फाल्गुन २३, २०८२ शनिबार | ११:३६:५५
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन महिला फुटबल

होला महिला लिगको दोस्रो चरण ?

काठमाडौं । तत्कालीन कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा कार्यसमितिले नै दोस्रो पटकको राष्ट्रिय महिला लिग फुटबल गत चैतमै सुरु गरेको थियो । चितवन शारदानगरमा पहिलो चरणका खेल सम्पन्न पनि भए । तर, दोस्रो चरणको खेल १५ दिनभित्रै सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयले अझै पूर्णता पाउन सकेको छैन । जबकि एन्फाले नयाँ नेतृत्व पाइसकेको छ ।

विराटनगरको सहिद रंगशालामा हुने भनिएको दोस्रो चरणको खेल रोकिएको ९ महिना हुनै लाग्दा पनि यसको टुंगो लागेको छैन । लिग यहीं रोक्ने कि पुनः सुरु गर्ने ? वा पहिलो चरणको शीर्षस्थानमा रहने टोलीलाई च्याम्पियन घोषणा गर्ने ? पंकजविक्रम नेम्वाङ नेतृत्वको वर्तमान एन्फा कार्यसमितिले केही निर्णय लिन सकेको छैन ।

गत असार ६ मा बूढानीलकण्ठस्थित एक होटलमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएपछि नेम्बाङले महिला लिगलाई पूर्णता दिने बताएका थिए । तर, त्यसपछि यस विषयमा कुनै निर्णय लिइएको छैन । पछिल्लो समय शीर्ष डिभिजनको सहिद स्मारक लिगसमेत हुने या नहुने भन्न सक्ने अवस्थामा छैन । एन्फा पदभार सम्हाल्न आएको पहिलो वर्ष नै नेम्बाङ समूह कार्ययोजना बढाउने क्षमतामा देखिएको छैन । जसको मारमा महिला खेलाडी र महिला लिग परेको छ । तत्कालीन लिग खेलेका केही खेलाडी विदेश पुगिसके भने केही खेलाडी भारतीय लिग खेल्न पुगेका छन् । कतिले खेल्नै छाडेको अवस्था छ ।

एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का महिला लिगलाई जसरी हुन्छ पूर्णता दिनुपर्ने बताउँछन् । उनले पुस अन्तिमतिर गर्ने तयारी भइरहेको बताए । ‘विश्वकपलगत्तै गर्ने कुरा थियो । तर, सहभागी क्लबलाई पत्र पठाइएको त छैन । बैठक गरेर यसलाई सम्पन्न गर्न लाग्छौं,’ खड्काले भने । ‘अध्यक्षज्यूसँग बसेर चाँडै निर्णय गर्छांै । ए डिभिजन लिग रोकिएको खण्डमा पुस अन्तिम वा माघ सुरुमै पनि गर्न सकिन्छ,’ राष्ट्रिय टोलीका पूर्वकप्तान रहिसकेका खड्का भन्छन् ।

०७८ चैत १० देखि भएको पहिलो चरणमा तीन विभागीय टोलीसहित वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाका टिम प्रतिस्पर्धी थिए । सातौं चरणको खेल सकिँदा २१ अंकसहित एपिएफ क्लब शीर्षस्थानमा छ । ६ अंक कम रहेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । समान १५ अंकको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ । १२ अंकसहित धनगढी चौथो र १० अंकसहित विराटनगर पाँचौं स्थानमा छन् । समान ४ अंक लिएर ललितपुर र चन्द्रपुर छैटौं र सातौं स्थानमा छन् । एक अंकसहित वालिङ पुछारमा छ ।

पहिलो चरणमा सर्वाधिक १४ गोल गरेकी सावित्रा भण्डारी भने हाल भारतमा छिन् । उनी गोकुलम केरेलाबाट आई लिग खेलिरहेकी छन् । धनगढीकी चन्द्रा भण्डारीले ८ गोल गरेकी छन् । आर्मीकी रश्मिकुमारी घिसिङ र शर्मिला थापामगरले समान ७ गोल गरेका छन् ।

एन्फा महासचिव किरण राई महिला लिगको मिति साधारणसभाबाट पारित भइसकेको र फागुन तेस्रो साता सुरु हुने बताउँछन् । ‘महिला लिगका बाँकी खेल अब चाँडै हुन्छ । साधारणसभाबाट पारित भइसकेकाले फागुन १५ देखि लिग सुरु गर्छौं,’ महासचिव राईले भने ।

खड्का र राईले लिग हुने बताइरहँदा खेलाडीहरू भने अझै ढुक्क छैनन् । उनीहरू लिग हुने या नहुने एन्फाले छिटो टुंगो लगाउनुपर्ने बताउँछन् । ‘लिग हुने या नहुने बताइदिए सजिलो हुन्थ्यो । हामी यसैको पर्खाइमा छौं । अब पुरुष लिगको त टुंगो नभएका बेला हाम्रो लिग के होला र ?,’ महिला टिमकी एक खेलाडी लिगबारे विश्वस्त हुन सकिनन् ।