फाल्गुन २७, २०८२ बुधबार | ११:४२:०२
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना
शनिबारको दिन वर्ष २०७९

पारा खेलकुदको अविस्मरणीय वर्ष

काठमाडौं । अभाव र विविध समस्याबीच सकारात्मक बाटोमा घिस्रिइरहेको नेपाली पारा खेलकुदका लागि २०७९ साल अर्को अविस्मरणीय वर्षमा दरिँदै विदा भएको छ । अघिल्लो वर्ष पनि पारा खेलकुदमा पारा तेक्वान्दोले एकपछि अर्को सफलता पाएको थियो ।

गत वर्ष पलेशा गोवर्धन र सिर्जना घिसिङले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका थिए । त्यसो त २०२१ को टोकियो ओलम्पिकमा पलेशा दुई फाइट जित्ने पहिलो खेलाडी बनेसँगै पारा तेक्वान्दोको चर्चा चुलिन थालेको हो ।

पारा खेलकुदका अन्य गतिविधि करिब शून्य अवस्थामा रहँदा पारा तेक्वान्दोले वर्ष २०७९ मा एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामात्र जनाएन, पदकका साथ नेपाली खेलकुदमा आफ्नो दरिलो उपस्थिति जनायो ।

जेठ १० देखि १३ सम्म हाङझाउमा हुने २०२२ को एसियन पारा तेक्वान्दोको छनोटका रूपमा रहेको शारजहाँ छनोटमा नेपालकी रञ्जना धामीले कांस्य जितेकी थिइन् ।

त्यस्तै सिर्जना घिसिङले मंसिर २२ देखि २४ सम्म साउदी अरेबियाको रियादमा सम्पन्न विश्व पारा तेक्वान्दो ग्राँपि (जी-१०) मा स्वर्ण पदक जितिन् । खासमा नेपाली पारा खेलकुदका लागि यो एउटा सुखद क्लाइमेक्स थियो । विश्व तेक्वान्दोमा जी-१० स्तरको प्रतियोगितामा कुनै पनि खेलाडीले स्वर्ण पदक जितेको यो पहिलो अवसर थियो ।

स्वर्ण पदक जित्नेक्रममा सिर्जनाले शीर्ष तीन वरीयतामा रहेका मेक्सिकन, ब्राजिली र टर्किस खेलाडीलाई हराएकी थिइन् ।

ह्विलचेयर क्रिकेट

नेपालको राष्ट्रिय ह्विलचेयर क्रिकेट टोलीले चैतमा भारतमा चारदेशीय क्रिकेट प्रतियोगितामा सहभागिता जनायो । प्रतियोगितमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका टोलीको सहभागिता थियो ।  चैत ९ देखि १५ सम्म भारतको गुजरातमा सम्पन्न चारदेशीय ट्वान्टी-२० शृंखलामा नेपालको यात्रा सेमिफाइनलमा अन्त्य भयो । पहिलो खेलमा श्रीलंकालाई २७ रनको नतिजा सुम्पिएको नेपाल दोस्रो खेलमा भारतलाई ७ र समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा भने नेपाल भारतसँग ८ विकेटले पराजित भयो ।

त्यस्तै चैत तेस्रो साता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा उपत्यकाव्यापी ह्विलचेयर बास्केटबल प्रतियोगिता भयो ।

ह्विलचेयर बास्केटबल

नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ वुमेन ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) च्याम्पियन बन्यो ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसन, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरी ५ टिम तथा महिलातर्फ आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसन, बुद्धिसरा इन एक्सन, वुमेन ह्विलचियर बास्केटबल एसोसिएसन र ह्विलचियर स्पोर्टस एसोसिएसन नेपाल गरी ४ टोलीको सहभागिता थियो ।