टेन हाग

म्यानचेस्टरको चतुर रोजाइमा टेन हाग

नेदरल्यान्ड्सको राजधानी आम्सट्रार्डमबाट दुई घण्टाको यात्रा गरेपछि पुगिन्छ हाक्सबेर्गन । जहाँको बजारी क्षेत्रका केही अपार्टमेन्ट र स्टोर टेन हागको नाममा छन् । यी अपार्टमेन्ट र स्टोरको नाम ‘टेन हाग’ राखिएका कारण म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टान हाग होइनन् । बरू उनका पिता हेन्नी हुन् ।

एरिक टान हागका दुई दाजुभाइ मिकेल र रिको अझै पनि हाक्सबेर्गनमा बस्छन् । आफ्ना पिताले सन् १९६७ मा सुरु गरेको व्यवसाय सम्हाल्छन् । तर टान हाग जुनियरलाई व्यापारमा कुनै चासो छैन । उनी फुटबलमै रमाइरहेका छन् । यसैले उनलाई हाक्सबेर्गनकै प्रख्यात टेन हाग बनाएको छ ।

आखिरमा टेन हाग कस्ता प्रशिक्षक हुन् त ? सुरुमा स्टिभ म्याकक्लारेनको धारणा जानौँ । किनभने म्याकक्लारेन सन् २००८/०९ मा एफसी ट्वान्टेका प्रशिक्षक बन्दा टेन हाग उनका सहायक बनेका थिए । ‘टेन हाग असाधारण विश्लेषक हुन् । खेलको विश्लेषण गर्ने अनि तत्कालै खेलाडी र रणनीति परिवर्तन गर्ने सामथ्र्य राख्छन् । उनको यस्तो कदमले अन्ततः खेल नै परिवर्तन गर्छ,’ म्याकक्लारेन भन्छन् । टान हागलाई म्याकक्लारेन भने सर एलेक्स फर्गुसनसँग तुलना गर्छन् । ‘फर्गुुसनले जे गर्थे, टेन हाग त्यही गर्छन्,’ म्याकक्लारेन भन्छन् ।

बिहीबार युनाइटेडले टान हाग (एरिक) लाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्यो । युनाइटेडको यो निर्णय समर्थकलाई अचम्भित तुल्याउने खालको थिएन । किनभने टान हाग युनाइटेडसँग आबद्ध हुने पक्कापक्की थियो । समर्थक क्लबको नयाँ घोषणामात्र पर्खिरहेका थिए ।

आखिरमा टेन हाग कस्ता प्रशिक्षक हुन् त ? सुरुमा स्टिभ म्याकक्लारेनको धारणा जानौँ । किनभने म्याकक्लारेन सन् २००८/०९ मा एफसी ट्वान्टेका प्रशिक्षक बन्दा टेन हाग उनका सहायक बनेका थिए । ‘टेन हाग असाधारण विश्लेषक हुन् । खेलको विश्लेषण गर्ने अनि तत्कालै खेलाडी र रणनीति परिवर्तन गर्ने सामथ्र्य राख्छन् । उनको यस्तो कदमले अन्ततः खेल नै परिवर्तन गर्छ,’ म्याकक्लारेन भन्छन् । टान हागलाई म्याकक्लारेन भने सर एलेक्स फर्गुसनसँग तुलना गर्छन् । ‘फर्गुुसनले जे गर्थे, टेन हाग त्यही गर्छन्,’ म्याकक्लारेन भन्छन् ।

टेन हागले आयाक्सलाई डच लिग र घरेलु कप जिताएका छन् । त्यो पनि दुई सिजन । गत सिजन लिग जित्नुबाहेक आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगेको थियो । जुन सफलता आयाक्सले सन् १९९७ यता प्राप्त गर्न सकिरहेको थिएन । युरोपका अरू ठूला र धनी लिगका क्लबहरूलाई पछि पारेर च्याम्पियन्स लिग सेमिफाइनल पुग्नु आयाक्सका लागि उपाधि जितेसरह थियो ।

हाल नेदरल्यान्ड्सको सबैभन्दा ठूलो क्लबको प्रशिक्षक रहे पनि उनी खेलाडीका रूपमा भने सधैं साना र मझौला मानिएका क्लबबाट मात्रै खेले । कुल १३ सिजन डच लिग (पहिलो र दोस्रो श्रेणीमा गरी) खेलेर उनले २० वर्षअघि संन्यास लिएका हुन् । पूर्वमिडफिल्डर उनले दोस्रो श्रेणीको लिग र केएनभीबी कप गरी जम्मा दुई उपाधि मात्रै जितेका छन् ।

टेन हागको फुटबल सिकाइ हाक्सबेर्गन नजिकै रहेको एसभी बोन ब्वाइज क्लबबाट सुरु भएको थियो । प्रत्येक बुधबार एसभीको मैदानवरपरका बालबालिका भेला हुन्थे र सँगै फुटबल सिक्थे अनि खेल्थे । यही क्लबमा हाल लेखा निर्देशक रहेका पिटर स्लुइक र टेन हाग सँगै खेल्थे । करिब ९० वर्षअघि स्थापित भएको यो क्लबमा अहिले पनि करिब एक हजार सदस्य छन् । तीमध्ये आठ सय व्यावसायिक खेलाडी छन् । क्लबबाट खेल्न सुरु गरेका सयौँ खेलाडी युरोपभर छरिएका छन् । तर कोही पनि टेन हाग जत्तिको चिनिएका छैनन् ।

टेन हागले १२ वर्षको उमेरमा एसभी बोन ब्वाइज छाडेका थिए । त्यसपछि उनी एफसी ट्वान्टेको एकेडेमी पुगे । जहाँबाट उनको डच फुटबलमा व्यावसायिक करियर सुरु भयो । सानै उमेरमा एसभी बोन ब्वाइज छाडे पनि उनले यो क्लबसँगको सम्बन्ध जोगाइरहेका छन् । ‘उनी पाँच साता पहिले यहाँ आएका थिए । उनी बोन ब्वाइजका सम्पत्ति हुन्,’ स्लुइक भन्छन् ।

क्लबको कार्यालयमा अहिले पनि टेन हाग र उनका त्यसबेलाका साथीहरूको सामूहिक तस्बिर झुन्ड्याइएको छ । तस्बिरमा देखिएका टेन हाग र उनका साथीहरू त्यसबेला १० वा ११ वर्षका हुँदा हुन् । ‘हामीले सन् १९८० को दशकमा सँगै खेल्यौँ । ऊसँग धेरै समय खेल्न भने पाइएन । किनभने उनको र हाम्रो स्तर एउटै थिएन । पछि त्यो ब्याचबाट स्थापित हुने टेन हागमात्रै रहे,’ स्लुइक सम्झन्छन् ।

टेन हागले १२ वर्षको उमेरमा एसभी बोन ब्वाइज छाडेका थिए । त्यसपछि उनी एफसी ट्वान्टेको एकेडेमी पुगे । जहाँबाट उनको डच फुटबलमा व्यावसायिक करियर सुरु भयो । सानै उमेरमा एसभी बोन ब्वाइज छाडे पनि उनले यो क्लबसँगको सम्बन्ध जोगाइरहेका छन् । ‘उनी पाँच साता पहिले यहाँ आएका थिए । उनी बोन ब्वाइजका सम्पत्ति हुन्,’ स्लुइक भन्छन् ।

टेन हागले ट्वान्टेका लागि तीन फरक कालखण्डमा खेले । बीचमा उनी डे ग्राफ्सचाप, एफसी उट्रेट र आरकीसी वालविकको जर्सीमा पनि देखिए । टेन हाग ट्वान्टेको युवा टिमको सदस्य रहेका बेला देखि नै उनलाई चिन्ने अर्का पूर्वखेलाडी हुन्, थियो स्नेल्डर्स । जो हाल गोलरक्षक प्रशिक्षक छन् । स्कटल्यान्डका ठूला क्लबहरूबाट खेलेको अनुभव भएका स्नेल्डर्स र टेन हागले यूईएफए ‘ए’ लाइसेन्स सँगै गरेका हुन् । यिनै स्नेल्डर्स युनाइटेड प्रशिक्षक बन्नका लागि टेन हाग सबै हिसाबले तयार रहेका मान्छन् ।

‘उनी यहाँसम्म त्यत्तिकै आइपुगेका होइनन् । उनले लामो समय सहायक प्रशिक्षकका रूपमा काम गरे । लाइसेन्स कोर्सको कक्षमा उनी अरूभन्दा दुई कदम अघि हुन्थे । यसकारण उनले जस्तो सफलता हासिल गरेका छन्, यसका लागि उनी हकदार छन्,’ स्नेल्डर्स भन्छन्, ‘धेरै पूर्वमिडफिल्डर हाल प्रशिक्षक छन् । तीमध्ये कोही उच्चकोटीका मिडफिल्डर थिएनन् । एरिक आफैँ पनि उति छरितो मिडफिल्डर होइनन् । तर, उनको दिमाग चाँडो चल्थ्यो ।’

टेन हाग २० वर्षको उमेरमा डे ग्राफ्सचापसँग अनुबन्धित भएका थिए । त्यहाँ उनले सन् १९९०/९१ सिजनमा दोस्रो श्रेणीको डच लिग जिते । डे ग्राफ्सचापले लिग जित्दा एउटा पनि खेल हारेन । त्यो सफलताको खुसीयाली डे ग्राफ्सचापका पूर्वखेलाडीहरू अहिले पनि मनाउँछन् । त्यस टिममा रहेका सबै खेलाडी प्रत्येक मार्चमा भेला हुन्छन् । त्यो टिममा राइटब्याक रहेका फ्रान्क लुकासेन टेन हागको कुरा गर्दा बडो हर्षित बन्छन् । ‘त्यसबेला नै उनी असाध्यै आत्मविश्वासी थिए । फुटबलबारे हामीभन्दा उनलाई बढी ज्ञान थियो,’ ५४ वर्षे लुकासेन भन्छन् ।

‘धेरै प्रशिक्षक टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका हुन्छन् । तर एरिकलाई त्यहाँ देखिँदैनन् । किनभने उनी हरपल काममै हुन्छन् । मैदानमै हुन्छन् । उनी आफूलाई बजारीकरण गर्नुपर्छ भन्ने ठान्दैनन् । धरैले चिनुन् भन्ने मानसिकता उनमा छैन । सार्वजनिक रूपमा उनी आफ्ना खेलाडीको आलोचना गर्दैनन् । तर डे«सिङ रूममा भने उनी कडा देखिन्छन्,’ स्नेल्डर्सले भनेका छन् ।

टेन हाग २० वर्षको उमेरमा डे ग्राफ्सचापसँग अनुबन्धित भएका थिए । त्यहाँ उनले सन् १९९०/९१ सिजनमा दोस्रो श्रेणीको डच लिग जिते । डे ग्राफ्सचापले लिग जित्दा एउटा पनि खेल हारेन । त्यो सफलताको खुसीयाली डे ग्राफ्सचापका पूर्वखेलाडीहरू अहिले पनि मनाउँछन् । त्यस टिममा रहेका सबै खेलाडी प्रत्येक मार्चमा भेला हुन्छन् । त्यो टिममा राइटब्याक रहेका फ्रान्क लुकासेन टेन हागको कुरा गर्दा बडो हर्षित बन्छन् । ‘त्यसबेला नै उनी असाध्यै आत्मविश्वासी थिए । फुटबलबारे हामीभन्दा उनलाई बढी ज्ञान थियो,’ ५४ वर्षे लुकासेन भन्छन् ।

टेन हाग डे ग्राफ्सचापका तत्कालीन प्रशिक्षक सिमोन किस्टेमेरबाट प्रभावित रहेका ठान्छन् लुकासेन । किस्टेमेरले आफ्ना खेलाडीको अधिकतम उपयोग गर्ने गरेको लुकासेनको बुझाइ छ । ‘उनी हरपल टिम र खेलाडीबारे सोच्थे,’ गत वर्ष धर्ती छाडेका किस्टमेरबारे लुकासेन भन्छन् । डे ग्राफ्सचापको टिममा त्यसबेला पूर्णरूपमा व्यावसायिक खेलाडीको संख्या कम थियो । धरैजसो खेलाडी दिनभर जागिर खाने अनि साँझमा क्लबको अभ्यास मैदानमा पुग्थे । लुकासेन आफैँ पनि बैंकमा काम गर्थे । टेन हागचाहिँ काम गर्दैन थिए । किनभने उनको परिवारको आफ्नै व्यापार थियो । र, यही कारण उनलाई पैसाको दुःख थिएन । जसले गर्दा उनी फुटबलमै समर्पित रहन पाउँथे ।

‘हाम्रा लागि पहिलो प्राथमिकता फुटबल नै थियो । पैसा दोस्रो रोजाइ थियो । त्यही भएर होला, हामी फुटबलमा रमाउँथ्यौँ । हामीले सुन्दर सम्झना सँगालेका छौं । जुन पैसाले किन्न सकिँदैन । अहिलेका खेलाडीले यही कुरा भन्न सक्छन् जस्तो लाग्दैन,’ लुकासेन भन्छन् । दोस्रो श्रेणीको लिग च्याम्पियन बनेर एरिडिभिसेमा बढुवा भएपछि भने टेन हाग र उनका साथीहरूको अनुभव सकारात्मक रहेन । किनभने डे ग्राफ्सचाप एरिडिभिसे पुगेकै सिजन रेलिगेसनमा पर्यो ।

म्याकक्लारेनले सन् २००८ मा टेन हागलाई भेटे । त्यतिबेला टेन हाग प्रशिक्षण करियर बनाउन खोज्दै थिए । सन् २००२ मा संन्यास लिएपछि टेन हागको प्रशिक्षक बन्ने प्रयास जारी थियो । त्यसै क्रममा उनी ट्वान्टेमै फ्रेड रुटेनका सहायक बने । रुटेन र उनी मिलेर ट्वान्टेलाई सन् २००७/०८ सिजन एरिडिभिसेमा चौथो बनाएका थिए । तर रुटेन त्यसपछि साल्काको प्रशिक्षक बन्न जर्मनी लागे । रुटेनलाई प्रतिस्थापन गर्न म्याकक्लारेन नेदरल्यान्ड्स पुगेका थिए ।

म्याकक्लारेन ट्वान्टेको प्रशिक्षक बनेपछि उनलाई क्लबका अध्यक्षले आफ्नो सहायकसँग भेट्न भने । म्याकक्लारेन इंग्ल्यान्डबाट कसैलाई पनि नलिई नेदरल्यान्ड्स गएका थिए । यसकारण उनका लागि ट्वान्टेले नै सहायकको व्यवस्था गरिदिएको थियो । र, सहायक थिए टेन हाग ।

म्याकक्लारेनले टेन हागलाई पहिलो दिनको अभ्यास योजनाबारे सोधे । उनलाई टेन हागले पहिलो दिनको अभ्यास योजना मात्रै होइन, पूरै प्रि–सिजनको योजना सुनाए । त्यो पनि विस्तृत रूपमा । ‘कतिसम्म भने ६ सातासम्म चल्ने प्रि–सिजन दौरान हुने अभ्यासमा कतिबेला ब्रेक गर्ने, बे्रकमा खेलाडीलाई के पिउन दिने योजना पनि टेन हागसँग थियो । टिमसँग छलफल गर्न मैले कति समय लिनेसम्मको जानकारी थियो । मैले यति गहिरो तयारी गर्ने अर्का प्रशिक्षक भेटेको छैन,’ म्याकक्लारेन भन्छन् ।

ट्वान्टेले आफ्नो इतिहासमा जम्मा एक पटक मात्रै लिग जितेको छ । उसलाई यस्तो दुर्लभ सफलता दिलाउने प्रशिक्षक अरू कोही नभएर म्याकक्लारेन नै हुन् । ट्वान्टे सन् २००९/१० मा एरिडिभिसे च्याम्पियन बनेको थियो । तर टेन हाग भने ट्वान्टेको यो सफलताको हिस्सा बन्न पाएनन् । किनभने उनी सन् २००९ मा रुटेनसँगै जोडिन पीएसभी आइन्डहोभन गए । टेन हागले म्याकक्लारेनलाई बीचमै छाडे पनि यी दुईबीचको मित्रता कम भएन । गत अक्टोबरमा मात्रै म्याकक्लारेन टेन हागको पाहुना बनेर आयाक्स र पीएसभीबीचको खेल हेर्न नेदरल्यान्ड्स पुगेका थिए ।

सन् २०१३ देखि २०१५ को बीचमा टेन हाग बायर्न म्युनिखको रिजर्भ टिमको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा यो टिम जर्मनीको क्षेत्रीय लिगको विजेता र उपविजेता बनेको थियो । जर्मनी जानुअघि चाहिँ टेन हाग गो अहेड इगल्समा थियो । सन् २०१२/१३ सिजनमा प्रशिक्षकका रूपमा डेब्यु गरेका उनले इगल्सलाई नेदरल्यान्ड्सको पहिलो श्रेणीमा बढुवा गराएका थिए । त्यसपछि बायर्न हुँदै उट्रेट पुगे । उनी दुई सिजन उट्रेटको प्रशिक्षक बन्दा यो टिम एरिडिभिसेमा पाँचौँ र चौथो भएको थियो । उट्रेटमा देखाएको कौशलले टेन हागलाई आयाक्स पुर्यायो । जहाँ उनले लिगसहित कुल पाँच उपाधि जितेका छन् ।

म्याकक्लारेनको बुझाइमा टेन हागको फुटबल दर्शन प्रस्ट छ । क्लब र टिमभित्रको वातावरण, नयाँ तथा युवा खेलाडीको वृत्तिविकासका लागि योजना लगायतका कुरामा पनि टेन हाग गम्भीर रहने म्याकक्लारेन बताउँछन् । ‘उनकै कारण आयाक्समा हाकिम जियसदेखि एन्टोनीसम्मका खेलाडीको प्रदर्शन अब्बल भएको हो । बायर्नमा हुँदा उनले पेप ग्वार्डिओलाको प्रशिक्षण शैलीलाई नजिकबाट नियाले, अध्ययन गरे, सिके अनि तिनलाई आफूमा लागू गरे । उनलाई नेदरल्यान्ड्समा त्यत्तिकै मिनी पेप भनिएको होइन,’ म्याकक्लारेन जिकिर गर्छन् ।

सन् २०१३ देखि २०१५ को बीचमा टेन हाग बायर्न म्युनिखको रिजर्भ टिमको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा यो टिम जर्मनीको क्षेत्रीय लिगको विजेता र उपविजेता बनेको थियो । जर्मनी जानुअघि चाहिँ टेन हाग गो अहेड इगल्समा थियो । सन् २०१२/१३ सिजनमा प्रशिक्षकका रूपमा डेब्यु गरेका उनले इगल्सलाई नेदरल्यान्ड्सको पहिलो श्रेणीमा बढुवा गराएका थिए । त्यसपछि बायर्न हुँदै उट्रेट पुगे । उनी दुई सिजन उट्रेटको प्रशिक्षक बन्दा यो टिम एरिडिभिसेमा पाँचौँ र चौथो भएको थियो । उट्रेटमा देखाएको कौशलले टेन हागलाई आयाक्स पुर्यायो । जहाँ उनले लिगसहित कुल पाँच उपाधि जितेका छन् ।

आउँदो सिजनबाट भने उनले प्रिमियर लिगको यात्रा सुरु गर्नेछन् । जहाँ उनको भेट विश्वका उत्कृष्ट प्रशिक्षकहरूसँग हुनेछ । ओल्ड ट्राफोर्डमा उनी सफल हुने वा नहुने कुरा उनले ग्वार्डिओला, योर्गन क्लोप, थोमस टचेल र एन्टोनियो कोन्टेविरुद्ध निकाल्ने नतिजाले निक्र्योल गर्नेछ ।

युनाइटेडमा पुनर्निर्माणको खाँचो छ । यसको राम्रो प्रदर्शन गरिरहेका खेलाडी राख्ने, बाँकीलाई बेच्ने र सरुवाबजारमा प्रतिभावान् खेलाडी छनोट गर्ने हो । र, यो झन्झटिलो जिम्मेवारी बहन गर्न ग्वार्डिओला वा क्लपको स्तर भएका अरू विश्वस्तरीय प्रशिक्षक युनाइटेड जानेवाला थिएनन् । यसअर्थ टेन हाग युनाइटेडका लागि चतुर रोजाइ हुन् ।

युनाइटेडले भरोसा गरेर अनुबन्ध गरेका कयौं खेलाडी फ्लप साबित भएका छन् । मैदानभित्र लगातार खराब प्रदर्शन गरिरहेका उनीहरू क्लबको आर्थिक बोझ बनिरहेका छन् । पछिल्लो एक दशकमा करिब एक अर्ब पाउन्ड सरुवा बजारमा खर्च गरिसकेको ग्लेजर परिवारलाई युनाइटेडका समर्थकले आक्रोश पोख्न जरुरी छैन । यसको सट्टा खेलाडीको प्रदर्शनतर्फ नजर डुलाउँदा नै राम्रो ।

फर्गुसनले सन्नयास लिएपछि युनाइटेडले निरन्तर प्रशिक्षक परिवर्तन गरिरहेको छ । परिवर्तनका कारण, ती प्रशिक्षकले आशातीत सफलता दिलाउन नसकेर हो । यसो हुनुमा ती प्रशिक्षकको मात्रै गल्ती छैन । बरू क्लबभित्र कयौँ समस्या छन् । सरुवा बजारमा करोडौं पाउन्ड खर्चे पनि लिग वा च्याम्पियन्स लिग असमर्थ छ युनाइटेड । ओल्ड ट्राफोर्ड पुगेपछि टेन हागले सबैभन्दा सुरुमा यसको कारण खोजी गर्नुपर्नेछ ।

युनाइटेडले भरोसा गरेर अनुबन्ध गरेका कयौं खेलाडी फ्लप साबित भएका छन् । मैदानभित्र लगातार खराब प्रदर्शन गरिरहेका उनीहरू क्लबको आर्थिक बोझ बनिरहेका छन् । पछिल्लो एक दशकमा करिब एक अर्ब पाउन्ड सरुवा बजारमा खर्च गरिसकेको ग्लेजर परिवारलाई युनाइटेडका समर्थकले आक्रोश पोख्न जरुरी छैन । यसको सट्टा खेलाडीको प्रदर्शनतर्फ नजर डुलाउँदा नै राम्रो ।

टेन हागलाई पनि पूर्वप्रशिक्षकहरूलाई झैं ठूला बजेट उपलब्ध गराइने छ । उनका रोजाइका खेलाडीहरू अनुबन्ध गरिनेछ । तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ उनलाई सफल हुन पर्याप्त समय दिइने छ कि छैन भन्ने प्रश्न हो । प्रशिक्षकलाई उसले चाहे जति समय दिँदा क्लबलाई कति फाइदा हुन्छ भन्ने प्रमाण लिभरपुल र क्लोप साक्षी छन् ।

क्लोपको तुलनामा टेन हाग सजिलो स्थितिमा छन् । किनभने युनाइटेड लिभरपुल जस्तो सीमित बजेटमा सञ्चालन हुने क्लब होइन । यसकारण टेन हागले माग गरेका खेलाडी ओल्ड ट्राफोर्डमा उपस्थित गराइने छ । कमसेकम प्रयास गरिनेछ । एउटा नभए उस्तै अर्को खेलाडी अनुबन्ध गरिनेछ । लामो समय लिग उपाधि होडमा बलियोसँग सहभागी नभएको युनाइटेडका लागि टेन हाग एक मौका हुन् । जसले आक्रामक फुटबल र सकारात्मक वातावरण भित्र्याउने सामथ्र्य राख्छन् ।

टेन हागलाई के थाहा छ भने उनी विश्वकै ठूलो क्लबमध्ये एकको जिम्मेवारी सम्हाल्दै छन् । युनाइटेडसँग भएको आर्थिक स्रोत र टिमको उपयोग गरेमा टेन हागका लागि नयाँ जागिर ‘इम्पोसिबल जब’ हुने छैन । फेरि यो उनका लागि स्वर्णिम मौका पनि हो, आफूलाई ग्वार्डिओला र क्लोप जस्ता प्रशिक्षकहरूको लाइनमा उभ्याउने । युनाइटेड जस्तो ठूलो क्लबको प्रशिक्षक बन्ने मौका सबैलाई प्राप्त हुँदैन । र, हालको लयले युनाइटेडको विश्वव्यापी ख्याति असर गर्दैन भन्ने तथ्यसँग पनि उनी जानकार हुनुपर्छ ।