आश्विन १, २०८१ मंगलबार | ०१:२२:५४
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन एनएसजेफ स्पाेर्टस अवार्ड

दिग्गज खेलाडीको नजरमा स्पोर्ट्स अवार्ड

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा सबैभन्दा सफल खेलाडीको नाम हो, पारस खड्का ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले सबैभन्दा धेरै पाँच पटक अवार्ड जितेका छन् । एक पटक युवा विधामा बाजी मारेका पारस परिपक्व भएसँगै पुरुष विधामा हाबी हुन थाले । २०६४ सालमा युवा विधामा सर्वोत्कृष्ट ठहरिएका पारसले २०६६, २०६९, २०७० र २०७४ सालमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए ।

‘एप्रिसिएटिङ अचिभमेन्ट, अनरिङ हिरोज’ अर्थात उपलब्धिको कदर र नायकहरूको सम्मान । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड गर्दा राख्ने गरेको उद्देश्य हो यो । यही उद्देश्यमा मञ्चले २५ वर्षदेखि विभिन्न उकाली ओरालीको यात्रा गर्दा अवार्ड १८औं संस्करणसम्म आइपुगेको छ ।

यही मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा नेपाली खेलकुदमा हासिल गरिएका उपलब्धिहरूको कदर गरिने र नायकहरू सम्मानित हुने दिन हो । आयोजक मञ्चले विविध कार्यक्रमसहित अवार्डलाई भव्यसँग आयोजना गर्दै आएको छ ।

‘हामीजस्ता खेलाडीका लागि यस अवार्डले ठूलो अर्थ राख्छ । हामी यो अवार्ड कहिले आउँछ भनेर पर्खिरहेका हुन्छौं । खेलकुदको यो माहोलमा सबै हस्ती उपस्थित हुनुहुन्छ, त्यसमा सर्वोत्कृष्ट खेलाडी चुनिन पाउनु मेरा लागि ठूलो उपलब्धि हो,’ कीर्तिमानी अवार्ड विजेता पारसको भनाइ हो यो ।

एउटा खेलाडीले वर्षभर गरेको मिहिनेत र परिश्रमको कदरस्वरुप खेलाडीलाई अर्वाडमार्फत यसरी गरिने सम्मानले आत्मसन्तुष्टिका लागि अर्को बहाना दिने क्रिकेटर पारस बताउँछन् ।

खेलाडीको मनोबल बढाउने यो अभियानमा जोडिनेले पनि कुनै कसर बाँकी राख्दैनन् । हंशराज हुलाचचन्द एन्ड कम्पनीका निर्देशक शेखर गोल्छा भन्छन्, ‘समाजको उन्नति गर्न चाहन्छौं भने सम्मान गर्न कञ्जुस्याइँ गर्नुहुन्न । मञ्चले अझ यस्तो वर्गलाई सम्मान गरिरहेको छ, जसले राष्ट्रको नाम उँचो बनाउनुका साथै देशलाई एकतामा बाँधिरहेको छ । देशको वर्तमान अवस्थामा खेलकुदले गौरव र सन्तोष गर्ने ठाउँ दिइरहेको छ ।’

सक्रिय खेलाडी मात्रै होइन, आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय नेपाली खेलकुदलाई समर्पित गरेर थन्किएका खेलाडीले पनि यसै अवार्डबाट सम्मानित हुने अवसर पाइरहेका छन् ।

‘धेरै साथीहरूले फोनबाट बधाई दिनुभयो । साह्रै खुसी लागेको छ । खेल्न छोडेको यतिका वर्षपछि पनि योगदानको कदर हुँदा आनन्द लागिरहेछ,’ लाइफटाइम अचिभमेन्ट अवार्ड पाएपछि कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धरले भनेका थिए, ‘खेलकुदमा आउन चाहने नयाँ खेलाडीका लागि यो प्रेरणास्रोत बन्न सक्छ । खेलाडीको दुःख र मिहिनेत खेर जाँदैन । कहीं न कहीं मूल्यांकन भइरहेको हुन्छ भन्ने प्रमाण यो अवार्ड हो ।’

नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले सुरु भएको यो अवार्ड ‘ट्रेन्ड सेटर’ बन्न सफल भएको ओलम्पियन दीपक विष्ट बताउँछन् ।

‘मैले मात्र नभएर सम्पूर्ण खेलाडीले यो अर्वाडलाई सकारात्मक रूपमा लिएका छौं । खेलकुद पत्रकार मञ्चसँगको सिकोमा खेलाडी संघले एनएनआइपिए अवार्ड गरिरहेका छौं । वर्षमा हुनैपर्ने अवार्ड हो यो । हामी खेलाडी यो अवार्डको प्रतीक्षामा हुन्छौं,’ तेक्वान्दोका कीर्तिमानी दीपक भन्छन् ।

नेपाली खेलजगतका सर्वाधिक सफलमध्ये एक खेलाडी दीपकले ०६३ र ०६४ सालमा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए । २०६६ सालमा विशेष पुरस्कारबाट सम्मानित भएका दीपक भन्छन्, ‘हामीले वर्षभर गरेको मिहिनेतको कदर र सम्मान यो प्लेटफर्ममा पाइन्छ । अहिले यो कार्यक्रम भव्य र सभ्य रूपमा भइरहेको छ । खेलाडीलाई एक किसिमको ऊर्जा दिने प्लेटफर्म हो एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ।’

स्पोर्ट्स अवार्डको लक्ष्य खेलाडीलाई अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्नु पनि हो । र, यसले साँच्चै खेलाडी आफैंलाई प्रोत्साहन गर्न मद्दत पुर्याउने २०६५ सालमा ‘पुरुष वर्ष खेलाडी’को अवार्ड जितेका जुमनु राई बताउँछन् ।

‘हामीले वर्षभर गरेको मिहिनेतको फलस्वरुप खेलकुद पत्रकार मञ्चले हामीलाई यो अवार्डबाट कदर गर्ने गरेको छ । खुसी लाग्छ । यो अवार्डले हामीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ,’ उनी भन्छन् ।

क्रिकेटका पूर्वकप्तान विनोद दासले भनेका थिए, ‘अवार्ड जित्नु त बोनस हो, मनोनयनमा पर्नु नै विजेता हुनु हो,’ विनोदले वर्ष २०६२ का उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका थिए ।

महिला फुटबलर जमुना गुरुङले पल्सर स्पोर्ट्स अवार्ड जित्दाको खुसी नै बेग्लै हुने बताएकी थिइन् । उनी २०६७ की महिला वर्ष खेलाडी हुन् ।