आश्विन २९, २०८२ बिहीबार | १७:१०:१०
राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिगको उपाधिका लागि प्ले अफ होला ?

इङ्लिस प्रिमियर लिगमा यस्तो पहिले कहिल्यै भएको थिएन, तर उपाधि छिनोफानोका लागि दुई खेलमात्र बाँकी रहँदा म्यानचेस्टर सिटी र लिभरपुलबीच तीन अंकको दूरी छ । यसले यस सिजनको समापनपछि प्रिमियर लिगको उपाधिका लागि अर्को एक खेलबाट निर्णय हुन सक्ने सम्भावनालाई कायम राखेको छ । कस्तो गज्जबको सम्भावना ।

प्रिमियर लिगमा प्ले अफ हुनको लागि आवश्यक विशेष नतिजामा पुग्नुअघि, अंक तालिकाको लागि प्रिमियर लिगको नियमहरू यस्ता छन् ।

  • यदि दुई टोलीको अंक बराबर भएमा, गोलअन्तर निर्णायक बन्नेछ ।
  • यदि गोलअन्तर बराबर भएमा, जुन टिमले धेरै गोल गरेको छ उही माथि उक्लिने छ ।
  • यदि दुई क्लबबीच अझै पनि कुनै फरक छैन भने, उक्त सिजन लिगमा दुई टोलीबीचको हेड टु हेडमा कम अंक जोड्ने टिम पछाडी झर्नेछ ।
  • यदि हेड टु हेडमा पनि दुवै टोलीको रेकर्ड उस्तै छ भने, जुन क्लबले अवे खेलमा धेरै गोल गरेको छ त्यही क्लब माथि उक्लिने छ ।

यदि माथिका कुनै पनि मापदण्डले दुई टिमलाई छुट्याउन सक्दैन भने, उक्त दुई टोलीले एक तटस्थ मैदानमा प्रिमियर लिग कमिटिले निर्धारण गरेको समय र स्थानमा खेल खेल्नु पर्नेछ ।

प्रिमियर लिगको उपाधिका छिनोफानोका लागि प्लेअफ हुन के हुनुपर्छ ?

सिटी र लिभरपुलले यस सिजन प्रिमियर लिगको दुवै खेलमा २–२ को बराबरी खेलेपछि लिग उपाधिको हेड डु हेडमा भने प्लेअफ हुनसक्ने अकल्पनीय सम्भावनालाई यसले कायम राखेको छ ।

इङ्लिस च्याम्पियनको निर्धारणका लागि प्ले अफमा पुग्न पक्कै पनि नतिजाहरू पनि त्यहीअनुरुपको निस्किन आवश्यक हुन्छ ।

लिभरपुलले साउथह्याम्पटनविरुद्ध खेल्दैछ, जसले मार्चयता तीन खेलमा चार गोल बेहोरेको छ । र, आइतवार वेस्ट ह्यामको यात्राअघि सिटीको सेन्टर ब्याकमा चोटहरू थुप्रिएको छ भन्ने कुरा निकै कमलाई मात्र थाहा छ ।

कसरी सम्भव छ प्ले अफ ?

प्रिमियर लिग उपाधि छिनोफानोको लागि अब दुई खेलमात्र बाँकी छन् । जसमा दुवै टोलीले केही विशेष नतिजाको आत्मसाथ गरेमात्र उपाधिका लागि प्ले अफ हुने सम्भावना छ ।

आइतबार सिटी वेस्ट ह्यामसँग २–० हार्यो भने मंगलबार लिभरपुलले साउथह्याम्टनमाथि ४–० को जित निकाल्नु पर्नेछ ।

यस्तै, सिजनको अन्तिम दिन सिटीले स्टेभेन जेरार्डको एस्टोन भिल्लालाई २–१ ले हराउँदा लिभरपुलले वुल्भ्सलाई २–० ले पराजित गर्नु पर्नेछ ।

प्लेअफ कहाँ हुनेछ ?

प्लेअफ हुने भए उक्त खेल फुटबलको घर वेम्बलीमा हुने अनुमान गरिएको छ । तर, प्रिमियर लिगको दौड त्यो नजितासम्म पुग्न सक्दैन । सायद, कसैले पनि प्रिमियर लिगका ३८ खेलपछि पनि विभाजित हुन नसक्ने नतिजाको बारेमा सोचेका छैनन् ।

तटस्थ स्थानको बारेमा प्रिमियर लिगको नियममा उल्लेख भएजस्तै यसको बारेमा लिग कमिटिले निर्णय गर्नेछ ।

दुवै टोली इङ्ल्यान्डको उत्तर–पश्चिममा आधारित भएकाले प्रिमियर लिगको उपाधि छिनोफानोका लागि हुने प्ले अफ म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुन सक्ने सम्भावना पनि देखाउँछ ।

नतिजा प्ले अफसम्म पुगे यो कहिले हुन्छ ?

इङ्लिस प्रिमियर लिगको समापनपछि उपलब्ध हुने पहिलो सप्ताहन्त मे २८–२९ हो । तर, यस समय लिभरपुल उपलब्ध हुन नसक्ने देखिन्छ । कारण, यसै बेला युरोपियन च्याम्पियन्स लिग फाइनलको लागि लिभरपुलले स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध खेल्नेछ ।

यसले दुवै क्लबहरूको अनुकुलता अनुरुप सम्भाव्य प्ले अफ जुनको पहिलो सप्ताहन्तमा हुन सक्ने देखिन्छ । तर, यो सम्भावना पनि तोकिएको तटस्थ मैदानको उपलब्ध खाली समयमा निर्भर रहनेछ ।