मंसिर २०, २०८२ शनिबार | १४:२२:१३
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ
शनिबारको दिन कतार विश्वकप २०२२

कतार विश्वकपबारे केही जान्ने कि ?

सन् १९३० मा १३ टिम खेलेर उरुग्वेबाट सुरु भएको विश्वकप फुटबल ९२ वर्षपछि पहिलो पटक कतारमा हुँदै छ । करिब एक शताब्दीको इतिहास बनाइसकेको विश्वकपको आसन्न संस्करण जति विवादास्पद अरू भएनन् ।

२.९ मिलियन (२९ लाख) जनसंख्या भएको खाडी मुलुकले आयोजना गर्न लागेको विश्वकप २०२२ धेरै आप्रवासी कामदारको सुरक्षा र उच्च तापक्रम कारण पनि विवादको प्रमुख कारण बन्यो । यस्तै, सिजनको अन्त्यमा हुँदै आएको विश्वकप तापक्रमकै कारणले पहिलो पटक विन्टर सिजनमा हुँदै छ ।

कहिले हुन्छ विश्वकप ?

उद्घाटन खेलमा समूह ‘ए’ का इक्वेडर र कतारले खेलसँगै २२औं फिफा विश्वकप नोभेम्बर २० मा सुरु हुनेछ । ३२ देशको महासंग्राम कतारी भूमिमा डिसेम्बर १८ सम्म चल्ने छ ।

विन्टरमै किन ?

प्रतियोगिताको इतिहासमै पहिलो पटक युरोपियन समरमा विश्वकप हुनेछ । घरेलु लिगको सिजन चलिरहँदा हुने भएकाले पहिलो पटक विश्वकपले सिजनको बीचमा घरेलु लिगहरू र महाद्वीपस्तरीय प्रतियोगिता पनि केही समयका लागि अवरुद्ध हुनेछन् ।

सन् २०१० मा भएको सबैभन्दा विवादास्पद ‘बिडिङ’बाट सन् २०१८ का लागि रुस र २०२२ का लागि कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएका थिए । कतारले विश्वकप आयोजनाको अधिकार लिएको करिब चार वर्षसम्म फिफा र कतार दुवैले विश्वकप यसअघिझैं समर विन्डोमै हुने संकेत गरिरहेका थिए ।

कतारमा भएका आठैवटा रंगशालामा सौर्य ऊर्जाबाट निर्मित एयर कन्डिसनिङ हुनेछ ।

त्यसपछि कतारको करिब ५० डिग्री तापक्रमका कारण खेलाडीको सुरक्षालाई लिएर विभिन्न प्रश्न उठेका थिए । करिब चार वर्षपछि सन् २०१४ मा फिफाले कतारमा हुने विश्वकप नोभेम्बर १५ देखि जनवरी १५ मा हुने घोषणा गरेपछि सबै अचम्ममा परेका थिए ।

तापक्रम कति हुनेछ ?

मेट अफिसको जानकारीअनुसार नोभेम्बर–डिसेम्बरमा कतारको तापक्रम १९ देखि २९ डिग्रीको बीचमा रहने छ । जुन सन् १९९४ मा अमेरिकामा भएको विश्वकपभन्दा धेरै सहन सकिने तापक्रम हो । १९९४ मा आयरल्यान्ड र मेक्सिकोबीच फ्लोरिडामा भएको खेलका क्रममा लिइएको तापक्रम ४० डिग्री मापन गरिएको थियो ।

कतारमा भएका आठैवटा रंगशालामा सौर्य ऊर्जाबाट निर्मित एयर कन्डिसनिङ हुनेछ ।

खेल कुन समयमा हुनेछ ?

अरब स्टान्डर्ड समयअनुसार दिउँसो १, ४, ६, ७ र १० बजे बेलुकासम्म किक अफ समय हुनेछ । जसअनुसार नेपाली समय दिउँसो ३:४५, साँझ ६:४५ र राति ८:४५, ९:४५ र १२:४५ बजे खेल सुरु हुनेछन् । समूह चरणका खेलहरू प्राय: स्थानीय समयअनुसार ६ र १० बजे सुरु हुनेछ ।

समर्थकका लागि के छ नियम ?

कतारमा विश्वकप हेर्ने योजना बनाइरहेका दर्शकले अनिवार्य ‘हाया कार्ड’ बनाउनुपर्नेछ । त्यो कार्ड आधिकारिक बिक्रेतासँग टिकट किन्ने दर्शकसँग मात्रै हुनेछ । त्यो कार्डसँगै समर्थकले ट्राभल कार्ड पनि पाउने छन्, जसको प्रयोग गरेर समर्थक खेल हुने दिन सित्तैमा ट्राभल गर्न सक्ने छन् ।

‘होमोसेक्सुवालिटी’ कतारमा अवैध छ । कतारमा निजी जीवनको एकदमै सम्मान छ । तर, कुनै सम्बन्ध रहेको खुल्यो भने त्यसले कारागारसम्म पुर्याउन सक्छ ।

फरक संस्कृतिका कारण पनि यसपालिको विश्वकपको अनुभव समर्थकका लागि नयाँ हुनेछ । ‘कतारी कानुन र वेशभूषा युरोपको तुलनामा फरक धेरै छन् । कतारमा रहँदा यस विषयमा एकदमै ध्यान दिनुपर्नेछ, विशेष गरी धार्मिक स्थलमा जाँदा यसले अझै प्रभाव पार्नेछ,’ विदेश तथा कमनवेल्थ अफिसले भनेको छ ।

‘होमोसेक्सुवालिटी’ कतारमा अवैध छ । कतारमा निजी जीवनको एकदमै सम्मान छ । तर, कुनै सम्बन्ध रहेको खुल्यो भने त्यसले कारागारसम्म पुर्याउन सक्छ ।

आयोजक अधिकारीहरूले ‘सबैलाई स्वागत’ भनिसकेका छन् । यस्तै उनीहरूले सार्वजनिक रूपमै अविवाहित जोडी तथा साथीहरू (एलजिबिटी समुदायसहित)लाई एउटै कोठामा बस्न कुनै समस्या नहुने घोषणा गरेका छन् ।

कतारमा अल्कोहल सेवनको उमेर कम्तीमा २१ वर्ष हो । रंगशालामै अल्कोहल उपलब्ध हुनेछ । ड्युटी फ्रीमा किनेर अल्कोहल लैजान कतारमा निषेध छ । तर, २१ वर्षमाथिका पर्यटकले भने अल्कोहल किन्न पाउँछन् । तर, सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गर्नु गैरकानुनी हो । त्यसमा कुनै पनि लचकता नअपनाउने कतारले जनाएको छ ।

यस्तै, लागूऔषधको प्रयोग गरेको पाइए चर्को जरिवाना र मृत्युदण्डको भागिदारसमेत बन्नुपर्ने कतारको नियम छ ।