फाल्गुन १२, २०८२ मंगलबार | ०१:२९:४५
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन पेरिस ओलम्पिक २०२४

ओलम्पिक सुपर फ्यानको सुपर कथा

काठमाडौं । खेल त खेलाडीको मात्र हुन्न । यो त त्यसलाई माया गरेर हेर्न आउने दर्शकको पनि हो । पेरिस ओलम्पिकमा पनि यो लागू हुन्छ । भिभियान रोबिन्सन तिनै महिलाको नाम हो, जसलाई यस्तै दर्शकमध्ये ‘सुपर फ्यान’ भन्न सकिन्छ ।

भिएनीले तय गरेको यात्रा आफैंमा सुपर कथा रहेको छ । अहिले उनी पेरिसको गल्लीगल्लीमा घुमिरहेकी छिन्, सक्दो कुनै न कुनै खेल हेर्न पुगिरहेकी हुन्छिन् । यो उनको सातौं गृष्मकालीन ओलम्पिक सहभागिता हो ।

यसका लागि उनले आफ्नो जीवनको लामै समय बिताइसकेकी छन् । पेरिस आउनका लागि मात्रै उनले १० हजार डलर खर्च गरेकी छिन् । यो पनि आफैमा ठूलो रकम हो । तर, आफ्नो सोखका अगाडि यो केही पनि होइन ।

उनी भन्छिन्, ‘काम गर्दा दुःख त हुन्छ नै । तर, ओलम्पिक हेर्नुको जुन मज्जा छ, त्यसको अगाडि यो दुःख पनि केही होइन ।’

उनी यस्तै भन्छिन् । रोबिन्सन ६६ वर्षकी भइन् । उनी हुन् त लस एन्जलसकी । आजभोलि उनी ओलम्पिकप्रतिको असीमित प्रेमका कारण अन्तर्राष्ट्रिय मिडियामा मज्जाले छाइरहेकी छिन् ।

पेरिस जानकै लागि भनेर उनले यो उमेरमा पनि दुई जागिर खाएकी थिइन् । दिनमा उनी भिनेस बिचमा काम गर्थिन् अनि राति ग्रोसरी सपमा । पेरिस जान नपाउला भनेर उनले यसरी दुई जागिर दुई वर्ष लगातार गरिन् र चाहि‘दो खर्च जुटाइन् ।

उनी भन्छिन्, ‘काम गर्दा दुःख त हुन्छ नै । तर, ओलम्पिक हेर्नुको जुन मज्जा छ, त्यसको अगाडि यो दुःख पनि केही होइन ।’

उनलाई एउटा दुःख भने छ । त्यो हो, पेरिसमा खेल हेर्न तिर्नुपर्ने चर्को मूल्यप्रति । उनले ठूलो स्क्रिनमा पेरिस ओलम्पिकको उद्घाटन समारोह हेर्नकै लागि भनेर १ हजार ६०० डलर खर्चिन् । यो त ठूलै रकम हो नि । एक प्रकारले खेल हेर्न चाहनेप्रति अत्याचार नै । तर, रोबिन्सन कति धेरै भलाद्मी छिन् भने उनलाई लाग्छ, जीवनमा यस्तो पनि भइरहन्छ ।

अझ भन्छिन्, ‘ओलम्पिकका आयोजकले म जस्ता दर्शकबाट जतिसुकै महँगो टिकटबाट असुले पनि पछाडि हट्ने छैन । कमाउन अझ बढी मिहिनेत गर्नेछु ।’

सन् १९९६ को एटलान्टा ओलम्पिकबाट उनले ओलम्पिकका पिन संकलन गर्न थालेकी थिइन् । अहिलेसम्म यो काम खुबै मज्जाले चलिरहेको छ । उनी सन् २००० मा सिड्नी, सन् २००४ मा एथेन्स, सन् २०१२ मा लन्डन, सन् २०१२ मा रियो दी जेनेरियो पनि गइन् । सन् २००८ मा भने चीन जान पाइनन् ।

यस्तै कोभिडकै कारण टोकियो जान सम्भव भएन । अबको ओलम्पिक त उनको आफ्नै देशमा हुनेछ । त्यो भनेको लस एन्जलसमा हो । अहिले नै त्यसका लागि रोबिन्सन उत्साहित छन् । उनलाई थाहा छ, आफ्नै देशमा भएता पनि त्यसका लागि पनि उनलाई खर्च जुटाउनु छ अनि त्यसका लागि काम त गर्नुपर्नेछ । उनको योजना छ, पेरिसबाट फर्केलगत्तै काम सुरु गरिहाल्ने ।