखेरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा सम्पन्न भएको छ ।

खेलको समग्र स्तर, स्थानीय सहभागिता, व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा निक्कै आलोचना र विवादले घेरिएको राष्ट्रिय खेलकुदले अर्को एउटा दुर्भाग्य पनि सहनु पर्यो । प्रतियोगिता दौरान भएको एउटा दुर्घटनामा प्याराग्लाइडिङ खेलाडी निशिम थापा क्षेत्रीको ज्यान गयो । केही खेलाडी तथा अधिकारीहरु डेंगी रोगको सिकार भए । स्क्वासमा मधेष प्रदेशको टोलीका सबै खेलाडीमा डेंगीको संक्रमण भएपछि प्रतियोगिता परित्याग गर्न बाध्य भए । भलिबलका केही खेलाडी गम्भीर घाइते भए ।

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जित्दै कीर्तिमान रचेकी गौरिका सिंहले यस पटक आफ्नै कीर्तिमानमा समेत सुधार गर्न सकिनन् । उनले व्यक्तिगत विधातर्फ मात्र एक स्वर्ण पदक जितिन् । डुआना लामाले ९ स्वर्ण पदक जित्दा एस्ली डंगोल सापकोटाले ६ स्वर्ण पदक जितिन् ।

थुप्रै लज्जाजनक कमजोरी र दुर्भाग्यको प्याकेजका रुपमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको एउटा सकारात्मक पक्ष रह्यो । त्यो थियो राष्ट्रिय खेलकुदको यो संस्करणमा थुप्रै राष्ट्रिय कीर्तिमान बन्नु ।

यसक्रममा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा थुप्रै राष्ट्रिय कीर्तिमान बने । यद्धपि फिस्टेल एकेडेमीको पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम लम्बाइको भएको भन्दै पौडीका कीर्तिमानले मान्यता नपाउने चर्चा पनि खेल जगतमा व्याप्त छ । सर्ट कोर्समा गराएइको पौडीमा कुल २० राष्ट्रिय कीर्तिमान बनेको आयोजकको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जित्दै कीर्तिमान रचेकी गौरिका सिंहले यस पटक आफ्नै कीर्तिमानमा समेत सुधार गर्न सकिनन् । उनले व्यक्तिगत विधातर्फ मात्र एक स्वर्ण पदक जितिन् । डुआना लामाले ९ स्वर्ण पदक जित्दा एस्ली डंगोल सापकोटाले ६ स्वर्ण पदक जितिन् ।

त्रिभुवन आर्मी क्लब नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा टिम च्याीम्पयन बन्यो । आर्मीले २० स्वर्ण, ९ रजत तथा ७ कांस्य पदक जितेको थियो ।

त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले १५ सय मिटर फ्रिस्टाइलमा आफ्नै कीर्तिमानमा सुधार गरे । १३औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका नासीरले १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए । त्यस्तै पुरुष २०० मिटर फ्रिस्टाइल र पुरुष २०० मिटर इन्डिभिजुयल मिडलेमा पनि नासिरले आफ्नै कीर्तिमान भंग गरे ।

नासिरले पुरुष २०० मिटरमा सन् २०२१ को डिसेम्बरमा सम्पन्न १५औं फिना विश्व पौडी च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ५८.३० सकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते । उनले निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेन्डमा पार गर्दै नयाँ कीर्तिमान बनाएका थिए । त्यस्तै पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा पनि उनी आफैंले गत वर्ष फिना च्याम्पिनसिपमै बनाएको २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते । उनले निर्धारित दूरी पार गर्न १ मिनेट ११.२३ सेकेन्ड लगाएका थिए ।

त्यस्तै महिला २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुआना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा दुरी पूरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोडिन ।

पुरुष २ सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलको हिट चरणमा कीर्तिमान बन्यो ।

पुरुष ५० मिटर फ्रिस्टाइलमा त्रिभुवन आर्मी क्लबका एलेक्जेन्डर शाहले आफ्नै कीर्तिमानमा सुधार गरे । उनले २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डको नयाँ कीर्तिमान रचे ।

पुरुषकै २ सय मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेन्डको कीर्तिमानलाई एनआरएनका आशिष सापकोटाले २ मिनेट १६.४३ सेकेन्डमा छोट्याएका छन् ।

डुआनाले महिला ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आफ्नो तीन वर्ष पुरानो कीर्तिमान सुधार गर्दै स्वर्ण जितिन् । उनले निर्धारित दूरी ३५.२३ सेकेन्डमा पूरा गरिन् । यसअघि सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले ३५.४६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

पुरुष २०० मिटर ब्याकस्ट्रोकमा एपिएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानी समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो । उनले २०१९ मा २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान रचेका थिए ।

एथ्लेटिक्स

तीन विभागिय टोलीको वर्चश्व रहँदा आर्मी च्याम्पियन बनेको एथ्लेटिक्समा कुल १० राष्ट्रिय कीर्तिमान बने ।

महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले ४७.६० मिटरको नयाँ कीर्तिमान कायम गरिन् । यसअघि यो कीर्तिमान त्रिभुवन आर्मी क्लबकी लक्ष्मी थारुको नाममा थियो । आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै एपिएफका सलिम देवानले ७.०६ मिटरको नयाँ राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलुकदको एथ्लेटिक्सअन्तर्गत पुरुष लङ जम्पमा स्वर्ण पदक जिते । देवानले २३ वर्षअघिको कीर्तिमान तोडेका हुन् । यसअघि कृष्णबहादुर श्रेष्ठले सन् १९९९मा पाकिस्तानको इस्लामावादमा ७ मिटरको कीर्तिमान बनाएका थिए ।

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित महिला लङ जम्पमा स्वर्ण पदक जितिन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटरको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यता ४ सय मिटर पुरुष र महिलामा नयाँ कीर्तिमान कायम भएका छन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जिते । उनले सन् १९९० मा चीनको वेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको कीर्तिमान भङ्ग गरे । चौधरीले ४८.३२ सेकेन्डको कीर्तिमान राखेका थिए ।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारूले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको कीर्तिमान तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा दुरुी पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै महिला १०० मिटर हर्डल्समा जयारानीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । यसअघि १५.२० सेकेन्डको टाइमिङसहित यो कीर्तिमान उनकै नाममा थियो ।

जयारानीले ४०० मिटर महिला हर्डल्समा स्वर्ण पदक जितेकी छन् । उनले यो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् ।

यसअघि यो कीर्तिमान उनको आफ्नै नाममा थियो । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ को कीर्तिमान कायम गरेकी थिइन् ।

त्यस्तै १० हजार मिटर पुरुष दौडमा पनि आर्मीका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । दीपकले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपीचन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे । गोपीले २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

पुरुष एक सय मिटरमा एपिएफका शिवचन्द्र पार्की तथा महिलामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाए । महिला सय मिटरको हिटमै नयाँ कीर्तिमान बनिसकेको थियो । यसअघि काठमाडौंमा १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)मा देवीमाया पनेरुले कायम गरेको कीर्तिमान शनिबारको हिटमा लुम्बिनी प्रदेशकी निशा चौधरीले भंग गरेकी थिइन । १२ः१५ सेकेन्डमा निर्धारित दुरी तय गर्दै निशाले देविमायाको २३ वर्ष पुरानो १२ः१९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिइन ।

तर फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२ः२२ सेकेन्डमा दुरी पार गरेर रजत पदकमा चित्त बुझाइन ।

पुरुषमा एपिएफका शिवराज पार्की कीर्तिमानी १०ः५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जिते । पार्कीले पनि रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेका हुन् । चौधरीले १९९९ मा १०ः७१ सेकेन्डको टाइमिङका साथ बनाएको कीर्तिमान पार्कीले नतोडेसम्म कायम थियो ।

भारोत्तोलन

भारोत्तोलनमा पनि नवौं राष्ट्रिय खेलकुदमा १० वटा नयाँ राष्ट्रिय कीर्तिमान बने । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जानकारी गराएअनुसार महिला ७१ केजी तौल समूहकी जुनुमाया छन्त्यालले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरि सबै तीन विधामा कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

यसैगरी पुरुष ८१ केजीमा विकास थापाले क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दा महिला ८१ केजीको स्पर्धामा तारादेवी पुनले तीनै विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन । विकास भट्टले पुरुष ८९ केजीमा पनि सबै तीन विधामा कीर्तिमानी प्रदर्शन गरेका थिए ।

भारोत्तोलनमा कुल १० नयाँ कीर्तिमान बने पनि पुलिसकी जुनुमायाले स्न्याचमा बनाएको कीर्तीमान भने उल्लेखनीय रहयो । उनले यसअघि रहेको ६८ केजीको कीर्तिमानमा १० केजी सुधार गर्दै ७८ केजी तौल उचालेकी थिइन् ।