युभेन्टस

कयौँ कारणले अप्ठ्यारोमा परेको युभेन्टस

युभेन्टसलाई पछ्याउने जो कोहीले यसो भन्न सक्छन्- मासिलिनो एलेग्रीले निकै खराब शैलीको फुटबल खेलाइरहेका छन् । नतिजा पनि उस्तै खराब ।

वर्तमान लयले युभेन्टसलाई सिरी ए को आठौँ स्थानमा अड्काएको छ । जितेको खेलको संख्या जम्मा दुई छ । अंक तालिकामा शीर्षस्थानको नापोलीभन्दा सात अंक र चौथो स्थानको लोजियो भन्दा चार अंकले पछाडि छ ।

युभेन्टसले कति खराब खेलिरहेको छ भनेर धेरै सोधखोज गर्नै पर्दैन । गत आइतबारको नतिजा हेरे पुग्छ । जुन हो, यही सिजन सिरी ए मा उक्लिएको मोन्जासँग १-० को हार । मोन्जाका लागि यो सिरी ए मा पहिलो जित थियो । मोन्जाविरुद्ध युभेन्टसले करिब एक घण्टा १० खेलाडीमा सीमित भएर खेल्यो । किनभने एंगल डि मारियाले ४० औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

यो हारलाई प्रशिक्षक एलेग्रीले १५ वर्षयताकै सर्वाधिक नमिठो हार माने । डि मारियाले चाहिँ हारको कारण आफू रहेको जिकिर गरे । ‘युभेन्टस हार्नुको कारण म हो,’ डि मारियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

डि मारियाले रातो कार्ड पाउनु युभेन्टस हार्नुको एक कारण थियो । तर यो आफैँमा मुख्य कारण थिएन । यद्यपि डि मारियाको इमान्दारितालाई मान्नै पर्छ । गरेको गल्तीलाई आत्मसात गरे । जबकि अरु खेलाडीबाट यस्ता निकै गल्ती भएका छन् । तब त युभेन्टसको स्थिति जाती छैन ।

मोन्जासँगको हार युभेन्टसका लागि नयाँ सिजनको पहिलो हार थियो । त्यसअघि दुई खेलमा युभेन्टस बराबरीमा रोकिएको थियो । उसले बराबरी गरेको खेल संख्या चार पुगिसकेको छ ।

डि मारियाले रातो कार्ड पाउनु युभेन्टस हार्नुको एक कारण थियो । तर यो आफैँमा मुख्य कारण थिएन । यद्यपि डि मारियाको इमान्दारितालाई मान्नै पर्छ । गरेको गल्तीलाई आत्मसात गरे । जबकि अरु खेलाडीबाट यस्ता निकै गल्ती भएका छन् । तब त युभेन्टसको स्थिति जाती छैन ।

मोन्जासँग भिड्न युभन्टेस युपावर रंगशालामा पुगेको थियो । खेल सकिन साथ सबै क्यामरा एलेग्री बसेको ठाउँतिर तेर्सिए । तर एलेग्री अगाडि नै निस्किसकेका थिए । सालेरटिनासँगको खेलमा रातो कार्ड पाएका कारण उनी यसपालि युभेन्टसको बेन्चमा थिएनन् ।

एलेग्रीको अनुपस्थितिमा मार्को लान्डुसी कार्यवाहक प्रशिक्षक थिए । खेलपछि उनी नै ‘पोस्टम्याच कन्फ्रेन्स’ मा देखिए । लान्डुसीले पत्रकारको प्रश्न त सामना गरे नै, समर्थकको गाली पनि सुने । उनीसँगै कप्तान लिनार्दो बोनुचीसहितका खेलाडीविरुद्ध पनि हुटिङ भयो ।

युभेन्टसका खेलाडीविरुद्ध समर्थक उत्रनु जायज थियो । उनीहरुको प्रदर्शन गाली खान लायकको थियो । डि मारियाको गल्ती त झन् माफी दिन लायककै थिएन ।

एलेग्रीले भने जस्तै हाल युभेन्टस केही मुख्य खेलाडीबिना खेलिरहेको छ । पाउल पोग्बा, फेडेरिको किएसा, वोजिएक सेज्नी, म्यानुएल लोकाटेली, आड्रियान राबियोट र एलेक्स सान्ड्रो मैदानबाहिर छन् ।

उसो युभेन्टसको समग्र सिजनको मूल्यांकन यही नतिजालाई आधार मानेर गर्न सकिँदैन । किनभने युभेन्टसमा समस्याका चाङ छन् । अनि ती सबै गहिरा छन् ।

तर एलेग्री यी कुनै तर्कसँग सहमत छैनन् । बरु घाइते खेलाडीको संख्या धेरै भएकाले भने जस्तो नतिजा निस्किन नसकिरहेको बताइरहेका छन् । ‘आधा टिम मैदानबाहिर छ । फेरि टिम सफल हुन खेलाडी स्तरीय हुनुपर्छ । रणनीति त त्यसपछि आउने कुरा भयो,’ गत शनिबार इटालीको स्थानीय अखबार कोरेआ डेला स्पोर्ट्ससँग एलेग्रीले भने ।

एलेग्रीले भने जस्तै हाल युभेन्टस केही मुख्य खेलाडीबिना खेलिरहेको छ । पाउल पोग्बा, फेडेरिको किएसा, वोजिएक सेज्नी, म्यानुएल लोकाटेली, आड्रियान राबियोट र एलेक्स सान्ड्रो मैदानबाहिर छन् ।

उपलब्ध नभएको खेलाडीको लेखाजोखा गर्दैगर्दा बिर्सन नसकिने अर्को तथ्य छ, युभेन्टस सिरी ए मा सबैभन्दा धेरै बजेट भएको क्लब हो । यत्तिको धनी क्लबले खेलाडी घाइते भएको कुरालाई बहाना बनाएको सुहाउँदैन । न त यो बहानालाई युभेन्टस आसिन आठौँ स्थानले समर्थन गर्छ ।

सिरी ए मा मात्र होइन, च्याम्पियन्स लिगमा पनि युभेन्टसको लय राम्रो छैन । समूह चरणमा खेलेका दुवै खेलमा हार व्यहोरेको छ । पेरिस सेन्ट जर्मेन पीएसजी र बेनफिकासँग पराजित युभेन्टसलाई अर्को चरणमा पुग्न कठिन छ । यद्यपि समर्थक भने लिगकै प्रदर्शनले चिन्तित छन् । फेरि त्यहाँ शीर्ष चारमा नपरे अर्को सिजन युभेन्टस च्याम्पियन्स लिगमा छिर्न पाउने छैन ।

एलेग्रीको पछिल्लो अभिव्यक्तिले युभेन्टसका समर्थकलाई क्रोधित बनाएको छ । इटालियन फुटबल विश्लेषकले पनि प्रश्न उठाइरहेका छन् । मैदानमा जे हुन्छ, त्यसलाई नियन्त्रणमा लिन एलेग्री असफल भइरहेका हुन्? वा उनी त्यसो गर्न सक्दैनन्? कतिपयको जवाफ छ, सक्दैनन् ।

यो प्रश्नले खोजेका जस्तै जवाफ कुनै समय रिकार्डो मोन्टोलिभोले दिएका थिए । ‘मेरो विचारमा प्रशिक्षक दुई प्रकारका हुन्छन् । पहिलो, जसले खेलाडीलाई मैदान प्रवेश गर्नुअघि नै के के गर्ने भनेर प्रस्ट योजना बताउँछन् । त्यसकारण खेलाडीले धेरै सोच्नु पर्दैन, प्रशिक्षकको निर्देशन सम्झिए पुग्छ ।

इटालियन फुटबल विश्लेषकको आरोप छ, एलेग्रीले टिममा भएका खेलाडीलाई उपयुक्त हुने रणनीति बनाउन सकिरहेका छैनन् । सुहाउँदो शैलीको प्रयोग गर्न सकिरहेका छैनन् । यस्तो लाग्छ एलेग्रीले युभेन्टसको प्रदर्शनमा रणनीतिक सुधार ल्याउन सक्दैनन् ।

दोस्रो, एलेग्री जस्ता । जसले सरसर्ती योजना त तयार पार्छन्, तर गहिरो जानकारी दिँदैनन् । कतिपय निर्णय खेलाडी आफैँले लिनसपर्छ,’ एसी मिलानमा एलेग्रीको प्रशिक्षणमा खेलेका मोन्टोलिभोले भनेका छन् । सायद युभेन्टसका खेलाडीले दोस्रो प्रकारका प्रशिक्षकको नेतृत्वमा खेलिरहेका छन् ।

युभेन्टससँग प्रतिभावान् खेलाडी नभएका होइनन् । उदाहरणका लागि, डुसान भ्लाहोभिच । तर यी युवा स्ट्राइकरले पर्याप्त पास पाउँदैनन् । उनी र मिडफिल्डबीच सम्बन्ध नै नभएको जस्तो देखिन्छ । यति हुँदाहुँदै पनि उनले लिगमा चार गोल गरिसकेका छन् । उनलाई केन्द्रमा राखेर आक्रामक राणनीति बनाउने हो युभेन्टस लिगकै सबैभन्दा बढी गोल गर्ने टिम बन्ने सम्भावना रहन्छ ।

इटालियन फुटबल विश्लेषकको आरोप छ, एलेग्रीले टिममा भएका खेलाडीलाई उपयुक्त हुने रणनीति बनाउन सकिरहेका छैनन् । सुहाउँदो शैलीको प्रयोग गर्न सकिरहेका छैनन् । यस्तो लाग्छ एलेग्रीले युभेन्टसको प्रदर्शनमा रणनीतिक सुधार ल्याउन सक्दैनन् । हुन त गत सिजन पनि युभेन्टसको प्रदर्शन लोभलाग्दो थिएन । सिरी ए मा मुस्किलले चौथो बनेको युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो ।

एलेग्री गत सिजन सिजन युभेन्टस फर्किएका हुन् । आन्द्रेइ पिर्लो बर्खास्तमा परेपछि एलेग्रीलाई फिर्ता लगिएको थियो । तर उनको यो दोस्रो बसाइ असफल भइसकेको बताइरहेका छन्, इटालियन सञ्चारमाध्यम ।

सन् २०१९÷२० सिजन युभेन्टसलाई लिग च्याम्पियन बनाएर बाहिरिएका थिए, एलेग्री । त्यसपछि प्रशिक्षक बनेका माउरिजियो सारीले पनि युभेन्टसलाई लिग जिताए । लिगको सफलताका बाबजुद पनि सारी युभेन्टसमा टिकेनन् । उनलाई प्रतिस्थापन गरे, पिर्लोले । तर पुरानो क्लबमा प्रशिक्षक बनेका पिर्लो नराम्रोसँग असफल भए । कमसेकम युभेन्टसको साबिक स्तर अनुसार ।

युभेन्टसलाई च्याम्पियन बन्ने बाटोमा फर्काउने लक्ष्यसहित टुरिन पुगेका एलेग्री गत सिजन सफल भएनन् । मिलान सहरका दुई क्लब बलियो बन्दा युभेन्टस ओझेलमा प¥यो । उपाधि नजित्नु त आफ्ना् ठाउँमा छ, युभेन्टसको खेल शैलीमा पनि खोट लगाउने प्रशस्तै ठाउँ छ ।

उसो त एलेग्रीले बारम्बार भन्दै आइरहेका छन्, युभेन्टसको प्राथमिकता जसरी हुन्छ खेल जित्ने, च्याम्पियन बन्ने हो । तर युभेन्टसले न त आहा भन्न लायकको खेलेको छ, न त उपाधि नै जित्न सकेको छ । आफूभन्दा निकै कमजोर मानिएका टिमसँग पनि युभेन्टस रक्षात्मक ढंगले खेलिरहेको छ ।

गएको साता युभेन्टसका केही समर्थकले युभेन्टसका कार्यकारी अधिकृत माउरिजियो आरिभाबेनेलाई घेर्दै एलेग्रीलाई बर्खास्त गर्न माग राखेका थिए । त्यसमा आरिभाबेनेको प्रतिक्रिया थियो, ‘नयाँ प्रशिक्षकका लागि तलब तपाईंहरु दिनुहुन्छ?’

सन् २०११ देखि २०२० सम्म प्रत्येक सिजन लिग जितेको युभेन्टस आजको दिनमा उपाधि दाबेदार होइन । यसो भएपछि उसका समर्थक प्रशिक्षक एलेग्रीविरुद्ध त उत्रिने नै भए । समर्थक मात्र होइन, इटालियन अखबार पनि एलेग्रीको आलोचनामा व्यस्त छन् । गत साता मात्रै टुटोस्पोर्टको समाचारको शीर्षक यस्तो थियो, ‘युभेन्टस-एलेग्री अब पुग्यो’ । एक टेलिभिजनको कार्यक्रममा त युभेन्टसका समर्थक अपशब्द प्रयोग गरेर एलेग्रीलाई गाली गरिरहेका थिए ।

बहुसंख्यक युभेन्टस समर्थक एलेग्रीको बर्हिगमन चाहन्छन् । तर एलेग्री जिम्मेवारी त्याग्ने पक्षमा छैनन् । यसको कारण उनले युभेन्टससँग गरेको लामो अवधिको सम्झौता हो । युभेन्टसले उनलाई सन् २०२५ सम्मका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । उनको तलब पनि आर्कषक छ, एक करोड १४ लाख युरो प्रति वर्ष ।

गएको साता युभेन्टसका केही समर्थकले युभेन्टसका कार्यकारी अधिकृत माउरिजियो आरिभाबेनेलाई घेर्दै एलेग्रीलाई बर्खास्त गर्न माग राखेका थिए । त्यसमा आरिभाबेनेको प्रतिक्रिया थियो, ‘नयाँ प्रशिक्षकका लागि तलब तपाईंहरु दिनुहुन्छ?’

आरिभाबेने पक्कै पनि ठट्टा गरिरहेका थिए । तर ठट्यौली पारामै उनले वस्तुस्थितिबारे जानकारी दिए । आर्थिक संकटबाट गुज्रिरहेको युभेन्टस एलेग्रीलाई बर्खास्त गरेर क्षतिपूर्ति, एकमुस्ट तलब तिर्न र नयाँ प्रशिक्षकका लागि थप पैसा खर्च गर्न तयार छैन । इटालियन सञ्चारमाध्यमका अनुसार एलेग्रीलाई बर्खास्त गरे, युभेन्टसले उनलाई तीन करोड ६० लाख युरो तिर्नुपर्नेछ । आर्थिक पक्ष त आफ्नो ठाउँमा छ, आरिभाबेने एलेग्रीलाई बर्खास्त गर्न चाहँदैनन् । यसो गर्नु मूर्खता हुने उनको भनाइ छ । तर के एलेग्रीलाई राखिरहनु युभेन्टसका लागि फाइदाजनक छ? यसको जवाफ सजिलै दिन सकिँदैन ।

आरिभाबेनेसँगै क्लब अध्यक्ष आन्द्रेइ आग्नेली पनि एलेग्रीको पक्षमा छन् । एलेग्रीलाई फर्काउन मुख्य भूमिका उनै आग्नेलीको रहेको बताइन्छ । जबकि क्लब निर्देशक पाभेल नेदभेद अर्कै कोही प्रशिक्षक नियुक्त गर्ने पक्षमा थिए । चलेका हल्ला पत्याउने हो भने, सन् २०१९ मा एलेग्रीले युभेन्टस छाड्नुको एउटा कारण नेदभेदसँगको सम्बन्भ थियो । अहिले पनि नेदभेद एलेग्रीलाई हटाउनु पर्ने तर्क राखिरहेका छन् ।

तर समर्थकको ठूलो तप्का क्लब व्यवस्थापन जस्तो आशावादी छैन । जसरी एलेग्रीले युभेन्टसलाई स्वाभाविक लयमा फर्काउने आशा गरिँदैछ, त्यसरी नै समर्थकले प्रश्न उठाइरहेका छन् । अन्तर्राष्ट्रिय विश्रामपछि र विश्वकप सुरुहुन्जेलसम्म पनि युभेन्टसले अंक गुमाइरह्यो भने के गर्ने ?

आरिभाबेने एलेग्रीको सम्भावित बर्खास्तीको पूर्ण विपक्षमा छैनन् । तर उनको अडान छ, कम पैसा खर्च गरेर प्रतिभावान् प्रशिक्षक पाइन्छ भने मात्र एलेग्रीलाई बर्खास्त गरौँ । एलेग्रीलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकको सूची युभेन्टसले तयार नपारेको होइन । युभेन्टसको दुर्भाग्य, सूचीको पहिलो स्थानमा रहेका रोबर्टो डे जेब्रीलाई इंग्लिस प्रिमियर लिगको ब्राइटनले प्रशिक्षक बनाइसक्यो । युभेन्टसकै युवा टिमका प्रशिक्षक पाओलो मोन्टेरोलाई बढुवा गर्ने विकल्प छ । तर युवा प्रशिक्षकलाई बढुवा गर्ने नीति यसअघि नै असफल भइसकेकाले आग्नेली उति उत्साहित छैनन् ।

युभेन्टसलाई अझैँ पनि आशा छ, एलेग्रीले युभेन्टसलाई जित लयमा फर्काउनेछन् । अन्तर्राष्ट्रिय विश्राम सकिएपछि फेरि सुरु हुने सिरी ए मा एलेग्रीले कमाल गर्लान् भन्ने आशामा छ युभेन्टस ।

तर समर्थकको ठूलो तप्का क्लब व्यवस्थापन जस्तो आशावादी छैन । जसरी एलेग्रीले युभेन्टसलाई स्वाभाविक लयमा फर्काउने आशा गरिँदैछ, त्यसरी नै समर्थकले प्रश्न उठाइरहेका छन् । अन्तर्राष्ट्रिय विश्रामपछि र विश्वकप सुरुहुन्जेलसम्म पनि युभेन्टसले अंक गुमाइरह्यो भने के गर्ने ?

यो प्रश्न उठ्नुको मुख्य कारण, युभेन्टसका खेलाडी थकित देखिनु हो । सिजनको सुरुवाती चरणमै खेलाडी शारीरिक मात्र होइन मानसिक रूपमा पनि थकित देखिनु पक्कै शुभ संकेत होइन । यस्तोमा एलेग्रीले गराउने अभ्यास र फिटनेस प्रशिक्षकको योग्यतामाथि पनि प्रश्न उठिरहेको छ । यो प्रश्न माथ्थिसि डे लिट बायर्न म्युनिखसँग आबद्ध भएपछि झनै सान्दर्भिक बनेको हो । ‘बायर्नमा गरेको अभ्यास मेरा लागि चार वर्ष यताकै सबैभन्दा कडा अभ्यास रह्यो,’ डच रक्षक डे लिटले भनेका छन् ।  

कुनै बिन्दुमा पुगेर आग्नेलीले एलेग्रीलाई प्रतिस्थापन गर्ने प्रशिक्षकको खोजी सुरु गर्लान् । तर त्यो निर्णय उनका लागि महंगो मात्र हुनेछैन, लज्जास्पद पनि हुनेछ । किनभने उनले एलेग्रीलाई क्लबमा फर्काउँदा भनेका थिए, ‘मैले गल्ती सुधारेको छु ।’ उनको यो अभिव्यक्तिको संकेत माउरिजियो सारी र आन्द्रेइ पिर्लोको नियुक्तितर्फ थियो ।

अब एउटा प्रश्न गरौँ । आग्नेलीले गरेको सबैभन्दा ठूलो गल्ती कुन हो? एलेग्रीलाई बर्खास्त निर्णय कि फर्काउने? सायद दोस्रो । यही कारण एलेग्रीको जागिरको सुरक्षित रहेको बताउँछन्, मार्को टार्डेली । ‘एलेग्रीलाई हटाउने हो भने उनलाई नियुक्त गर्नेलाई पनि बर्खास्त गर्नुपर्छ । जुन सम्भव छैन । यसकारण एलेग्रीको जागिर सुरक्षित छ,’ टार्डेलीले भनेका छन् ।

युभेन्टसमा परिवर्तन चाहने समर्थकको संख्या ठूलो छ । उनीहरू चाहन्छन्, एक्सोरका कार्यकारी अधिकृत जोन एल्कानले हस्तक्षेप गरुन् । एक्सोर युभेन्टसमा बहुमत शेयर भएको कम्पनी हो । एल्कान चाहिँ आग्नेली परिवारको व्यापार हेर्ने मुख्य व्यक्ति हुन् । नातामा एल्कान र युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली दाजुभाई हुन् ।

गत आइतबार जसरी डि मारियाले आफ्नो गल्ती स्वीकार गरी इन्स्टाग्राममा माफी मागे, त्यसरी नै आन्दे्र आग्नेलीले पनि समर्थकमाझ माफी माग्नुपर्ने माग कयौँले गरिरहेका छन् ।

आन्द्रे आग्नेली कुनैबेला युभेन्टसमा कुशल व्यवस्थापकका रूपमा परिचित थिए । तर उनको यो छवि गत वर्ष धुमलियो । जब उनी रियल मड्रिडलगायतका ठूला क्लबसँग मिलेर युरोपियन सुपर लिगको गठनमा संलग्न भए । यसले युभेन्टस समर्थकलाई मात्र होइन, सिरी ए का अरु क्लबलाई पनि अक्रोशित बनायो ।

आन्द्रे आग्नेली युभेन्टसमा गरेका गल्तीको सूची लामो छ । उनले कार्यकारी अधिकृत बेप्पे मोराटालाई इन्टर मिलान जान लिए । क्रिस्टियानो रोनाल्डको स्थान्तरणका लाठि ठूलो रकम खर्च गरे । बिग्रदै गएको युभेन्टसको आर्थिक स्थितिलाई सम्हाल्न सकेनन् । त्यसमाथि कोभिड-१९ महामारी थपियो । अनि टिकट मूल्य बढाएको भन्दै आन्दोलित भएका समर्थकलाई पनि आन्द्रे आग्नेलीले थमथमाउन सकेनन् ।

आजको दिनमा पनि आन्द्रे आग्नेली युभेन्टसमा सबैभन्दा शत्तिशाली व्यक्ति हुन् । युभेन्टसमा जे भइरहेको छ, यसको जिम्मेवारी उनले नै लिनुपर्ने स्थिति छ । उनले सार्वजनिक रूपमै क्लबको वर्तमान परिस्थितिलाई लिएर सम्बोधन गर्नुपर्ने माग उठिरहेको छ ।

गत आइतबार जसरी डि मारियाले आफ्नो गल्ती स्वीकार गरी इन्स्टाग्राममा माफी मागे, त्यसरी नै आन्दे्र आग्नेलीले पनि समर्थकमाझ माफी माग्नुपर्ने माग कयौँले गरिरहेका छन् । माफी नमागे पनि उनले कमसेकम आफ्ना गल्ती सच्याउन्, समर्थकको अडान यही हो । नसच्चयाए? जागिर जानसक्छ । त्यसोभए आन्द्रे आग्नेलीले आफ्नो जागिर बचाउन के गर्लान् ? यसको जवाफ प्रशिक्षक परिवर्तनसँग ठोकिन्छ ।