मंसिर २२, २०८१ शनिबार | १६:२४:१९
कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक विराटनगरविरुद्ध देवको अर्धशतक कर्णालीले बनायो पावरप्लेमा ३२ रन कर्णालीवरुद्ध फिल्डिङ गर्दै विराटनगर सुदूरपश्चिमको विजयी यात्रा जारी, लुम्बिनी अझै जितविहिन सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार बलिङ सुरुआत कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक विराटनगरविरुद्ध देवको अर्धशतक कर्णालीले बनायो पावरप्लेमा ३२ रन कर्णालीवरुद्ध फिल्डिङ गर्दै विराटनगर सुदूरपश्चिमको विजयी यात्रा जारी, लुम्बिनी अझै जितविहिन सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार बलिङ सुरुआत
शनिबारको दिन वर्ष २०७९

नवौं राष्ट्रिय खेलकुद सकिएको वर्ष

काठमाडौं । वर्ष २०७९ लाई फर्केर हेर्दा नेपाली खेलकुदले बिर्सनै नसक्ने बृहत इभेन्ट नवौं राष्ट्रिय खेलकुद थियो । सरकारले नै विशेष महत्वका साथ आयोजना गर्ने गरेको यो नेपाली घरेलु खेलकुदको सबैभन्दा ठूलो र बृहत इभेन्ट हो । यस अर्थमा राष्ट्रिय खेलकुद नामजस्तै भव्य, व्यवस्थित र बृहत हुनुपर्थ्यो ।

तर, बृहत राष्ट्रिय खेलकुदको ओरालो लाग्नेक्रमले बितेको वर्ष गण्डकी प्रदेशमा पनि निरन्तरता पायो । स्थापनाकालमा प्रत्येक दुई वर्षमा गर्ने उद्देश्य राखिए पनि घोषित मितिमा नहुनु राष्ट्रिय खेलकुदको ठूलो समस्या थियो । नवौं राष्ट्रिय खेलकुदमा पनि त्यो समस्या यथावत रह्यो ।

समयमै भएको भए २०७७ सालमा सम्पन्न हुनुपर्ने खेलमेला ४ वर्षको अन्तरालपछि गण्डकी प्रदेशले गर्यो । आठौं राष्ट्रिय खेलकुद २०७५ सालमा लुम्बिनी प्रदेशमा भएको थियो । यसपालि राष्ट्रिय खेलकुद समयमा नहुनुको पछाडि कोभिड-१९ को विश्वव्यापी महामारी पनि कारणको रूपमा रह्यो । साथमा आयोजनास्थल तयार भइनसकेका कारण पनि राष्ट्रिय खेलकुद पटक-पटक स्थगित भयो ।

असोज २८ देखि कात्तिक ३ सम्म पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा भएको खेल महोत्सवमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक टिम च्याम्पियन बन्यो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कांस्यसहित कुल ३ सय ७० पदक जितेको थियो । लगातार तेस्रो पटक च्याम्पियन भएपछि आर्मीले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गर्यो ।

६४ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २ सय १८ पदकसहित सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य गरी कुल १ सय ९५ पदक सहित नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहे ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश समग्रमा चौथो तथा प्रदेशमध्ये पहिलो हुन सफल भयो । वाग्मती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य सहित कुल १ सय २० पदक जितेको थियो ।

वाग्मतीले २४ स्वर्ण, ४७ रजत र ७४ कांस्य गरी कुल १ सय ४५ पदक जितेर पाँचौं स्थानमा चित्त बुझायो । कोशी प्रदेश (तत्कालीन प्रदेश १) १० स्वर्ण, २३ रजत र ५० कांस्यसहित छैटौं स्थानमा रह्यो भने १० स्वर्ण, १० रजत, ४३ कांस्य जितेको सुदूरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण, ९ रजत र ७ कांस्यसहित आठौं तथा ६ स्वर्ण, २२ रजत र ४० कांस्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रह्यो ।

मधेश प्रदेश दसौं स्थान र कर्णाली प्रदेश एघारौैं स्थानमा सीमित भए । मधेशले ५ स्वर्ण, ८ रजत र २६ कांस्य जित्दा कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कांस्य जितेको थियो ।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण तथा स्क्वास र सफ्ट टेनिसमा १-१ स्वर्ण पदकका लागि खेल स्थगित भएको थियो ।

गण्डकी प्रदेश आयोजक भनिए पनि प्रदेशका आठ जिल्लासँगै काठमाडौं र ललितपुरमा पनि प्रतियोगिताहरू भए । राष्ट्रिय खेलकुद सुरु हुनुपूर्व नै त्यसअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा गरिसकिएको थियो भने पूर्वाधार नभएका कारण सुटिङको प्रतिस्पर्धा ललितपुर सातदोबाटोस्थित सुटिङ रेञ्जमा गरियो ।

थुप्रै विवादबीच सम्पन्न नवौं राष्ट्रिय खेलकुद निकै अस्तव्यस्त थियो । २१ औं शताब्दीमा आयोजना भएको खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रमले जुन भव्यता पाउनुपर्ने हो, त्यसको कुनै रौनक देखिएन । तथापि आयोजक राष्ट्रिय खेलकुद परिषदले खेल मेला भव्य रूपमा सम्पन्न भएको दाबी गर्यो । तर, नवौं राष्ट्रिय खेलकुद त्यसको भव्यताका लागि स्मरण गरिने छैन । न त आर्मीले लगातार तेस्रो पटक च्याम्पियन ट्रफी जितेको विषय नै यसको स्मरणमा रहनेछ ।

खासमा नवौं राष्ट्रिय खेलकुदलाई एउटा अत्यन्तै दुःखद घटनाका लागि नेपाली खेलकुदले सधैं सम्झिइरहने छ । प्याराग्लाइडिङ प्रतियोगिताका क्रममै नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको निधनले प्रतियोगिता खल्लो बनाएको थियो । सराङकोटको डाडाँबाट उडान भर्नेबित्तिकै उनले दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।

यसैगरी पौडीतर्फ एकपछि अर्को राष्ट्रिय कीर्तिमान बने पनि तिनले मान्यता पाएनन् । राष्ट्रिय खेलकुद गराइएको एउटा स्कुलको पौडीपोखरी अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नरहेका कारण ती कीर्तिमानहरूले मान्यता नपाउने भएका हुन् ।

यद्यपि पहिलोपल्ट राष्ट्रिय खेलकुदको ट्रफी टुर गरियो । पहिलोपल्ट बनाइएको ट्रफीलाई प्रतियोगितामा सहभागी हुने सातै प्रदेश, विभागीय टिमका हेडक्वाटरका साथै परम्परा र सांस्कृतिक महत्व बोकेका स्थानहरूमा पुर्याएर राष्ट्रिय खेलकुदको प्रचारप्रसार गरिएको थियो । यो राष्ट्रिय खेलकुदको सकारात्मक पक्ष हो ।

अब राष्ट्रिय खेलकुदको दसौं संस्करण २०८१ सालमा कर्णाली प्रदेशमा हुनेछ ।