चैत्र ११, २०८२ बुधबार | ०९:४५:५७
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित
शनिबारको दिन मारिया खान

डेब्युमै कप्तानी गर्न आतुर छिन् पाकिस्तानी मारिया

जुलाई १ मा फिफाबाट निलम्बन फुकुवा भएपछि पाकिस्तानी फुटबल संघ (पिएफएफ)ले फुटबल विकासका लागि दोहोरो नागरिकता भएका खेलाडीलाई पनि राष्ट्रिय टिममा समेट्ने निर्णय गर्यो । दक्षिण एसियाली फुटबलमा प्रभावशाली उपस्थिति जनाउन संघर्षरत पाकिस्तानका लागि यो एउटा क्रान्तिकारी निर्णय बन्न सक्छ ।

यो निर्णयबाट पाकिस्तानसँग नाता रहेका तर विश्वका विभिन्न देशमा रहेर फुटबल खेल्ने धेरै खेलाडीलाई देशको प्रतिनिधित्व गर्ने बाटो खोलिदिएको छ । र, पाकिस्तान फुटबल संघले लिएको यो निर्णयको पहिलो फाइदा लिने खेलाडी बन्दैछिन्, मारिया जमिला खान । उनी कप्तानी भूमिकामै छिन् ।

फिफाको निलम्बन फुकुवा भएसँगै पिएफएफले नेपालमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गर्यो । जसका लागि युएईमा बस्दै आएकी मारिया खानलाई पनि बन्द प्रशिक्षणमा बोलाइयो ।

अमेरिकामा हुर्किएकी मारिया उच्च शिक्षाका लागि हाल संयुक्त अरब इमिरेट्स (युएई) बस्छिन् । अमेरिकामा रहँदा विश्वविद्यालय स्तरमा गोलकिपरको भूमिकाबाट करिअर सुरु गरेकी मारिया अहिले मिडफिल्डर हुन् । फिफाको निलम्बन फुकुवा भएसँगै पिएफएफले नेपालमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गर्यो । जसका लागि युएईमा बस्दै आएकी मारिया खानलाई पनि बन्द प्रशिक्षणमा बोलाइयो ।

खेलकुदको लामो इतिहास भएको परिवारमा जन्मिएकी मारियाका लागि त्यो निम्तो अप्रत्याशित थियो । उनका हजुरबुबा (हासिम खान)ले सात पटक ब्रिटिस ओपन च्याम्पियनसिप (स्क्वास) जितेका थिए । हासिमकै परिवारले स्क्वासमा सन् १९५० देखि १९८० सम्म राज गरेको थियो । पाकिस्तानकै सबैभन्दा ठूलो ‘स्पोर्टिङ फेमिली’मा हुर्किएकी मारियाका लागि पाकिस्तानी टिममा निम्तो अप्रत्याशित थियो ।

पिएफएफको त्यो फोन उनका लागि जति अप्रत्याशित थियो, त्यति नै उत्साहजनक ।

पाकिस्तानको झण्डाअंकित हरियो जर्सीमा मैदान उत्रिने सपना लिएर उनी पाकिस्तान पुगिन् र बन्द प्रशिक्षणमा आबद्ध भइन् । साफका लागि मुख्य प्रशिक्षक आदिल रिज्कीले २३ सदस्यीय टिमको घोषणा गरे । त्यो टिममा मारियाको नाम अवश्य पर्यो । मारियाको जीवनको खुसी त्यतिमा मात्रै सीमित भएन, पाकिस्तानी टिममा डेब्यू पर्खिरहेकी मारियाले टिम कप्तानको जिम्मेवारीसमेत पाएकी छन् ।

‘जुनसुकै खेलाडी राष्ट्रिय टिमका लागि बोलाइनु ठूलो सम्मान हो । सबै खेलाडीका लागि त्यसको ठूलो महत्त्व हुन्छ । मेरा लागि एकदमै खुसीको कुरा हो । र, अन्य खेलाडीहरूका लागि पनि साफ च्याम्पियनसिपमा राष्ट्रको प्रतिनिधित्व गर्न ‘कल–अप’ हुनु भनेको एकदमै खुसीको विषय हो,’ खेलाडीसँग मारियाले खुसी साटिन् ।

‘ओभरसिज खेलाडीलाई टिममा राख्ने निर्णय गर्नु भनेको पाकिस्तानलाई फुटबलिङ नेसनको रूपमा विकास गर्न खोज्नु हो,’ मारिया भन्छिन् । दक्षिण एसियाली फुटबलको छिटपुट अनुभव बटुलेकी मारिया दशरथ रंगशालामा उत्रन आतुर छिन् ।

३१ वर्षीया मारियाले सेप्टेम्बर ७ मा भारतविरुद्धको खेलसँगै पाकिस्तानबाट अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गर्दैछिन् । कप्तानको रूपमा डेब्यु पर्खिरहेकी मारिया भन्छिन्, ‘कल–अप’ जस्तै, यो मेरा लागि एकदमै ठूलो सम्मान हो । म कप्तान भए पनि अरू २३ जनासँगको संयुक्त ‘इफोर्ट’को तुलनामा मेरो भूमिका ठूलो होइन ।’

आफ्ना दाजुभाइबाट बल हान्न सिकेकी मारियाले कोलोराडो विश्वविद्यालयबाट केही सिजन फुटबल खेलेको थिइन् । मारियाको परिवारिक पृष्ठभूमि स्क्वाससँग जोडिए पनि उनको पुस्ताले अन्य खेल रोजेका छन् । मारियाले विश्वविद्यालयको दोस्रो रोजाइको गोलकिपरको रूपमा फुटबल करिअर सुरु गर्दा उनकी दिदी भलिबल खेलाडी थिइन् । यस्तै उनका दाजु बास्केटबल खेल्छन् ।

‘भारत, बंगलादेश र माल्दिभ्स जस्ता बलिया टिमसँग समूह चरणमा खेल्दैछौं । हाम्रो टिम एकदमै उत्साही छ, हामी मैदानमा उत्रन आतुर छौं,’ उनी भन्छिन्,

‘ओभरसिज खेलाडीलाई टिममा राख्ने निर्णय गर्नु भनेको पाकिस्तानलाई फुटबलिङ नेसनको रूपमा विकास गर्न खोज्नु हो,’ मारिया भन्छिन् । दक्षिण एसियाली फुटबलको छिटपुट अनुभव बटुलेकी मारिया दशरथ रंगशालामा उत्रन आतुर छिन् ।

‘भारत, बंगलादेश र माल्दिभ्स जस्ता बलिया टिमसँग समूह चरणमा खेल्दैछौं । हाम्रो टिम एकदमै उत्साही छ, हामी मैदानमा उत्रन आतुर छौं,’ उनी भन्छिन्, ‘लामो समयपछि फेरि हामी मैदानमा फर्किंदै छौं । सबै खेलाडी चरम उत्साहित छौं । बन्द प्रशिक्षणको माहोल पनि राम्रो छ । हामी प्रत्येक खेल जित्ने लक्ष्यमा छौं ।’

मारियाले कुनै बेला पाकिस्तानी राष्ट्रिय महिला टिमबाट खेल्न पाउँछु भन्ने सोचेकी थिइनन् । तर, सपना नबुनेकी भने होइनन् । परिवारमा सधैं उनका हजुरबुबा जन्मेको सहर पेसावरको चर्चा हुन्थ्यो । र, उनी पाकिस्तानको नेतृत्व गर्ने सपना देखिरहन्थिन् ।