कतार विश्वकप २०२२

विश्वकप २०२२: युरोपेलीभन्दा बलिया दक्षिण अमेरिकी टिम

युरोपका बलिया टिम यतिबेला संघर्षरत छन् । विश्वकप आउनै लाग्दा उनीहरुले देखाइरहेको खराब लयले गरेको संकेत हो, कतारमा नयाँ शक्ति उदाउन सक्छ ।

सन् २००२ को विश्वकपपछि प्रत्येकपल्ट युरोपियन टिम च्याम्पियन बन्दै आएका छन् । पछिल्ला चार संस्करण क्रमशः इटाली, स्पेन, जर्मनी र फ्रान्सले जिते । यी चार संस्करणमा सेमिफाइनल पुग्ने १६ टिममध्ये १३ युरोपियन हुन् ।

फ्रान्स मुस्किलले रेलिगेसनबाट बच्यो । समूह १ को तेस्रो स्थानमा रहेको फ्रान्सको खातामा पाँच अंक छ । चार अंक जम्मा गरेको अस्ट्रिया घटुवा भयो । इंग्ल्यान्डकै समूहमा रहेको जर्मनीले ६ मध्ये एक खेल जित्यो ।

यसपटक भने परिस्थिति युरोपको पक्षमा देखिएको छैन । सन् २००६ को च्याम्पियन इटाली छनोट नै भएन । इंग्ल्यान्डसँगै फ्रान्स, जर्मनी र स्पेनको प्रदर्शन च्याम्पियन बन्न लायकको छैन ।

इंग्ल्यान्डले नेसन्स लिगमा एउटा पनि खेल जित्न सकेन । लगातार ६ खेलमा जित हात पार्न नसकेपछि इंग्ल्यान्ड नेसन्स लिगको शीर्ष श्रेणीबाट रेलिगेट नै भयो ।

फ्रान्स मुस्किलले रेलिगेसनबाट बच्यो । समूह १ को तेस्रो स्थानमा रहेको फ्रान्सको खातामा पाँच अंक छ । चार अंक जम्मा गरेको अस्ट्रिया घटुवा भयो । इंग्ल्यान्डकै समूहमा रहेको जर्मनीले ६ मध्ये एक खेल जित्यो ।

उता स्पेन भने नेसन्स लिगको अन्तिम चारमा पुगेको छ । तर स्पेनको प्रदर्शन पनि विश्वकप दाबेदारको जस्तो छैन । यसको प्रमाण हो, गत साता स्विटजरल्यान्डसँग २–१ ले व्यहोरेको हार ।

पहिलो पटक खाडी क्षेत्रको कुनै पनि देशले आयोजना गर्न लागेको विश्वकप पहिलो पटक नै जाडो याममा खेलाइँदैछ । विश्वभरका मुख्य लिगहरु मध्य सिजनमा पुगेको बेला कतारमा विश्वकप सुरु हुनेछ । यसो भएपछि विश्वकपमा सहभागी हसने कुनै पनि टिमको तयारी मजबुत हुने छैन । बन्द प्रशिक्षण वा मैत्रीपूर्ण खेलका लागि समय हुने छैन ।

विश्वकप नोभम्बर २० बाट सुरु हुने तालिका छ । विश्वकपको तयारीका लागि नोभम्बर १३ सबै लिगमा विश्राम दिइनेछ । आजको दिनबाट विश्रामअघिसम्म युरोपका ठूला लिग खेल्ने खेलाडीले आ–आफ्ना क्लबका लागि १३ खेलसम्म खेलिसकेका हुनेछन् ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले यसपालिको विश्वकप सबै टिमका लागि उत्तिकै चुनौतीपूर्ण हुने बताउँछन् । ‘यो समय नै अचम्मलाग्दो छ । सबै टिमको अवस्था उस्तै हो । मलाई लाग्छ, असाध्यै थोरै टिमले मात्र आफ्नो स्वाभाविक लय भेट्नेछन् । पछिल्ला दुई खेलका लागि हामीले सबै खेलाडीलाई जम्मा गरेर चार दिन अभ्यास गर्न पायौँ । विश्वकपका लागि पनि हतारमा तयार गर्नुको विकल्प छैन । आशा छ कुनै खेलाडी घाइते नबनुन्,’ साउथगेटले भनेका छन् ।

‘नेसन्स लिगमा अत्यन्तै बलिया टिमसँग प्रतिस्पर्धा गर्नुप¥यो । विगतमा केही मैत्रीपूर्ण खेल खेलेपछि हामी विश्वकपमा प्रवेश गथ्यौँ । यसपल्ट भने बलिया टिमसँग खेले लगत्तै विश्वकप सुरु हुँदैछ । यस्तो परिस्थिति पहिलो पटक सिर्जना भएको हो,’ साउथगेट भन्छन् ।

युरोपका बलिया भनिएका टिमका लागि नेसन्स लिग परीक्षा रह्यो । यो प्रतियोगिताले ती टिमका कयौँ खेलाडीलाई घाइते बनायो । थकानको समस्या त छँदै थियो । फेरि यो प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो । इंग्ल्यान्ड, जर्मनी र इटाली त एकै समूहमा थिए । स्पेन र पोर्चुगलले पनि समूह चरणमै एक आपसको सामना गरे ।

‘नेसन्स लिगमा अत्यन्तै बलिया टिमसँग प्रतिस्पर्धा गर्नुप¥यो । विगतमा केही मैत्रीपूर्ण खेल खेलेपछि हामी विश्वकपमा प्रवेश गथ्यौँ । यसपल्ट भने बलिया टिमसँग खेले लगत्तै विश्वकप सुरु हुँदैछ । यस्तो परिस्थिति पहिलो पटक सिर्जना भएको हो,’ साउथगेट भन्छन् ।

गत आइतबार नेसन्स कपमै फ्रान्सले डेनमार्कसँग हार व्यहो¥यो । त्यस खेलमा फ्रान्स केही मुख्य खेलाडीबिना मैदान उत्रिएको थियो । ‘मुख्य डर विश्वकपसम्ममा हाम्रो टिमका सबै मुख्य खेलाडी फिट हुन्छन् कि हुँदैनन् भन्ने हो,’ फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्प्स भन्छन् ।

युरोपका पारम्पारिक शत्तिको लय ब्रिगिँदा दक्षिण अमेरिकाका ब्राजिल र अर्जेन्टिना भने उत्साहित छन् । यी दुवै टिमले मैत्रीपूर्ण खेलमा लगातार जित हात पारिरहेका छन् । अर्जेन्टिना त ३५ खेलमा अपराजित छ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यो विश्वकप अन्तिम हो । त्यसकारण ३५ वर्षीय यी प्लेमेकर जसरी हुन्छ अर्जेन्टिनालाई विश्वकप विजेता बनाउने दाउमा छन् । अर्जेन्टिनाका अरु खेलाडी मेस्सीलाई विश्वकप उपाधिसहित बिदाई गर्न चाहन्छन् । र यो इच्छा उनीहरुको प्रदर्शनमा खुलस्त देखिन्छ पनि ।

कोपा अमेरिका २०१९ को सेमिफाइनलमा ब्राजिलसँग हारेपछि अपराजित रहेको अर्जेन्टिनालाई विश्वकपको मुख्य दाबेदार मानिएको छ । लियोनल स्कालोनी नेतृत्वको यो दक्षिणी अमेरिकी टिम र ब्राजिल विश्वकप खेल्ने सबैभन्दा बलिया टिम मान्छन् स्पेनका प्रशिक्षक लुइस एनरिके । ‘अर्जेन्टिना र ब्राजिल जत्तिको बलिया कुनै छैनन् । यी दुई टिम बाँकी टिमभन्दा धेरै माथि छन्,’ एनरिकेले भनेका छन् ।