मंसिर ५, २०८२ शुक्रबार | ०३:५६:३७
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन म्यानचेस्टर युनाइटेड

टेन हागसामु पाँच चुनौती

म्यानचेस्टर युनाइटेडले शुक्रबार एरिक टेन हागलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्‍यो । हाल नेदरल्यान्ड्सको आयाक्समा रहेका टेन हागले अर्को सिजनबाट युनाइटेडको प्रशिक्षण सम्हाल्ने छन् । सन् २०१३ मा सर एलेक्स फर्गुसनले संन्यास लिएपछि युनाइटेडले नियुक्त गरेका पाँचौँ प्रशिक्षक बनेका छन् टेन हाग ।

फर्गुसनको बर्हिगमनपछि युनाइटेड अस्थिर बनिरह्यो । सरुवा बजारमा लगातार ठूलो बजेट खर्च गरे पनि युनाइटेडले समर्थकको मन जित्नेगरी खेल्न र उनीहरूको माग बमोजिम इंग्लिस प्रिमियर लिग जित्न सकेको छैन । यस अर्थमा टेन हागको काँधमा युनाइटेडलाई स्थिर टिम र लिगमा म्यानचेस्टर सिटी र लिभरपुल जत्तिकै बलियो बनाउने जिम्मेवारी आएको छ ।

फर्गुसनले जिम्मेवारी त्यागेपछि युनाइटेडले उनको स्थानमा डेविड मोयेजलाई प्रशिक्षक बनाएको थियो । त्यसपछि लुइस भान हाल, जोसे मोउरिन्हो र ओले गनर सोल्सायरले युनाइटेडको प्रशिक्षण जिम्मा लिएका थिए । सोल्सायर बर्खास्तगीमा परेपछि चाहिँ राल्फ राङनिक कामचलाउ प्रशिक्षकका रूपमा कार्यरत छन् । यो सिजन सकिएपछि भने राङनिक फरक भूमिकामा देखिने अपेक्षा गरिएको छ ।

फर्गुसनको बर्हिगमनपछि युनाइटेड अस्थिर बनिरह्यो । सरुवा बजारमा लगातार ठूलो बजेट खर्च गरे पनि युनाइटेडले समर्थकको मन जित्नेगरी खेल्न र उनीहरूको माग बमोजिम इंग्लिस प्रिमियर लिग जित्न सकेको छैन । यस अर्थमा टेन हागको काँधमा युनाइटेडलाई स्थिर टिम र लिगमा म्यानचेस्टर सिटी र लिभरपुल जत्तिकै बलियो बनाउने जिम्मेवारी आएको छ ।

५२ वर्षीय प्रशिक्षक टेन हागलाई युरोपियन फुटबलमा उदीयमान प्रशिक्षकका रूपमा लिइन्छ । आयाक्सलाई दुई पटक लिग जिताएका उनी डच लिगमा प्रमाणित भइसकेका छन् । तर युनाइटेडमा उनले कयौं चुनौती सामना गर्नुपर्नेछ । ती चुनौतीबारे यहाँ चर्चा गरिएको छ ।

सन्देह हटाउने

युनाइटेडले लामो समय माउरिसियो पोचेटिनोलाई पछ्यायो । उनी टोटेनहममै छँदा युनाइटेडको नजर उनीमाथि थियो । युनाइटेडले उनलाई प्रशिक्षक बनाउने इच्छा राख्नुका पछाडि दुई कारण थिए । पहिलो, युवा खेलाडीलाई मौका दिएर आक्रामक फुटबल खेलाउने छवि । दोस्रो, फुटबल निर्देशकसँग मिलेर काम गर्न तयार ।

तर सोल्सायरलाई बर्खास्त गर्ने र पोचेटिनोलाई नियुक्त गर्नेबारे युनाइटेडले निर्णय लिएन । फलतः पोचेटिनो टोटेनहमपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)तर्फ लागे । टेन हागलाई नियुक्त गर्नुका कारण पनि उही हो । पोचेटिनो र टेन हागबीच समानता छन् । यी दुईबीच केही फरक पनि ।

मुख्य फरक त टेन हाग इंग्लिस फुटबलमा पोचेटिनो जस्तो अनुभव बटुलिसकेका प्रशिक्षक होइनन् । त्यसमाथि उनी प्रशिक्षक रहेको डच लिग खेलशैलीका आधारमा इंग्लिस प्रिमियर लिगभन्दा फरक छ । अर्को महत्त्वपूर्ण पक्ष के भने प्रिमियर लिगमा युनाइटेड जत्तिको ठूला क्लबको तालिका अत्यन्तै व्यस्त हुन्छ ।

तमाम चुनौतीका बाबजुत टेन हागले आफू युनाइटेडका लागि उपयुक्त प्रशिक्षक रहेको सन्देश दिन धेरै समय लगाउनु हुँदैन । हुन त यो सन्देश दिन उनका लागि धेरै समय हुने छैन । जुन बेला युनाइटेडको प्रि–सिजन सुरु हुनेछ त्यही बेलादेखि उनको परीक्षा सुरु हुनेछ । युनाइटेड यसपालि प्रि–सिजनका लागि थाइल्यान्ड र अस्टे«लिया जाँदै छ । थाइल्यान्डमा उसले लिभरपुलको सामना गर्ने तालिका छ । प्रि–सिजन चलिरहँदा युनाइटेड सरुवा बजारमा पनि व्यस्त हुनेछ । यसकारण आफ्नो फुटबल दर्शकको मनमा अट्ने खेलाडी अनुबन्ध गर्ने र तिनलाई बाँकी टिमसँग अभ्यस्त गराउने काम टेन हागका लागि चुनौतीपूर्ण रहनेछ । कयौं खेलाडी विश्वकपमा व्यस्त हुनाले टेन हागका लागि नयाँ सिजनको तयारी झनै असजिलो हुनेछ ।

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो युनाइटेडका सबैभन्दा ठूला स्टार हुन् । युनाइटेड फर्किएपछि पहिलो सिजनमा ३७ वर्षीय यी फरवार्डले कुल २१ गोल गरिसकेका छन् । प्रिमियर लिगमा पनि उनी युनाइटेडका उच्च गोलकर्ता हुन् । पाको उमेरमा पनि गरेको गोलसंख्याले उनी युनाइटेडको मुख्य खेलाडी रहेको देखाउँछ ।

तर नयाँ प्रशिक्षक टेन हागले रोनाल्डोलाई कसरी प्रयोग गर्छन् वा उनलाई टिममा राख्छन् कि राख्दैनन् भन्ने प्रस्ट छैन । टिमका कप्तान ह्यारी मगायरसँग सम्बन्ध राम्रो नरहेकाले पनि रोनाल्डोको युनाइटेड भविष्य अन्योल नै छ । यसकारण रोनाल्डोबारे उचित निर्णय लिनु टेन हागका लागि अर्को चुनौती हो ।

सम्झौता सकिन लागेका खेलाडी

युनाइटेडका कमसेकम १० खेलाडीको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदै छ । यो सूचीमा पाउल पोग्बा, जेसी लिङ्गार्ड, एडिन्सन काभानी, हुँवा माटालगायतका खेलाडी छन् । गोलरक्षक डिन हेन्डरसन, एरिक बाई, मार्कस रसफोर्ड जस्ता खेलाडी पनि युनाइटेड छाड्न चाहन्छन् भन्ने खबर आइरहेका छन् ।

हाल लोनमा रहेका एन्थोनी मार्सियल, डोनी भान डी बिक र ब्राडन विलियम्सको भविष्य पनि अन्योलमै छ । उता एमाद दियालो जो हाल रेन्जर्समा छन् । उनी पनि युनाइटेडमा रहने वा नरहने टुंगो छैन । यहाँ उल्लेख गरिएबाहेकका खेलाडीले पनि युनाइटेड छाड्ने सम्भावना छ ।

समर्थकको विश्वास

युनाइटेडलाई यो सिजन शीर्ष चारमा पर्न निकै गाह्रो छ । यसकारण आउँदो सिजन टेन हागको प्राथमिक लक्ष्य ओल्ड ट्राफोर्डमा च्याम्पियन्स लिग फर्काउने हुनेछ । त्यसबाहेक घरेलु कप जिते उनी पहिलो सिजनमै सफल भएको मानिने छ ।

युनाइटेडले सन् २०१७ यता कुनै पनि उपाधि जितेको छैन । उसले पछिल्लो पटक जितेको प्रतियोगिता युरोपा लिग हो । सन् २०१२/१३ मा प्रिमियर लिग च्याम्पियन बनेयता युनाइटेड चार पटक मात्रै शीर्ष चारमा पर्न सकेको छ । लिग वा च्याम्पियन्स लिग जित्ने लक्ष्य बोक्नुअघि युनाइटेडले आफ्नो धरातल बलियो बनाउनुपर्नेछ । यसका लागि टेन हाग उपर्युक्त प्रशिक्षकका रूपमा दरिन सक्छन् । तर उनलाई पर्याप्त समय चाहिने छ ।

कुनै समय लिगमा दोस्रो हुनुलाई असफलता ठान्ने युनाइटेडलाई फेरि बलियो बनाउने जिम्मेवारी पाएका टेन हागले समयचाहिँ पुग्दो पाउँछन् कि पाउँदैनन्, अनुमान गर्न सजिलो छैन । यसकारण उनले सुरुआती समयमै समर्थक र क्लब मालिकलाई ढुक्क बनाउने किसिमको नतिजा दिन आवश्यक छ ।

खेलाडी खरिद

फर्गुसनले छाडेपछि युनाइटेडमा देखिएको अर्को समस्या हो, खेलाडी खरिद प्रक्रिया । प्रशिक्षक र क्लब प्रशासनबीच खेलाडी खरिदका विषयमा संयोजनको अभाव देखिँदै आएको छ । फेरि खरिद गरिएका धेरै जसो खेलाडी युनाइटेडमा असफल भएका छन् ।

युनाइटेडले सन् २०१६ यता रक्षापंक्तिमा मात्रै १८ करोड अमेरिकी डलर खर्च गरिसकेको छ । तर युनाइटेडमा नयाँ रक्षक आवश्यक रहेको बताइँदै छ अनि नयाँ स्ट्राइकर, विंगरको माग त छँदै छ । खरिद गर्नुपर्ने खेलाडीको सूची लामो छ । योभन्दा मुख्य कुराचाहिँ क्लब प्रशासन र नयाँ प्रशिक्षकबीच नयाँ खेलाडी पहिचान र खरिद गर्दा कत्तिको सहकार्य हुन्छ भन्ने हो ।

सुरुका सिजनमा समर्थकको विश्वास जितेका मगायर र आरोन वान बिसाका हाल गतिलो प्रदर्शन गर्नमै संघर्षरत छन् । लिभरपुलसँग हारेपछि अहिलेका प्रशिक्षक राङनिकले युनाइटेडमा नयाँ खेलाडीहरू आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । सिटी र लिभरपुलको स्तरमा पुग्न यनाइटेडलाई चार नयाँ खेलाडीले पनि नपुग्ने उनको भनाइ थियो ।

युनाइटेडले सन् २०१६ यता रक्षापंक्तिमा मात्रै १८ करोड अमेरिकी डलर खर्च गरिसकेको छ । तर युनाइटेडमा नयाँ रक्षक आवश्यक रहेको बताइँदै छ अनि नयाँ स्ट्राइकर, विंगरको माग त छँदै छ । खरिद गर्नुपर्ने खेलाडीको सूची लामो छ । योभन्दा मुख्य कुराचाहिँ क्लब प्रशासन र नयाँ प्रशिक्षकबीच नयाँ खेलाडी पहिचान र खरिद गर्दा कत्तिको सहकार्य हुन्छ भन्ने हो ।