चैत्र १८, २०८२ बुधबार | ०२:२८:४२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल
शनिबारको दिन १९ औं एसियाली खेलकुद

एसियाली खेलकुद आजदेखिः अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता हुने दाबी

काठमाडौं । एसियाली खेलकुद आयोजना गर्न सक्नु पनि समृद्धिको प्रतीक हो । चीनले एकपल्ट होइन, तेस्रोपल्ट एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्दै छ । यसक्रममा चीनले बाँकी विश्वलाई देखाउन खोजेको छ, यो देशले कति धेरै विकास गरेको छ ।

पछिल्लो समय चीनमा राजधानी बेइजिङ र सांघाई जस्ता सहर मात्र विकास भएको छैन, यो देशका अन्य सहरले पनि अविश्वसनीय रूपमा कायापलट खाएको छ ।

पूरा चिनियाँ सरकारले पनि यो प्रतियोगितालाई खुबै महत्व दिएको छ । चीनले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेको छ । त्यसैले त हो, उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पुग्ने । त्यस अवसरमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुग्नेछन् ।

यस्तैमा एउटा सहर हो हाङझाउ। विदेशी पर्यटकले चीनमा सर्वाधिक भ्रमण गर्ने तीन प्रमुख सहरमा यो पनि पर्छ । चीनको उत्तर दक्षिणमा रहेको यो सहर लगानीका दृष्टिकोणले पनि उत्तिकै उपयुक्त मानिन्छ । त्यसको अर्थ आर्थिक रूपमा पनि यो उत्तिकै समृद्ध छ । अब यसमै एउटा अर्को परिचय थपिएको छ । त्यो हो चीनमा १९ओैं एसियाली खेलकुद आयोजना गर्ने तेस्रो सहरका रूपमा ।

यसअघि पनि चीनले दुईपल्ट एसियाली खेलकुद आयोजना गरिसकेको छ । त्यसमध्ये पहिलो बेइजिङमा थियो भने दोस्रो ग्वाङचउमा थियो । अब पालो हाङझाउको । पूरा चिनियाँ सरकारले पनि यो प्रतियोगितालाई खुबै महत्व दिएको छ । चीनले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेको छ । त्यसैले त हो, उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पुग्ने । त्यस अवसरमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुग्नेछन् ।

यहाँका एसियाली गेम्स भिलेज, मिडिया सेन्टरदेखि प्रतियोगिता आयोजना हुने मुख्य स्थल स्पोर्टस पार्क स्टेडियमलाई पूर्णतः वातावरणमैत्री बनाइएको छ । यसैले त हो, यसपल्टको उद्घाटन समारोहमा आतिसबाजी पनि हुने छैन, वातावरण दूषित होला भनेर । 

प्रतियोगिताका क्रममा हाङझाउ सहर पूरा पूर शृंगारिएको छ । लगभग नयाँ दुलहीले जस्तै । पूरा सहरमा चारैतर्फ प्रतियोगितासँग जोडिएका विशाल पोस्टर र मस्कट राखिएका छन् । यहाँको तीव्र गतिमा दौडिने बुलेट ट्रेनलाई पनि प्रतियोगिताको छनक दिने गरेर सज्जाइएको छ । यसक्रममा दिन खोजिएको नारा हो, हामी मुटुसँग मुटु साट्न चाहन्छौं भविष्यका लागि ।

भविष्यकै लागि भनेर त हो, यहाँका एसियाली गेम्स भिलेज, मिडिया सेन्टरदेखि प्रतियोगिता आयोजना हुने मुख्य स्थल स्पोर्टस पार्क स्टेडियमलाई पूर्णतः वातावरणमैत्री बनाइएको छ । यसैले त हो, यसपल्टको उद्घाटन समारोहमा आतिसबाजी पनि हुने छैन, वातावरण दूषित होला भनेर । यहाँ जति पनि प्रविधिको प्रयोग गरिएको छ, ती सबै नयाँ र अत्याधुनिक छन् ।

एउटा अर्काे तथ्य, प्रतियोगिता आफैंमा अब्बल दर्जाको हुनेछ, यहाँ पस्किने खेल अर्कै स्तरमा हुनेछ । यसको कारण पनि स्पष्ट छ, पहिलो यो ओलम्पिकपछि दोस्रो ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हो । अझ सहभागीको संख्याको आधारमा त यो ओलम्पिकभन्दा पनि अगाडि छ ।

खास–खास खेलका विश्व र ओलम्पिक च्याम्पियन छन् । ती सबै एसियाकै छन् अनि तिनले हाङचउमा आफ्नो चुनौती पेस गर्दैछन् । त्यसो त प्रतियोगिताका केही खेल यसअघि नै सुरु भइसकेका छन् । तर प्रतियोगिताको उद्घाटन आज शनिबारदेखि हो । 

खास/खास खेलका विश्व र ओलम्पिक च्याम्पियन छन् । ती सबै एसियाकै छन् अनि तिनले हाङझाउमा आफ्नो चुनौती पेस गर्दैछन् । त्यसो त प्रतियोगिताका केही खेल यसअघि नै सुरु भइसकेका छन् । तर प्रतियोगिताको उद्घाटन आज शनिबारदेखि हो । त्यसको अर्थ, आजैदेखि हाङझाउ  एसियाली खेलकुदले आफ्नो वास्तविक गति लिनेछ । हामी धेरैभन्दा धेरै विश्वास लिन सक्छौं, यो हाङझाउ एसियाली खेलकुद अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता साबित हुनेछ ।