आश्विन १, २०८१ मंगलबार | ०१:१७:१७
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन पेरिस ओलम्पिक २०२४

कस्तो खेले नेपाली खेलाडीले पेरिसमा ?

काठमाडौं । यतिबेला फ्रान्सको राजधानी पेरिसमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३ औं संस्करण चलिरहेको छ । गत शुक्रबार सुरु ग्रीष्मकालीन ओलम्पिकमा २०६ देशका १० हजार ५०० खेलाडीले सहभागिता जनाइरहेका छन् । तीमध्ये धेरै खेलाडीको ओलम्पिक यात्रा समाप्त भइसकेको छ ।

यस पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले भाग लिएका थिए । टेबलटेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर (एलेक्स) शाह र डुवाना लामा, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले भाग लिएका छन् ।

पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सेकेन्डको नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो । उनले २०२४ को फेब्रुअरीमा दोहाको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए ।

एलेक्सबाहेक अन्य खेलाडीका लागि यो पहिलो ओलम्पिक अनुभव हो । अब धाविका सन्तोषीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । ६ नेपाली खेलाडीको यात्रा पहिलो चरणबाट अगाडि बढ्न सकेन । महिला म्याराथनमा सहभागिता जनाउन लागेकी सन्तोषीले अगस्ट ११ मा प्रतिस्पर्धा गर्ने तालिका छ । 

यसपालिक पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित हुने निश्चित छ । सन्तोषीबाट राष्ट्रिय कीर्तिमान सुधारभन्दा बढी अपेक्षा गर्न सकिने अवस्था छैन ।

नेपाली खेलाडीको प्रदर्शन एलेक्जेन्डर शाह

पौडीवाज एलेक्जेन्डर शाह पेरिसमा नेपालका लागि राम्रो प्रदर्शन खेलाडीमा दर्ज भएका छन् । किनकि उनले पुरुष १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरे । तर, उनी पनि हिट चरणबाट अगाडि बढ्न सकेनन् ।

 पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सेकेन्डको नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो । उनले २०२४ को फेब्रुअरीमा दोहाको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । 

८ खेलाडी रहेको हिट ३ मा त उनी तेस्रो स्थानमा रहे । तर, समग्रमा ७९ प्रतिस्पर्धीमा उनी ५९ औं स्थानमा थिए । एलेक्सले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेलेका हुन् । उनले टोकियो ओलम्पिक २००२ पनि खेलेका थिए ।

मनिता श्रेष्ठ प्रधान

जुडोकी मनिता पेरिस ओलम्पिकको पहिलो चरण (अन्तिम ३२) मा सर्बिया खेलाडी मारिका पेरिसिकसँग पराजित भइन् । मनिता इप्पोन (१०-०) ले पराजित भएकी थिइन् । उनले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । मनिता एक मिनेटमात्र म्याटमा टिक्न सकिन् ।

 मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् । बाउट जित्ने लक्ष्य बनाए पनि उनले सफलता प्राप्त गर्न सकिनन् ।

डुवाना लामा 

पौडीवाज डुवाना लामाको प्रदर्शन पनि सोचेअनुरुपको हुन सकेन । महिला २०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिइन् ।

 सात खेलाडी रहेको हिट १ मा डुवाना अन्तिम स्थानमा रहिन् । कुल ३० प्रतिस्पर्धीमा पनि उनी पुछारमै थिइन् । डुवानाले पनि वाइल्ड कार्डमार्फत पेरिसको यात्रा तय गरेकी हुन् ।

सुस्मिता नेपाल

सुटर सुस्मिता नेपालको ओलम्पिक यात्रा पनि प्रारम्भिक (छनोट) चरणमै सीमित बन्यो ।  महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक जोडिन् । ४४ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहिन् । सुस्मिताले पनि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेलेकी हुन् ।

श्यान्टु श्रेष्ठ

टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर पेरिस ओलम्पिक पुगेका खेलाडी हुन् । उनको पहिलो खेल सेनेगलका इब्राहिम डियावसँग थियो । श्यान्टुले उक्त खेल ४-० को सोझो सेटमा गुमाए । उनले १०-१२, ३-११, ४-११, ५-११ ले खेल गुमाएका थिए । 

सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । श्यान्टुले ओलम्पिकका लागि दक्षिण एसियाली छनोटमा आफ्नै देशका संयोग कपालीलाई हराएका थिए ।

प्रिन्स दाहाल 

पेरिस ओलम्पिकमा प्रिन्सले सबैभन्दा धेरै खेल खेल्ने मौका पाए । ब्याडमिन्टनको मेन्स सिंगलमा प्रतिस्पर्धा गरेका प्रिन्सले समूह चरणमा तीन खेल खेलेका थिए । तर उनले एउटै जित निकाल्न सकेनन् । समूह ‘पी’ को कठिन समूहमा रहेका प्रिन्सले तीनै खेल २-० को सोझो सेटमा गुमाए । 

पहिलो खेलमा प्रिन्स विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग ८-२१, ६-२१ ले पराजित भए । आयरल्यान्डका नहत गुयनसँगको दोस्रो खेल प्रिन्सले ६-२१, ५-२१ ले गुमाए । गुयन विश्व वरीयताको ४३औं स्थानका खेलाडी हुन् ।

तेस्रो तथा अन्तिम खेलमा प्रिन्स विश्व वरीयताको ५८औं स्थानमा रहेका इजरायली खेलाडी मिसा गिल्बरम्यानलाई १२-२१, १०-२१ ले नतिजा सुम्पिए । अघिल्ला दुई खेलमा भन्दा प्रिन्सले यस खेलमा आफूलाई धेरै सुधारेका थिए । प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।