नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद आजबाट

पोखरा । उपराष्ट्रपति नन्दकिशोर पुनले घोषणा गरेसँगै शुक्रबार कास्कीको पोखरा रंगशालाबाट नवौं बृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा सुरु हुने छ ।

कुल ६ हजार १ सय २ खेलाडीले ३६ खेलका इभेन्टमा ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव उपराष्ट्रपति पुनले शुक्रबार मध्यान्ह एक समारोहका बीच उदघाट्न गर्नेछन् ।

पोखराले दोस्रो पटक गर्न लागेको बृहत राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी नराख्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य एवं नवौं राष्ट्रिय खेलकुदको समारोह समिति संयोजक एकेन्द्र कुँवरले बताए ।

सधैं राष्ट्रप्रमुखले उद्घाटन गर्ने परम्परा रहे पनि यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था ठिक नभएकाले उपराष्ट्रपति पुन उद्घाटन समारोहको प्रमुख अतिथि हुने भएका हुन् ।

पोखराले दोस्रो पटक गर्न लागेको बृहत राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी नराख्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य एवं नवौं राष्ट्रिय खेलकुदको समारोह समिति संयोजक एकेन्द्र कुँवरले बताए ।

आधुनिक प्रविधिको उच्चतम प्रयोगका साथै नेपालको सबै प्रदेशका संंस्कृति झल्किने प्रस्तुति समावेश गरिने उद्घाटन समारोह नेपालको इतिहासमा अहिलेसम्मकै भव्य र विशेष हुने कुँवरको दावी छ ।

‘उद्घाटन समारोहलाई एकदमै भव्य र विशेष बनाउने गरी तयारी गरेका छौं । खेलकुदले बोक्ने एकताको भावना हामी यो उद्घाटन समारोहमा विभिन्न प्रस्तुतिमार्फत दिनेछौं,’ कुँवरले खेलाडी डटकमसँग भने, ‘यो उद्घाटन समारोहले नेपालमा एउटा नयाँ मापदण्ड निर्धारण गर्नेछ ।’

कुँवरका अनुसार उद्घाटन समारोहमा प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विशेष खालको लेजर लाइटको प्रस्तुति हुनेछ । यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय १९ विद्यालयका विद्यार्थीले व्यावसायिक कलाकारलाई प्रस्तुतिमा साथ दिनेछन् ।

शिव परियार, रचना रिमाल, आनन्द कार्की र कुन्ती मोक्तानलगायतका लोकप्रिय कलाकारले गीत गाउने कार्यक्रममा सेनाले हुड्केली नृत्य प्रस्तुत गर्नेछ । सेनाकै टोलीले अग्रपंक्तिमा मार्चपासको नेतृत्व गर्नेछ भने सशस्त्र प्रहरी बलको टोलीले मस्कट प्रदर्शन गर्नेछ । यसैगरी सेना, पुलिस र सशस्त्रको संयुक्त टोलीले ब्यान्डका साथै अन्य विभिन्न प्रदर्शनहरु गर्नेछन् । त्यस्तै ४० जना व्यावसायिक कलाकारले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

२०७६ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७८ सालमा गण्डकी प्रदेशमा नवौं संस्करण गर्ने घोषणाका साथ झण्डा हस्तान्तरण गरिएको थियो ।

कुँवरका अनुसार विभिन्न विद्यालयका एक हजार दुई सय विद्यार्थी, त्यतिकै हाराहारीमा सुरक्षा निकायका कलाकार तथा पचासको हाराहारीमा व्यावसायिक कलाकार गरि खेलाडीवाहेक दुई हजार पाँच सय जनाले तीन घण्टा चल्ने योजना बनाइएको उद्घाटन समारोहमा प्रस्तुती दिनेछन् ।

यसअघि कोभिड १९ महामारी तथा गत वैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनको बहानामा थुप्रै पटकसम्म सरेको प्रतियोगिता यसपाली पनि त्यस्तै बहानाका कारण समयमा नहुने आशंका थियो ।

२०७६ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७८ सालमा गण्डकी प्रदेशमा नवौं संस्करण गर्ने घोषणाका साथ झण्डा हस्तान्तरण गरिएको थियो ।

उपराष्ट्रपति राष्ट्रपति पुनले शुक्रबार उदघाटन गर्नेे खेल मेलाअन्तर्गत पुरुष क्रिकेट यसै महिनाको पूर्वार्धमा काठमाडौंमा सम्पन्न भइसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु पनि सुरु भइसकेका छन् ।

पोखराले दोस्रो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुदमा र्याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुन लागेको नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सवअन्तर्गत पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौंमा हुनेछ । यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुनेछन् । पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुनेछन् ।

यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुनेछन् ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् ।

नवौं संस्करणका लागि आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, क्रिकेट, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, ह्यान्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, बास्केटबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, सेपाक ताक्रो, हक्की, भारोत्तोलन, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी, कबड्डी, कुस्ती, तेक्वान्दो, खो खो, कराँते र आइटिएफ तेक्वान्दोलाई आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् ।

गण्डकी प्रदेशका सात जिल्लाका साथै काठमाडौंमा समेत गरि ६ दिनसम्म चल्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सवको समापन कात्तिक तीन गते पोखरा रंगशालामै हुनेछ ।

तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगञ्जमा भएको थियो । यसैगरी चौथो संस्करण २०५५ मा नेपालगञ्जमा भएको १० वर्षपछि पाँचौं संस्करण काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रत्येक दुई वर्षमा गर्ने योजनासहित २०३८ सालमा पहिलो पटक काठमाडौंमा भएको राष्ट्रिय खेलकुद नवौं संस्करणमा आइपुग्दा पाखेराले दोस्रो पटक आयोजनाको अवसर पाएको हो । यसअघि २०४० सालमा पोखराले दोस्रो राष्ट्रिय खेलकुद आयोजना गरेको थियो ।

तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगञ्जमा भएको थियो । यसैगरी चौथो संस्करण २०५५ मा नेपालगञ्जमा भएको १० वर्षपछि पाँचौं संस्करण काठमाडौंमा सम्पन्न भएको थियो । छैटौं राष्ट्रिय खेलकुद २०६८ सालमा धनगढी, सातौं संस्करण २०७३ सालमा विराटनगर तथा आठौं राष्ट्रिय खेलकुद २०७६ सालमा नेपालगञ्जमा भएको थियो ।