एन्फा निर्वाचन

एन्फा निर्वाचन उम्मेदवार परिचय: फुटबललाई ट्र्याकमा फर्काउने उपाध्यक्षका आकांक्षी खतिवडाको योजना

नेपालका ७७ मध्ये ४८ जिल्ला नेपाली फुटबल प्रशासनको मूलधार एन्फा (अखिल नेपाल फुटबल संघ)मा गाँसिएका छन् । तैपनि सबै ठाउँमा फुटबलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेका छैनन् ।

झन् आजभन्दा दुई दशकअगाडि त नेपाली फुटबल केन्द्रमै पनि बामे सर्दै थियो । राजधानी नजिकै भए पनि पहाडी जिल्ला धादिङमा फुटबल खेल्नलाई पर्याप्त मैदान थिएनन् । न त बल सहज पाइन्थ्यो । ०५१–५२ सालतिर पृथ्वी राजमार्ग नजिकैको सत्यवती माविमा ६–७ कक्षा पढ्दै गरेका दीपक खतिवडा टिफिन ब्रेकमा साथीहरू भेला पारेर मोजाको डल्लो बनाएर फुटबल खेल्थे ।

माथिल्ला कक्षाहरूमा उक्लिँदै जाँदा विद्यालयमा फुटबल उपलब्ध हुन थाल्यो । तुलनात्मक रूपमा खेल्नका लागि सहज वातावरण पाउन थाले । सानैदेखि फुटबल उनको प्यासन थियो । विद्यालयको टिममा उनी नियमित पर्थे ।

‘फुटबल खेल्न मैदान थिएन, बल पनि पाइँदैनथ्यो,’ उनी सम्झन्छन्, ‘पुरानो मोजालाई डल्लो पारेर साथीहरू भेला भएर चौरमा फुटबल खेल्थ्यौं ।’

माथिल्ला कक्षाहरूमा उक्लिँदै जाँदा विद्यालयमा फुटबल उपलब्ध हुन थाल्यो । तुलनात्मक रूपमा खेल्नका लागि सहज वातावरण पाउन थाले । सानैदेखि फुटबल उनको प्यासन थियो । विद्यालयको टिममा उनी नियमित पर्थे ।

‘स्कुल स्तरमा हुने सबै प्रतियोगिताहरूमा लगातार फुटबल खेलें । जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगिता पनि खेलिरहें,’ खतिवडा भन्छन्, ‘एकछिन फुर्सद भयो कि फुटबल खेल्न मन लागिहाल्थ्यो ।’

तर, बल पाइँदैन थियो । बल्लतल्ल पैसा जम्मा गरेर किनेको बल फुटिहाल्यो भने तत्काल किन्न पाइँदैनथ्यो । पैसाको जोहो त जसोतसो हुन्थ्यो । तर धादिङको बजारमा बल अर्डर गरेको केही दिनपछि मात्र उपलब्ध हुन्थ्यो । समग्रमा खतिवडाको फुटबल खेल्ने स्कुले जीवन संघर्षमै बित्यो ।

‘हाम्रो गाउँबाट गजुरी बजार आउनुपथ्र्यो । त्यहाँ पनि एउटा स्टेशनरी पसलमा केही दिन अगाडि नै बल मगायो भने मात्रै पाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘विद्यालय जीवनदेखि नै फुटबलसँगको साइनो जोडियो । स्कुलमा खेल्थ्यौं, विस्तारै स्थानीय प्रतियोगिता र धादिङमा जिल्लास्तरीय लिगहरू खेलें ।’

उनको खेल करिअर त्यतिमै सीमित भयो । खेलाडीको रूपमा खतिवडा नेपाली फुटबलको मूलधारको छेउछाउसम्म पनि पुग्न सकेनन् । प्यासन भए पनि खेलाडीका रूपमा माथि उक्लिन उनले वातावरण पाएनन् । खेलाडीका रूपमा उनको क्षमताको त परीक्षण नै कहिल्यै भएन ।

धादिङ जिल्ला फुटबल संघका अध्यक्ष खतिवडा अहिले फेरि एन्फाको केन्द्रीय कार्यसमितिको ढोका ढकढक्याइरहेका छन् । यही असार ६ गते हुने एन्फा निर्वाचनमा उनले वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

तर, व्यवस्थापनमा खतिवडाले त्यस्तो नियति भोग्नुपरेको छैन । व्यवसायमा हासिल गरेका सफलताले फुटबलमा व्यक्तिगत रूपमै लगानी गर्न उनीसँग सुगम अवस्था मन पनि छ । मोजाको बल बनाएर खेल्दा साथीहरूलाई भेला पार्ने कामदेखि नै उनले नजानिकनै नेतृत्वमा लागेकै थिए । उमेरअनुसार नेतृत्व गर्ने क्षमता पनि परिपक्व हुँदै गयो । आँटिलो स्वभाव, मृदुभाषी वचन, सहयोगी भावना, कुनै अभियान बनाएपछि इमान्दारीसाथ डटेर लाग्ने प्रतिबद्धता खतिवडाका थप विशेषता हुन् । जसले उनलाई उमेरले ४० को हाराहारीमा पुग्दा देशकै फुटबल नेताका रूपमा स्थापित गरेको छ ।

धादिङ जिल्ला फुटबल संघका अध्यक्ष खतिवडा अहिले फेरि एन्फाको केन्द्रीय कार्यसमितिको ढोका ढकढक्याइरहेका छन् । यही असार ६ गते हुने एन्फा निर्वाचनमा उनले वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सानैदेखि खेल्दै आएको र एकदमै लगाव भएकाले खेल्न छाडेपछि पनि उनले फुटबल चाहिँ छोड्न सकेनन् । यसकै विकासमा समर्पित भइरहे । धादिङ जिल्ला फुटबल संघका उनी संस्थापक अध्यक्ष हुन् । २०६० सालभन्दा अगाडिसम्म धादिङको फुटबल जिल्ला स्तरमै सीमित थियो । त्यसपछि जिल्लालाई संस्थागत रूपमा एन्फासँग आबद्ध गराएर अगाडि बढाउने काम उनकै नेतृत्वमा भयो । त्यसयता पनि लगातार अध्यक्षका रूपमा खतिवडाले नै धादिङ जिल्ला फुटबल संघको नेतृत्व गरिरहेका छन् ।

धादिङका फुटबलप्रेमी युवाहरूको छलफलपछि खतिवडाकै पहलमा ०६०, ०६१ र ०६२ सालमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना भयो । ‘ती प्रतियोगिताहरूमा हामीले एन्फाबाट प्रतिनिधि बोलाएर धादिङमा फुटबलको क्रेज कस्तो छ भन्ने देखायौं,’ दीपक भन्छन्, ‘धादिङमा फुटबलको क्रेज छ भन्ने प्रत्याभूति दिलाएर ०६२ सालबाट हामी नियमित एन्फासँग संस्थागत छौं ।’

एन्फासँग जोडिसकेपछि जिल्लाका थुप्रै खेलाडीलाई काठमाडौंमा हुने ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा सहभागी गराउन खतिवडा सफल भए ।

‘हाम्रो जिल्लाका उत्पादनको रूपमा धेरै खेलाडी, प्रशिक्षक, रेफ्री पनि धेरै छन् । यसरी समग्र देशमा फुटबलको विकासका लागि निरन्तर योगदान गरिरहँदा किन नेतृत्वमा नजाने ? भन्ने लागेर उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको हुँ,’ खतिवडा भन्छन्, ‘आजभन्दा चार वर्षअगाडि पनि एन्फाको नेतृत्व गर्नुपर्छ र एन्फालाई व्यावसायिकतातर्फ अगाडि बढाउनुपर्छ भनेर चुनावमा होमिएका थियौं । तर, साथीहरूसँग आपसमै मतभेद हुँदा हामीले सफलता हासिल गर्न सकेनौं । तर, हामी त्यो बेला चुनावबाट नभाग्ने निर्णय गरेर अगाडि बढेका थियौं ।’

‘त्यसको ८ महिना नबित्दै उहाँहरूले गरेका १९ वटा कमजोरीको सूची हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थियौं,’ उनी भन्छन्, ‘आजसम्म पनि राम्रो कामको समर्थन र नराम्रो काम नगर्न सुझाव दिँदै आयौं ।’

‘अघिल्लो चुनाव पनि कर्माछिरिङ शेर्पाको विपक्षी टिमबाट लडेका थियौं । चुनावमा हामी पराजित भयौं,’ अघिल्लो चुनावमा सदस्य पदमा पराजित भएका खतिवडा भन्छन्, ‘तर, लज्जास्पद हार थिएन त्यो । मैले सदस्य पदमा २४ मत ल्याएको थिएँ । पराजित भए पनि उहाँहरूलाई बधाई दिएर राम्रो कामको समर्थन र गलत काममा खबरदारी गर्छौं भनेका थियौं र गर्यौं पनि ।’

‘त्यसको ८ महिना नबित्दै उहाँहरूले गरेका १९ वटा कमजोरीको सूची हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थियौं,’ उनी भन्छन्, ‘आजसम्म पनि राम्रो कामको समर्थन र नराम्रो काम नगर्न सुझाव दिँदै आयौं ।’

केन्द्रमा पराजित भएपछि आफ्नो सम्पूर्ण ध्यान जिल्लामा लगाएका खतिवडाले ३ नम्बर प्रदेश लिगमा धादिङलाई च्याम्पियन बनाए । राष्ट्रिय लिग छनोटको रूपमा भएको एन्फा प्रेसिडेन्ट्स कपमा प्रदेश च्याम्पियनको हैसियतमा उनले धादिङलाई नेपालगन्ज लगेका थिए ।

त्यो प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले राष्ट्रिय लिग खेल्न पाउने र एन्फा निर्वाचनमा मताधिकार पनि पाउने वैधानिक व्यवस्था थियो । खतिवडाको अर्जुनदृष्टि भने च्याम्पियन बन्नेमा मात्र थियो । तर, अहिलेको चुनावलक्षित गरेर आफ्नो टोलीलाई षडयन्त्रपूर्वक पाँचौं स्थानमा पुर्याइएको उनी सधैं गुनासो गर्ने गर्छन् ।

त्यसबेला टिम तयार गर्न व्यक्तिगत रूपमै २५–३० लाख रुपैयाँ खर्च गरेको खतिवडा बताउँछन् । धादिङमा आफूले गरेको योगदान देखेर साथीहरूले एन्फा उपाध्यक्षमा उम्मेदवार बनाएको उनको भनाइ छ । खतिवडा आफूलाई देशभरका फुटबलप्रेमी युवाहरूको प्रतिनिधि ठान्छन् । नेम्वाङ प्यानलले चुनाव जित्नेमा विश्वस्त खतिवडा पराजय भए पनि सहजतासाथ स्वीकार्ने लोकतान्त्रिक चरित्र आफूमा रहेको सुनाउँछन् ।

‘नेपाली फुटबलमा पूर्ण परिवर्तन हुनुपर्छ, सुशासन हुनुपर्छ, पारदर्शिता हुनुपर्छ, सामूहिक नेतृत्व हुनुपर्छ, फुटबल विकेन्द्रीकरण हुनुपर्छ, स्थानीय स्तरदेखि फुटबल विकासको अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ, सानै उमेरदेखि बालबालिकाले फुटबल खेल्ने वातावरण पाउनुपर्छ, पछिल्लो चार वर्षमा लिक छाडेको नेपाली फुटबललाई सही बाटोमा फर्काउनुपर्छ,’ तपाईंको उम्मेदवारी किन भन्ने प्रश्न गर्दा खतिवडाले खरो जवाफ दिए, ‘यिनै काम संस्थागत गर्न हामीजस्ता युवा आउनुपर्छ भन्ने हो । फुटबललाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाएर यो खेलको चीरहरण गर्नेहरूविरुद्ध मैले उम्मेदवारी दिएको हुँ ।’  

फुटबलमा नेम्वाङको दुई दशकभन्दा लामो योगदान, अनुशासन, सालिनता र त्याग देखेरै युवाहरू चुनाव जित्नका लागि त्यो प्यानलमा लागेको खतिवडाको निष्कर्ष छ ।

चुनाव जित्नका लागि आफूहरूले कसैलाई पनि पदको लोभ देखाएर भोट नमागेको दाबी गर्दै खतिवडाले त्यसरी भोट मागेर फुटबल व्यावसायिकतातर्फ नजाने विचार राखे । व्यक्तिगतभन्दा पनि सामूहिक एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिँदा नेम्वाङ प्यानलले पाँच सूत्रीय नारा तयार गरेको र त्यसलाई अक्षरशः कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए ।

‘यो टिमले फुटबलमा कर्माछिरिङ शेर्पाले भन्दा धेरै परिवर्तन र विकास गर्छ भनेर हामी नेम्वाङ प्यानलमा लागेका हौं,’ उनी भन्छन्, ‘आर्थिक पारदर्शिता नभएको टिमबाट चुनाव लडेर त्यो चंगुलमा फस्नुभयो, हामी त्यो गर्नुहुँदैन भनेर मैले बारम्बार भनिरहेको छु । र, त्यसमा हाम्रो टिम अडिग छ । हामी फुटबलमा लाग्ने भनेको योगदान गर्न हो, फुटबललाई चुस्न होइन भन्ने हामीलाई थाहा छ ।’

चुनाव जित्नका लागि आफूहरूले कसैलाई पनि पदको लोभ देखाएर भोट नमागेको दाबी गर्दै खतिवडाले त्यसरी भोट मागेर फुटबल व्यावसायिकतातर्फ नजाने विचार राखे । व्यक्तिगतभन्दा पनि सामूहिक एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिँदा नेम्वाङ प्यानलले पाँच सूत्रीय नारा तयार गरेको र त्यसलाई अक्षरशः कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए ।

‘आज फुटबलमा भएको बेथितिले म फुटबलसँग सम्बन्धित मान्छे हुँ भन्न पनि लाज हुने अवस्था आएको छ,’ उनले भने, ‘राष्ट्रिय टिमका खेलाडी आपतमा परिरहँदा एन्फा नेतृत्व मूकदर्शक भएर बसिरहेको छ । हामी यो र यस्ता विषयको समाधान गरेरै छाड्छौं ।’