भाद्र २३, २०८१ आइतबार | ०७:५३:४९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन पेरिस ओलम्पिक

पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडी

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला पेरिस ओलम्पिक २६ जुलाईदेखि ११ अगस्टसम्म फ्रान्सको राजधानी सहरमा आयोजना हुँदै छ ।

पेरिससहित १६ सहरमा हुने ओलम्पिकमा ३२ खेलका विभिन्न ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा १० हजार ५ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।  

६ देशले ओलम्पिक आयोजना गर्ने प्रस्ताव राखे पनि पेरिसले यसको अधिकार पाएको हो । विगतमा जस्तै पेरिस ओलम्पिकमा पनि नेपाली खेलाडीको सहभागिता रहनेछ । यस खेलकुद कुम्भमेलामा नेपालका ६ खेलाडीले सहभागिता निश्चित भइसकेको छ ।

टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ छनोट प्रतियोगिताबाट  छानिएर ओलम्पिक खेल्दैछन् । छनोट खेलेर ओलम्पिक पुग्ने उनी तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट पछि तेस्रो खेलाडीको रुपमा इतिहासमा दर्ज भएका छन् ।

युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट म्याराथन धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल र सुटिङबाट सुस्मिता नेपाल छन् ।

स्यान्टु श्रेष्ठ– टेबलटेनिस

टेबलटेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा सिधै छनोट हुने एक्ला खेलाडी हुन् । नेपालमै पहिलो पटक आयोजना भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनलमा स्यान्टुले आफ्नै देशका संयोग कपालीलाई ४–३ को सेटले पराजित गर्दै ओलम्पिकमा स्थान बनाएका थिए । 

उनी नेपाली टेबलटेनिस इतिहासमा ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । छनोट प्रतियोगिता खेल्न अस्ट्रेलियामा अध्ययनरत उनी नेपाल आएका थिए । सेमिफाइनलमा स्यान्टुले श्रीलंकाका चामिरा गिनिगे पराजित गरेका थिए ।  

सन्तोषी श्रेष्ठ– एथलेटिक्सधाविका सन्तोषी श्रेष्ठले पहिलो पटक ओलम्पिक खेल्ने लागेकी हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जिताएकी थिइन् । उनलाई युनिभर्सालिटी कोटामा ओलम्पिकमा प्रतिस्पर्धा गराउन नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघले सिफारिस गरेका थिए । 

सन्तोषीले असोजमा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् । गत वर्ष नै बंगलादेशमा भएको बंगबन्धु म्याराथनको दक्षिण एसियातर्फ उनले स्वर्ण जितेकी थिइन् । घरेलु प्रतियोगितामा उनले थुप्रै उपाधि जितेकी छन् ।

डुवाना लामा– पौडी 

पौडीवाज डुवाना लामाले युनिभर्सालिटी कोटा (वाइल्ड कार्ड) मा पेरिस ओलम्पिक खेल्ने भएकी छन् । हाल उनले थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छन् । उनका बुवा नेपाली र आमा आइरिस हुन् । डुवानाले नेपालमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गरेकी छन् । 

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित ९ स्वर्ण जितेकी थिइन् । १३औं सागमा २ सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाईमा रजत पदक जितेकी डुवाना प्रतिभाशाली पौडीवाजमा पर्छिन् ।

एलेक्जेन्डर शाह– पौडीएलेक्जेन्डर शाहले पनि डुवानाझैं वाइल्र्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका छन् । उनीसँग २०२० को टोकियो ओलम्पिकको अनुभव पनि छ । हाल उनी अहिले अमेरिकामा प्रशिक्षण गरिरहेका छन् । आर्मी क्लबमा आबद्ध एजेक्जेन्डर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । 

 एजेक्जेन्डरले अमेरिका पढाइ र प्रशिक्षण एकसाथ बढाइरहेका छन् । उनले नवौं राष्ट्रिय खेलकुदमा ५० मिटर फ्रिस्टाइलको आफ्नै कीर्तिमान सुधार गरेका थिए । २१ वर्षीय उनले पछिल्लो पटक दोहामा भएको विश्व एक्वाटिक र चीनमा १९औं एसियाली खेलकुद खेलेका थिए ।

प्रिन्स दाहाल– ब्याडमिन्टन

नेपाली ब्याडमिन्टन इतिहासमा प्रिन्स ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । उनले पेरिस ओलम्पिकको तयारीमा जुटिसकेका छन् । जुनियर वरीयताको विश्व नम्बर एक भइसकेका १९ वर्षीय प्रिन्स ओलम्पिकमा आफ्नो सहभागितालाई बलियो पार्न अहिले श्रीलंकामा प्रशिक्षणरत छन् । 

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) मार्फत प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिक स्थान पक्का गराइएको थियो । नेपाल ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटी र विश्व ब्याडमिन्टन महासंघको पहलमा प्रिन्सले यो अवसर आत्मसात गरेका थिए ।

सुस्मिता नेपाल–सुटिङसुस्मिता पेरिस ओलम्पिक खेल्ने पक्का भएको तेस्रो महिला खेलाडी हुन् । ३३ औं ओलम्पिकका लागि सुस्मिताले वाइल्ड कार्ड पाएकी हुन् । सुस्मिताले महिला १० मिटर एयर राइफलमा सहभागिता जनाउने छिन् ।

सन् १९८८ को सोल ओलिम्पक देखि नेपालले सुटिङमा भाग लिँदै आएको छ । रियो ओलिम्पक २०१६ मा भने सुटिङमा नेपालको सहभागिता रहेन । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा वाइल्ड कार्डका लागि आवश्यक न्युनतम स्कोर गरेकी कारण उनी योग्य भएकी हुन् । यसै वर्ष जकार्तामा भएको एसियन सुटिङ च्याम्पियनसिपमा उनले ६१६.२ गरेकी थिइन् । जहाँ उनी ५० औं वरीयतामा थिइन् ।

पारा ओलम्पिकमा दुई खेलाडी

पारा तेक्वान्दो खेलाडीद्वय पलेशा गोबर्धन र भरतसिंह महताले पेरिस पारा ओलम्पिक खेल्ने पक्का भएका छन् । पलेशाले एसियाली छनोट प्रतियोगिता जितेर सिधै ओलम्पिक पक्का गरेकी हुन् । चीनको ताइयान भएको एसियाली छनोटको के‍-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जितेकी हुन् ।

 पलेशा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो पारा खेलाडी हुन् । उनी टोकियो पारा ओलम्पिक खेलाडी हुन् । ओलम्पिकमा दुई खेल जितेकी पलेशाले हाङचाउ एसियाली खेलकुदमा कांस्य जितेर इतिहास रचेकी थिइन् ।

नेपाल तेक्वान्दो संघले जनाएअनुसार भरतसिंहले वाइल्ड कार्ड पाएका हुन् । उनले ओलिम्पिकमा के(४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । 

दार्चुलाका २७ वर्षीय भरतले एसियाली छनोटमा एक खेल र हालै भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा एक खेल एक खेल जितेका थिए । त्यसले उनको वरीयतामा सुधार आएको थियो ।