कार्तिक ६, २०८१ मंगलबार | १७:२७:२३
लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी
शनिबारको दिन नेपालमा पिकलबल

पिकलबलः विदेशमा प्रख्यात, नेपालमा कस्तो ?

काठमाडौं । पछिल्लो समयमा विश्व खेलकुदमा छुट्टै पहिचान बनाएको पिकलबल नेपाल भित्रिएको धेरै भएको छैन । तर नेपाल छिरेको केही वर्षमै यो खेलले अपेक्षित जरा गाडिसकेको छ ।

नेपाली खेलजगतमा विशेष स्थान बनाउन लागि परेको पिकलबलमा अहिले देशका विभिन्न स्थानमा गरी नियमित खेल्ने चार दर्जन हाराहारीमा खेलाडी छन् । पिकलबल टेबलटेनिसको जस्तो ब्याटले ब्याडमिन्टनको जस्तै कोर्टमा टेनिसको जस्तो नेट हालेर प्लास्टिकको बलले खेलिन्छ ।

तीन फरक खेलको मज्जा लिन पाइने यो खेलमा धेरै शारीरिक ‘अप्रोच’ आवश्यक पर्दैन । ‘यो त प्राविधिक खेल हो । यसमा प्लेसिङको धेरै महत्व हुन्छ । त्यसैले युरोप, अमेरिकातिर पिकलबलमा युवाहरूभन्दा पनि प्रौढ उमेरका खेलाडीको ठूलो आकर्षण छ,’ नेपालमा पिकलबल भित्र्याउने बेलायत निवासी नवीन गुरुङ भन्छन् ।

गुरुङको अनुभवमा नेपालमा पनि शारीरिकभन्दा प्राविधिक खेल भएकैले यसको लोकप्रियता दिनानुदिन बढ्दो छ । सीमित स्कुल, क्लब तथा स्पोर्टस सेन्टरमा लोकप्रिय बन्दै गए पनि पिकलबल नेपाली खेल समर्थकका लागि नयाँ नाम हो । नौलो खेल हो । धेरैलाई यसबारेमा थाहा नै छैन ।

तर, अमेरिकाबाट सुरु भएको यो खेल नेपालमा स्थापित गर्न सके पर्यटन व्यवसायलाई समेत ठूलो टेवा मिल्नेमा पिकलबल एसोसिएसन नेपाल (प्यान)का अध्यक्ष सौरभ भण्डारी विश्वस्त छन् ।

भण्डारी आफैंलाई पनि दुई वर्षअघिसम्म यो खेलको बारेमा थाहा थिएन । बेलायतमा बसोबास गर्ने सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले २०१९ मा पोखरामा केही विदेशी खेलाडी समावेश गर्दै प्रदर्शनी खेल गराएका थिए । जहाँ उनी पनि पुगेका थिए ।त्यहीँ देखेपछि भण्डारी आफैं पिकलबलसँग आकर्षित भएका हुन् ।

‘नवीन दाइ हाम्रा अविभावक हुुनुहुन्छ । उहाँले पोखरामा खेल गराउँदा म हेर्न मात्र गएको थिएँ । उहाँको कुरा सुनेपछि र यो खेलले खेलकुदसँगै पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने थाहा पाएपछि म यस खेलप्रति आकर्षित भएको हुँ,’ भण्डारी भन्छन्, ‘त्यसपछि हामी केही साथीहरू मिलेर पहिला त यो खेल आफैले सिक्यौं र संघ स्थापना गर्ने भनेर लाग्यौं । हाम्रा लागि नै यो खेल नौलो छ । अझ कतिपय नियम बुझ्न बाँकी छ ।’

अहिले विशाल मिलन केन्द्र, क्याम्पियन स्कुल र ग्यालेक्सी पब्लिक स्कुलका साथै भक्तपुरको एक विद्यालयमा बिहान र साँझ गरी दुई सत्रमा प्रशिक्षण सञ्चालन भइरहेको भण्डारी बताउँछन् । संघले विद्यालयहरूलक्षित गरेर खेलको परिचयात्मक कार्यक्रम तथा प्रशिक्षण सञ्चालन गरिरहेकाले पनि नेपालमा युवा खलाडीको पिकलबलप्रति विशेष आकर्षण रहेको उनी बताउँछन् ।

पिकलबल अहिलेसम्म राष्ट्रिय खेलकुद परिषदमा दर्ता भइसकेको छैन । नयाँ खेलकुद ऐनअनुसार दर्ताका लागि प्रक्रिया भने सुरु भइसकेको भण्डारीले बताए ।

‘केन्द्रमा दर्ता हुनुभन्दा पहिला प्रदेश खेलकुदमा दर्ता हुनुपर्ने रहेछ । हामी अहिले विभिन्न जिल्लामा संघ दर्ताको प्रक्रियामा लागेका छौं,’ उनले थपे, ‘हामीले केही समयअगाडि नै संघ दर्ताको प्रक्रिया सुरु गरेका थियौं । तर नयाँ ऐन पास भइनसकेका कारण हुन सकेको थिएन । अब कानुनी बाटो प्रस्ट भइसकेको छ । केही समयमा हाम्रो संघ नेपाली खेलकुदको राजमार्गमा अन्य खेलसँगै हातेमालो गरेर अगाडि बढ्ने छ ।’

पिकलबलका लागि प्रयोग हुने प्याडल, ब्याट र बल महँगो हुनाको साथै नेपालमा पाइन्न । जसले गर्दा काठमाडौं बाहिरका जिल्लाहरूमा खेल विस्तारमा भने कठिनाइ भइरहेको संघको अनुभव छ ।

अमेरिका र युरोपका साथै भारतमा यो खेलको विकास तीव्र गतिमा भइरहेको छ । भण्डारीको अनुभवमा नेपालमा पनि यो खेल विकास हुनेक्रममा छ । उनलाई अचेल विभिन्न देशका पर्यटकले नेपालमा पिकलबल खेल्न पाइन्छ कि पाइँदैन भनेर सोध्न थालेका छन् ।

‘विदेशी पर्यटकहरू नेपालमा रहँदासम्म दैनिक हाम्रो प्रशिक्षण केन्द्रमा आएर पिकलबल खेल्छन् । हामीलाई मात्र थाहा नभएको रहेछ । युरोप र अमेरिका मात्र होइन, हाम्रो छिमेकी भारतमै पनि पिकलबल निकै लोकप्रिय रहेछ,’ भण्डारी भन्छन्, ‘भोलिका दिनमा हामीले पिकलबल खेल्नकै लागि भनेर पनि विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन सक्ने रहेछौं । खेल पर्यटनको सम्भावना यो खेलमा अन्यको तुलनामा धेरै बढी रहेछ ।’

पछिल्लो समय पिकलबलले विश्वका चर्चित टेनिस खेलाडीहरूलाई आकर्षित गर्न थालेको छ । भारतका खेलाडीले विश्वको शीर्ष १० मा स्थान बनाइसकेका छन । भारतमा यो खेलको विकास हुँदा त्यसको प्रत्यक्ष फाइदा नेपाललाई पुग्छ । भारतीय संघसँगको सहकार्यमा नेपाली खेलाडीलाई प्रशिक्षण व्यवस्था गर्न सके त्यसले धेरै फाइदा पुग्नेछ ।

प्यानका महासचिव जनक फडेरा कर्णाली प्रदेशमा आयोजना हुने १०औंं राष्ट्रिय खेलकुदमा पिकलबललाई प्रदर्शनी खेलको रूपमा समावेश गर्ने प्रयास सुरु भएको बताउँछन् । उनका अनुसार कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र सन्ज्यालसँग यस विषयमा छलफल भइसकेको छ र उनी त्यसका लागि सकारात्मक देखिएका छन् । राष्ट्रिय खेलकुदमा समावेश हुन सके अहिलेसम्म राखेपमा दर्ता समेत भइनसकेको खेलका लागि त्यो ठूलो सफलता हुनेछ । राष्ट्रिय खेलकुदमा आयोजक प्रदेशले दुई खेललाई प्रदर्शनी खेलका रूपमा समावेश गर्न पाउने प्रावधान छ ।

पिकलबल अहिले नेपालमा परीक्षणकै क्रममा छ । संघका पदाधिकारी स्वयं पिकलबलको प्राविधिक पक्षका बारेमा बुझ्न, कसरी प्रतियोगिता सञ्चालन गर्ने लगायतका विषयमा बुझ्न अन्यत्र गइरहेका छन् ।

प्यान पदाधिकारीहरूका अनुसार सन् २०२८ को ओलम्पिकमा पिकलबललाई समावेश गर्ने तयारी छ । नेपालमा यो खेलको विकास गर्न सके यसबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै ओलम्पिकमा पनि पदकको आस गर्न सकिने भण्डारी बताउँछन् ।