एनएसएल

सकसमा नेपाल सुपर लिग

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को विवादास्पद दोस्रो संस्करणमाथिको बादल अझैसम्म पूर्ण रूपमा हटिसकेको छैन । एनएसएलको जहाजलाई अनिश्चयको भुमरीबाट निकाल्न पाइलटको भूमिकामा रहेको आयोजक चौधरी ग्रुपअन्तर्गतको नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले थुप्रै सकस बेहोरिरहेको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले समयमै ठोस र सर्वस्वीकार्य निर्णय गर्न नसक्नु र दशकौंदेखि नेपाली फुटबलमा मेरुदण्डको भूमिका निर्वाह गर्दै आएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू विरोधमा उत्रिनु मात्र दोस्रो एनएसएलको बाटोका बाधा होइनन् । आयोजक एनएसइएमको अपरिपक्वता र नेपाली फुटबलमाथिको कमजोर बुझाइले पनि एनएसएलको जहाजलाई कालो बादलको मुस्लोभित्र धकेलेको हो ।

क्लबहरूको आन्दोलन जारी छ । एनएसएल आयोजनाको मोडलप्रति क्लबको धारणामा रत्ति पनि परिवर्तन भएको छैन । आयोजक एनएसइएमले पनि नेपाली फुटबलका मुख्य सरोकारवाला क्लबहरूलाई पूरा किनारामा राख्दै एनएसएल गर्ने रणनीति अपनाएको छ । जसका कारण क्लबहरूको आक्रोश थप चुलिनु स्वाभाविक हो ।



यही कारण पटक-पटक स्थगित भएको प्रतियोगिता आगामी प्रस्तावित भदौ २५ देखिको समयमा हुनेमा पनि शंका छ । किनकि असार ६ गते साधारणसभाबाट निर्वाचित एन्फाको नयाँ कार्यसमितिले यो मितिलाई अनुमोदन गरिसकेको छैन । कर्माछिरिङ शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै एन्फाले त्यसलाई खारेज गर्नुपर्ने बताइसकेको छ ।

क्लबहरूको आन्दोलन जारी छ । एनएसएल आयोजनाको मोडलप्रति क्लबको धारणामा रत्ति पनि परिवर्तन भएको छैन । आयोजक एनएसइएमले पनि नेपाली फुटबलका मुख्य सरोकारवाला क्लबहरूलाई पूरा किनारामा राख्दै एनएसएल गर्ने रणनीति अपनाएको छ । जसका कारण क्लबहरूको आक्रोश थप चुलिनु स्वाभाविक हो ।

एनएसएल आयोजनामाथिको समस्या यत्तिमै सीमित पक्कै पनि छैन । एन्फाको नयाँ कार्यसमितिले भदौ १३ देखि २५ सम्म महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरिसकेको छ । एन्फा स्रोतका अनुसार त्यो प्रतियोगिता अझै एक सातादेखि १० दिन पछाडि धकेलिने सम्भावना पनि उत्तिकै छ । त्यसो भए एनएसएल भदौ २५ देखि कात्तिक ५ सम्मको प्रस्तावित समयमा पछि धकेलिने छ ।

नेपाली युवा टोलीले भदौ २५ देखि असोज २ सम्म हुने एएफसी यु-२० एसियन कप छनोटमा सहभागिताको तयारी गरिरहेको छ । यसैगरी असोज २८ देखि कात्तिक ३ गतेसम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव नवौं राष्ट्रिय खेलकुद गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद अन्तिम तयारीमा जुटिसकेका छन् ।

नेपाली खेलकुदको व्यस्त तालिकाका कारण तोकिएकै समयमा भए पनि एनएसएलले अघिल्लो संस्करणको जस्तो व्यापक चर्चा पाउने सम्भावना त झनै रहन्न । किनकि भदौ २५ सम्मकै मितिमा साफ च्याम्पियनसिप भए पनि नेपाली खेलकुद कम्तीमा भदौ २६ सम्म महिला फुटबलमय हुनेछ । अझ नेपाली महिला टोलीले उपाधि घरमै राखे त कम्तीमा थप एक साता साफ च्याम्पियनसिपको चर्चाबाट नेपाली खेलकुद बाहिर निस्कन सक्दैन ।

राष्ट्रिय खेलकुदका दौरान भने खेलाडीले आफ्नो विभाग वा प्रदेशबाट खेल्ने कि फ्रेन्चाइज टिमबाट एनएसएल खेल्ने भन्ने प्रश्नको उत्तर अझै कुनै पनि पक्षले खोज्न चाहेको छैन । वा त्यतातिर ध्यान पुर्याउने परिपक्वता आयोजक, एन्फा र फ्रेन्चाइज टिमले देखाएका छैनन् ।

एएफसी युवा च्याम्पियनसिपका कारण एनएसएलले खेलाडी उपलब्ध नहुने समस्या भोग्नु नपर्ला । तर युवा टोलीको प्रदर्शनका आधारमा नेपाली खेलकुद र खेलप्रेमीको ध्यान भने बाँडिने पक्का छ । यसैगरी राष्ट्रिय खेलकुदको महोत्सवमा सम्पूर्ण खेलकुद होमिँदा असोजपछि एनएसएलले खास महत्व पाउने छैन । राष्ट्रिय खेलकुदका दौरान भने खेलाडीले आफ्नो विभाग वा प्रदेशबाट खेल्ने कि फ्रेन्चाइज टिमबाट एनएसएल खेल्ने भन्ने प्रश्नको उत्तर अझै कुनै पनि पक्षले खोज्न चाहेको छैन । वा त्यतातिर ध्यान पुर्याउने परिपक्वता आयोजक, एन्फा र फ्रेन्चाइज टिमले देखाएका छैनन् ।

भोलि दुई प्रतियोगिता समानान्तर समयमा भइरहँदा विभागीय टिमहरूले आफ्ना खेलाडीलाई फिर्ता बोलाउन सक्छन् । यसैगरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले सबै खेलाडीहरू आ-आफ्नो प्रदेशबाट खेल्नुपर्ने निर्देशन जारी गरेमा एन्फाले त्यसलाई बेवास्था गरेर अगाडि बढ्न सक्ने अवस्था रहँदैन ।

त्यसैले आयोजकले आफ्नो प्रस्तावअनुसार अघिल्लो कार्यसमितिले दिएको मिति अनुमोदन गराउनेमा मात्र ध्यान केन्द्रित गरेर पुग्ने छैन । आयोजक एनएसइएमले यी तमाम विषयमा पनि एन्फासँग प्रष्टता खोज्नुपर्नेछ । त्यसो भयो भने मात्र उनीहरूले चाहे जसरी भव्य रूपमा प्रतियोगिता सम्पन्न हुनेछ । अन्यथा व्यावसायिक प्रतिष्ठानहरूले सञ्चारमाध्यममा पूर्ण रूपमा छायाँमा पर्ने अवस्था आए एनएसएलमा करोडौं रुपैयाँ लगानी गर्ने आँट गर्ने छैनन् । एक पटकलाई गरिहाले पनि यो दीर्घकालीन नहुन सक्छ ।

तर, प्रतियोगिता फरक तरिकाले गरेर प्रतिकुलताका बीच पनि यसको भव्यतामा कमी आउन नदिने आयोजकको दाबी छ । ‘दोस्रो संस्करण हामी केही पृथक तरिकाले गर्छाैं । काठमाडौंसहित दुई सहरमा प्रतियोगिता आयोजना गर्छौं । विदेशी ब्रोडकास्टर झिकाउँछौं । मैदानमा डिजिटल रनिङ बोर्ड राख्छौं । विदेशी खेलाडी चर्चित र स्तरीय भित्र्याउँछौं’, आयोजक एनएसइएमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शर्मा भन्छन् ।

यस्तो अवस्थामा तेस्रो लिगका रूपमा प्रस्तावित एनएसएलका लागि सुझबुझपूर्ण उपाय ननिकाल्ने हो भने बाटो सहज हुने छैन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कुनै पनि सदस्य देशमा एकभन्दा बढी लिग गर्ने अवधारणा स्वीकार गर्दैन ।

एन्फाको आफ्नै कार्यक्रममा दुई वटा लिगको अस्तित्व छ । २०११ सालदेखि निरन्तर रूपमा हुँदै आएको सहिद स्मारक लिग र पछिल्लो समय प्रस्तावित राष्ट्रिय लिग । राष्ट्रिय लिगका लागि एन्फाले प्रेसिडेन्टस कपमार्फत मोफसलका चार क्लबको छनोट गरिसकेको छ । तिनले असार ६ गते एन्फा साधारणसभामा राष्ट्रिय लिगका क्लबको हैसियतमा मतदान समेत गरिसकेका छन् । तर त्यो लिग एन्फाले आफैं विभिन्न प्राविधिक समस्याका कारण गर्न सकेको छैन ।

यस्तो अवस्थामा तेस्रो लिगका रूपमा प्रस्तावित एनएसएलका लागि सुझबुझपूर्ण उपाय ननिकाल्ने हो भने बाटो सहज हुने छैन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कुनै पनि सदस्य देशमा एकभन्दा बढी लिग गर्ने अवधारणा स्वीकार गर्दैन । त्यही कारण सहिद स्मारक लिग र राष्ट्रिय लिगलाई एन्फाले एउटै मालामा गाँस्ने प्रयास गरिरहेको छ ।

एन्फासँग राष्ट्रिय लिग नगर्ने छुट छैन । भर्खर एक महिनाअघि भएको चुनावमा राष्ट्रिय लिगको नारा चर्को स्वरमा घन्काएका कारण पनि नेतृत्व दबाबमा छ । अझ वर्तमान नेतृत्व चुनावअघिसम्म एनएसएलको विपक्षमा रहेकै कारण क्लबका केही मत आफूतिर तान्न सफल भएको थियो । त्यसले पनि नेतृत्वलाई एनएसएलप्रति उदार हुन रोक्नेछ ।

‘खेलाडी दर्ताको अर्को समस्या पनि नेपाली फुटबलमा आउन सक्छ । फिफाको खेलाडी सरुवा नियमावलीअनुसार कुनै पनि खेलाडी एउटा सिजनमा दुई क्लबसँग मात्र अनुबन्ध हुन पाउँछ । तर एनएसएल गर्ने हो भने नेपालमा हुने तीन फरक लिगमा फरक क्लबहरुले प्रतिस्पर्धा गर्छन् । यसो हुँदा पनि समस्या आउन सक्छ,’ एन्फाका एक पदाधिकारीले खेलाडीसँग भने, ‘हामीले यी सब विषयमा ध्यान दिएरमात्र निर्णय गर्नुपर्छ । एउटा व्यापारिक घराना वा क्लबहरूको दबाबका भरमा निर्णय गर्ने छुट हामीलाई छैन । हामीले समग्रमा नेपाली फुटबलको हित हेर्नुपर्छ ।’

कोभिड-१९ महामारीबीच २०७७ साल वैशाखमा भव्य तामझामका साथ एनएसएलको पहिलो संस्करण आयोजना भएको थियो । महामारीका कारण पूरा देश लकडाउनमा रहेका बेला कोठाभित्र थुनिएका नेपालीलाई एनएसएलले ठूलो राहत प्रदान गरेको थियो । महामारीका कारण पूरा विश्व ठप्प थियो । घरबाट बाहिर निस्कन पनि बर्जित थियो । व्यावसायिक खेलकुदका गतिविधि त कल्पनाबाहिरको कुरा थियो । त्यस्तो कठिन समयमा फ्रेन्चाइज फुटबल आयोजना गरेर एनएसइएमले नेपाली फुटबलका साथै घरभित्र थुनिएका समर्थकलाई पनि ठूलो गुन लगाएको थियो । अरू केही गतिविधि नभएका कारण पहिलो संस्करण गर्दा आयोजकले कुनै समस्या भोग्नुपरेन । वाहवाहीमात्र पायो ।

विवादको नालीबेली

कोभिड महामारी मत्थर हुन थालेसँगै दृश्य फेरियो । पहिलो संस्करण भव्यताका साथ सम्पन्न एनएसएलले निरन्तरता पाउने विषय नै अनिश्चित भइसकेको छ । पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुअघि एन्फाको तत्कालीन नेतृत्वले भदौ २५ देखि कात्तिक १० सम्म एनएसएलको दोस्रो संस्करण गर्न मिति उपलब्ध गराएको थियो ।

त्यसअघि एन्फाबाट चैत २५ देखि जेठ १० सम्म प्रतियोगिता गर्न अनुमति पाए पनि एनएसएल आयोजक र सहभागी क्लबहरूले चैत १० गते एकपक्षीय रूपमा स्थगित गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूको विरोधका बीच एन्फाले एनएसएल गर्न आयोजकले मागेकै समय उपलब्ध गराएको थियो ।

तर, अन्तिममा एनएसएलका फ्रेन्चाइज टिमहरूले तयारीलाई समय नपुग्ने भन्दै खेल्न नसक्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो । आयोजक तथा फ्रेन्चाइज टिमहरूले एन्फा र ‘ए’ डिभिजनका क्लबहरूमाथि असहयोगको आरोप लगाउँदै प्रतियोगिता स्थगनको घोषणा गरेका थिए । प्रतियोगिता स्थगनको घोषणा गर्ने क्रममा आयोजक तथा फ्रेन्चाइज टिमहरूले भदौ २५ देखि कात्तिक ५ सम्मको समय उपलब्ध गराउन एन्फासँग माग गरेका थिए ।

त्यही अनुसार कर्माछिरिङ शेर्पा नेतृत्वको निवर्तमान एन्फा कार्यसमितिले निर्वाचनको पूर्वसन्ध्यामा गत जेठ ३० गते आयोजकको मागअनुसार नै एनएसएलका लागि भदौ २५ देखि कात्तिक ५ सम्मको समय उपलब्ध गराएको थियो । एन्फाले आयोजकलाई पत्र लेख्दै प्रतियोगिता सञ्चालन हुनुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरू स्वीकृत गराउन आग्रह गरेको थियो ।

चैत २ को पत्रमाथि सुनुवाइ गर्नेक्रममा एन्फाले सात दिनपछि चैत ९ मा आयोजकको मागबमोजिम नै मिति उपलब्ध गराएको थियो । तर, आफ्नै मागबमोजिमको समय पाएको भोलिपल्ट चैत १० गते आयोजक र सहभागी फ्रेन्चाइज टिमहरूले एकपक्षीय तरिकाले प्रतियोगिता स्थगनको घोषणा गरेका थिए ।

अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण पूरा देश लकडाउनमा हुँदा गत वर्ष वैशाखमा बन्द रंगशालामा विनादर्शक एनएसएलको पहिलो संस्करण गरिएको थियो । पहिलो संस्करणको भव्य सफलताबाट उत्साही आयोजकले दोस्रो संस्करण सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै गत चैत २५ देखि जेठ १५ सम्म गर्न एन्फासँग समय माग गर्दै पुस २१ मा पत्राचार गरेको थियो । एन्फाले पहिलेको पत्र हराएको भन्दै अर्को पत्र माग गरेपछि एनएसइएमले चैत २ गते पुनः पत्र पठाउँदै चैत २५ देखि जेठ १० का लागि समय माग गरेको थियो ।

पहिलेको पत्र हराएसँगै एन्फा अध्यक्ष शेर्पासँगको छलफलपछि दोस्रो पटक पत्र पठाउनुपरेको उल्लेख गर्दै एनएसइएमले चैत २ गते पठाएको पत्रमा एन्फालाई सम्पूर्ण अफिसियल, ग्राउन्ड स्टाफ, म्याच कमिस्नर र रेफ्री उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

चैत २ को पत्रमाथि सुनुवाइ गर्नेक्रममा एन्फाले सात दिनपछि चैत ९ मा आयोजकको मागबमोजिम नै मिति उपलब्ध गराएको थियो । तर, आफ्नै मागबमोजिमको समय पाएको भोलिपल्ट चैत १० गते आयोजक र सहभागी फ्रेन्चाइज टिमहरूले एकपक्षीय तरिकाले प्रतियोगिता स्थगनको घोषणा गरेका थिए ।

यसबीचमा शीर्ष डिभिजनका आठ क्लबले एनएसएलको विरोधमा आन्दोलन चलाएका कारण यसअघि नै दुई लिगको अस्तित्व रहेको देशमा तेस्रो लिग आयोजनाको विषय थप पेचिलो बनेको थियो । आयोजकले एन्फा तथा व्यावसायिक फुटबलका लागि खेलाडी अनुबन्ध गरेर खेलिरहेका क्लबहरूसँग कुनै समन्वय नगरी आफूखुसी ढंगमा तयारी थालेपछि शीर्ष डिभिजनका क्लबहरू सशंकित बनेका थिए । त्यसमाथि आयोजक र एन्फाबीचको सहमतिमा एनएसएलका टिमलाई फिफा तथा एएफसीको मान्यता दिलाउन एन्फाले पहल गर्ने जस्ता बुँदा देखेपछि त्यो शंका आक्रोशमा बदलिएको थियो ।

सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र, कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, जावलाखेल युथ र फ्रेन्ड्स क्लबले अनुमतिविना एनएसएलको अक्सनमा आफ्ना खेलाडी सूचीकृत गरिएको तथा विभिन्न फ्रेन्चाइज टिमले मार्की खेलाडी भन्दै घोषणा गरेकोमा गम्भीर आपत्ति जनाएका थिए । सुरुमा ८ क्लबले सुरु गरेको आन्दोलनबाट विस्तारै चार क्लब पछि हटे भने थ्री स्टार, एमएमसी, संकटा र एनआरटी अन्तिमसम्म आफ्नो मुद्दामा कायम थिए ।

क्लबहरूको अनुरोधका आधारमा एन्फाले फागुन २० को अक्सन रोक्न एनएसएललाई निर्देशन दिएको थियो । तर एनएसएलले त्यसको बेवास्था गर्दै अक्सनमार्फत सहभागी सबै १० फ्रेन्चाइज टोलीमा खेलाडी अनुबन्धन गराएको थियो ।

एन्फाको निर्णय अटेर गर्दै एनएसएलले अक्सन गरेपछि असन्तुष्ट क्लबको आक्रोश अझै थपियो । जसका कारण केही महिनामै चुनाव गर्ने तयारीमा रहेको नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामाथि एनएसएल रोक्नुपर्ने दबाब चुलियो ।

एन्फाले समस्या समाधानका लागि भन्दै तत्कालीन अध्यक्ष शेर्पाको संयोजकत्वमा ७ सदस्यीय विवाद समाधान कार्यदल बनाउनुपर्यो । कार्यदलले एनएसएल आयोजक तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगका असन्तुष्ट क्लबहरूसँग छलफल चलाइरहेकै थियो ।

एनएसएल आयोजकले पनि आफ्नो तयारी समानान्तर रूपमा अगाडि बढाइरहेको थियो । यसैक्रममा चैत २ गते प्रतियोगिताका लागि मिति उपलब्ध गराउन अनुरोध गरेर दोस्रो पटक लेखेको पत्रमा एनएसइएमले एन्फालाई ६ गते टाइसिट ड्र गर्ने जानकारी गरायो । जसले संघर्षरत क्लबहरूको आक्रोशको आगोमा घ्यु थप्ने काम गर्यो ।

विवादका बीच प्रतियोगिता हुने या नहुने अझै अनिश्चित छ । असार ६ मा सम्पन्न भएको चुनावमा एनएसएल स्थगन आफूहरूले गराएको भन्दै त्यसलाई मूल एजेन्डा बनाएर प्रतिस्पर्धामा उत्रिएको समूह अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)को कुर्सीमा विराजमान छ ।

शेर्पा नेतृत्वको कार्यदल र चार असन्तुष्ट क्लबबीचको छलफलपछि क्लबको मागअनुसार टाइसिट ड्र रद्द गर्न एन्फाले आयोजकलाई निर्देशन दियो । एन्फाको निर्देशन अटेर गर्दै अक्सन गराएको एनएसएलले यसपालि भने टाइसिट ड्र रोक्यो । त्यसको तीन दिनपछि एन्फाबाट आफूले प्रस्ताब गरेकै मिति पायो । तर आफैंले माग गरेको मितिमा प्रतियोगिता गर्न नसक्ने भन्दै प्रतियोगिता स्थगित गरियो ।

पहिलो पटक हुने भनिएको चैतको निर्धारित मितिमा हुन सकेन । विवादका बीच प्रतियोगिता हुने या नहुने अझै अनिश्चित छ । असार ६ मा सम्पन्न भएको चुनावमा एनएसएल स्थगन आफूहरूले गराएको भन्दै त्यसलाई मूल एजेन्डा बनाएर प्रतिस्पर्धामा उत्रिएको समूह अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)को कुर्सीमा विराजमान छ ।

अब के हुन्छ ?

त्यही नेतृत्वले साउन २ (सोमबार) हुने कार्यसमिति बैठकका लागि एनएसएललाई मुख्य एजेन्डा बनाएको छ । आफैले गर्नुपर्ने सहिद स्मारक लिग, राष्ट्रिय लिगलगायतका नेपाली फुटबलका अनिवार्य गतिविधिलाई नसमेटिएको एजेन्डा सूचीमा एनएसएललाई महत्वका साथ राखेर एन्फा नेतृत्वले ठूलो व्यावसायिक घरानाको चित्त नदुखाउने रणनीति लिइसकेको छ । यसबाट एन्फा नेतृत्व एनएसएलप्रति चुनावअघि जस्तो कठोर नरहेको प्रमाण मिल्छ । तर निक्कै पेचिलो बनिसकेको एनएसएल मुद्दा मिलाउन नेतृत्वलाई पनि सोचेजति सहज हुने छैन ।

गत साता असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लब (मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा र न्युरोड टिम) ले एन्फा पदाधिकारीको बैठकमार्फत एनएसएलको सम्झौता रद्द गर्न सिफारिस गरेको थियो । त्यहीअनुसार सोमबारको वैठकमार्फत पुरानो सम्झौता तोडेर नयाँ सम्झौताका लागि वातावरण बनाउन प्रयास गर्ने एन्फा नेतृत्वले आयोजकलाई बताइसकेको छ ।

‘उहाँहरू (एन्फा)ले पुरानो सम्झौता रद्द गरेर नयाँ गर्ने भन्नुभएको छ । हामी त्यसैको पर्खाइमा छौं,’ एनएसएलका सिइओ सुदीप शर्मा भन्छन् ।

बैठकमा एनएसएल र एन्फाबीचको सम्झौता रद्द हुन्छ । यसपछि हामी एउटा समिति बनाएर एन्फा, एनएसएल आयोजक र असन्तुष्ट क्लबहरूबीच छलफल चलाउँछौं । त्यही छलफलबाट निस्केको निचोडका आधारमा एनएसएल कहिले हुने ? कति समयको हुने ? कुन स्तरको हुने जस्ता विषय तय गर्छौं ।

एन्फाको नेतृत्वले कार्यसमिति बैठकमार्फत पुरानो सम्झौता रद्द गर्ने, त्यसपछि एउटा समिति बनाएर सबै पक्षसँग छलफल गरेर निचोड निकाल्ने र त्यसैका आधारमा आगामी निर्णय गर्ने रणनीति बनाएको बताइन्छ ।

एक केन्द्रिय सदस्य भन्छन्, ‘सम्भवत आगामी बैठकमा एनएसएल र एन्फाबीचको सम्झौता रद्द हुन्छ । यसपछि हामी एउटा समिति बनाएर एन्फा, एनएसएल आयोजक र असन्तुष्ट क्लबहरूबीच छलफल चलाउँछौं । त्यही छलफलबाट निस्केको निचोडका आधारमा एनएसएल कहिले हुने ? कति समयको हुने ? कुन स्तरको हुने जस्ता विषय तय गर्छौं ।’

त्यसो भए एनएसएल निर्धारित समयमा हुँदैन ? भनेर गरिएको प्रतिप्रश्नमा उनको जवाफ थियो, ‘सम्भवतः हुँदैन । किनभने कमिटीले सबैसँग वार्ता गरेर खाका तयार पार्ने हो । त्यसैले एक महिना प्रतियोगिता धकेलिन सक्छ ।’

एनएसएसको समय परिवर्तन गर्न उनले भनेजति सजिलो चाहिँ छैन । किनकि एनएसएल पछि धकेलिने हो भने एन्फाले बनाइ नसकेको क्यालेन्डर पनि प्रभावित हुनेछ । महिला साफ च्याम्पियनसिप, एएफसी यु–२० एसियन कप छनोट र राष्ट्रिय खेलकुदको मिति तय भइसकेको अवस्थामा एन्फाले विभिन्न श्रेणीका सहिद स्मारक लिग, राष्ट्रिय लिग, मोफसलका प्रतियोगिता, विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा प्रतियोगितालगायतका लागि पनि समय मिलाउनुपर्छ । र, यो सब नेपालमा खास फुटबल सिजनको रूपमा स्थापित कात्तिकदेखि जेठसम्ममा गर्नुपर्नेछ ।

के भन्छन् क्लब ?

एनएसएल आयोजनाको रवैयाबाट असन्तुष्ट रहेका क्लब यतिबेला एन्फासँग पर्ख र हेरको अवस्थामा छन् । केही बुँदामा असन्तुष्ट रहेका क्लबहरू विवादित बुँदा हटाएर एनएसएल गर्दा फरक नपर्ने बताउँछन् ।

‘यदि फुटबल विकासका लागि आएको भए एनएसएलले सहिद स्मारक लिगका क्लबहरूसँग समन्वय गर्नुपर्थ्यो । व्यवस्थित तरिकाले गर्न जानुपर्थ्यो । उहाँहरू हामीलाई ‘वाइपास’ गर्ने योजनामा आउनुभयो । उहाँहरूको नियत ठीक देखिएन’, कीर्तिमानी आठ पटक ‘ए’ डिभिजन लिग उपाधि जितेको मनाङ मर्स्याङ्दी क्लबका महासचिव तेन्जिङ गुरुङ भन्छन्, ‘रद्द गर्ने या नगर्ने भन्दा पनि एनएसएल एन्फा र क्लबहरू मिल्नुपर्छ । एनएसएलले सहिद स्मारक लिगका क्लबलाई वाइपास गर्नुभएन । पहिला लुकीलुकी सम्झौता गर्नुभयो । सम्झौता लुकाउनुभयो । त्यो हुनुहुँदैनथ्यो । अब, २ गतेको निर्णयपछि एन्फाले सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ ।’

एनएसएलको प्रस्तावित दोस्रो संस्करणमा १० टोली सहभागी गराउने आयोजकको तयारी छ । गत संस्करणमा सात टिमबीच प्रतियोगिता भएको थियो । प्रस्तावित दोस्रो संस्करणमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै यसपालि थप गरिएका नयाँ क्लब झापा एफसी, मेची–इलाम र वीरगन्ज युनाइटेड छन् ।