‘लजालु केटो’ बेन्जेमाको फुटबल जादु

करिम बेन्जेमा र जिनेदिन जिदानबीच केही समानता छन् । दुवैले फ्रान्सको राष्ट्रिय टिम र रियाल मड्रिडका लागि खेलेका छन् । बेन्जेमा त अहिले पनि दुवै टिमबाट खेलिरहेका छन् । यीबाहेक अर्को समानाता हो अल्जेरिया । जिदानका मातापिता अल्जेरियाबाट फ्रान्स पुगेका थिए । बेन्जेमाको हकमा चाहिँ अल्जेरियन पिता हुन् ।

हुन त फ्रान्समा अल्जेरियाली मूलका खेलाडीको सूचीमा जिदान र बेन्जेमामात्रै छैनन् । खेल कौशलका कारण कुनै बेला जिदानसँग तुलना हुने सामिर नासरीका मातापिता पनि अल्जेरियाकै हुन् । जेहोस्, फ्रान्स र अल्जेरियाको गहिरो नाता छ । किनभने अल्जेरियामा सन् १८३० देखि १९६२ सम्म फ्रान्सको शासन चल्थ्यो ।

बेन्जेमाको बाल्यकाल टेराइलोनमा बित्यो । त्यो ठाउँमा प्राय: शरणार्थीको बसोबास थियो । असाध्यै कम कमाइ गर्ने मानिस यहाँ बस्थे । त्यहाँ फ्रान्सेली सरकारले शरणार्थीका लागि अपार्टमेन्ट बनाइदिएको थियो । १५ तलासम्मका ती अपार्टमेन्टमा अल्जेरियाबाट पुगेका शरणार्थीलाई राखिएको थियो । हुन त फ्रान्सेली सरकारले सबै अल्जेरियालीलाई नागरिकता बाँडेको थियो । तर उनीहरूलाई त्यहाँको फ्रान्सेली समाजले अपनाउन आनाकानी गरिरह्यो ।

अल्जेरिया स्वतन्त्र भएपछि पनि फ्रान्ससँगको सम्बन्ध कायमै रहने भयो । फलत: हजारौं अल्जेरियाली युवा रोजगारी र अध्ययनका लागि फ्रान्स पुगे । उतै घरबार जमाए । बेन्जेमाका पिताले लियोन सहरलाई आफ्नो घर माने । त्यही बेन्जेमाकी मातालाई भेटे ।

बेन्जेमाको बाल्यकाल टेराइलोनमा बित्यो । त्यो ठाउँमा प्राय: शरणार्थीको बसोबास थियो । असाध्यै कम कमाइ गर्ने मानिस त्यहाँ बस्थे । त्यहाँ फ्रान्सेली सरकारले शरणार्थीका लागि अपार्टमेन्ट बनाइदिएको थियो । १५ तलासम्मका ती अपार्टमेन्टमा अल्जेरियाबाट पुगेका शरणार्थीलाई राखिएको थियो । हुन त फ्रान्सेली सरकारले सबै अल्जेरियालीलाई नागरिकता बाँडेको थियो । तर उनीहरूलाई त्यहाँको फ्रान्सेली समाजले अपनाउन आनाकानी गरिरह्यो ।

६ दाजुदिदीमुनिका बेन्जेमाको फुटबल सिकाइ टेराइलोनका गल्लीबाट सुरु भयो । जब बेन्जेमा गल्लीमा हुँदैन थिए, तब उनी घरभित्र हुन्थे । र, घरभित्रै पनि उनी फुटबल अभ्यास गरिरहेको भेटिन्थे । बेन्जेमाको यस्तो व्यवहारले आमा दिक्क मान्थिन् । तर बेन्जेमाका बुवाचाहिँ छोराको चालचलनले खुसी नै थिए । उनी सोच्थे, ‘छोरा कमसेकम घरबाहिरको खराब संगतमा त छैन नि ।’

बेन्जेमा बाल्यकालमा केही मोटो थिए । लजालु स्वभाव र मोटोपनका कारण उनले फुटबलमा साह्रै लामो यात्रा नगर्लान भन्ने सोच्थे उनका पिता । तर बेन्जेमाले ८ वर्षकै उमेरमा स्थानीय एससी ब्रोनामा अभ्यास सुरु गर्ने मौका पाए । साथीभाइ र प्रशिक्षकहरूले ‘कोको’ नामले बोलाउने बेन्जेमाले यु–१० को एक प्रतियोगितामा लियोनविरुद्ध दुई गोल गरे । त्यसपछि त लियोनले बेन्जेमालाई स्काउट गर्न सुरु गरिहाल्यो ।

साँच्चैभन्दा बेन्जेमा लियोनको कर्फ्युमा थिए । तर लियोनको उद्देश्य खराब थिएन, ऊ चाहन्थ्यो बेन्जेमा फुटबलमा केन्द्रित होउन् । यस्तो रणनीतिले बेन्जेमालाई नै फाइदा पुर्यायो । उनले यु–१६ का प्रतियोगितामा लियोनका लागि ३८ गोल गरेका थिए । जब उनी एकेडेमीका लागि खेलिरहेका हुँदैनथिए, त्यतिबेला उनी सिनियर टिम खेलिरहेको ठाउँमा हुन्थे । जहाँ उनको भूमिका बलब्वाइको हुन्थ्यो । जेहोस्, बेन्जेमाको अधिकांश समय मैदानमै बित्थ्यो ।

एक वर्षपछि बेन्जेमा लियोनको एकेडेमी पुगे । सहरकै सबैभन्दा ठूलो क्लब पुगेपछि बेन्जेमाको स्टार बन्ने प्रक्रिया सुरु भयो । बेन्जेमा जुन सामाजिक पृष्ठभूमिबाट आएका थिए, त्यसबारे लियोन जानकार थियो । त्यसैकारण लियोन बेन्जेमाका हुर्काइलाई लिएर संवेदनशील थियो । बेन्जेमा बाहिरी संगतमा नफसुन् भनेर लियोनले उनलाई बोर्डिङमा राखिदियो ।

साँच्चैभन्दा बेन्जेमा लियोनको कर्फ्युमा थिए । तर लियोनको उद्देश्य खराब थिएन, ऊ चाहन्थ्यो बेन्जेमा फुटबलमा केन्द्रित होउन् । यस्तो रणनीतिले बेन्जेमालाई नै फाइदा पुर्यायो । उनले यु–१६ का प्रतियोगितामा लियोनका लागि ३८ गोल गरेका थिए । जब उनी एकेडेमीका लागि खेलिरहेका हुँदैनथिए, त्यतिबेला उनी सिनियर टिम खेलिरहेको ठाउँमा हुन्थे । जहाँ उनको भूमिका बलब्वाइको हुन्थ्यो । जेहोस्, बेन्जेमाको अधिकांश समय मैदानमै बित्थ्यो ।

सन् २००४–०५ सिजनअघि बेन्जेमा बढुवा भए । अब उनी लियोनको रिजर्भ टिमको खेलाडीका रूपमा दर्ता भए । त्यहाँ उनले १० गोल गरेपछि सिनियर टिमका प्रशिक्षक पाउल ले गुएनको नजरमा परे । त्यसपछि उनी तुरुन्तै सिनियर टिममा तानिए ।

लियोनको सिनियर टिम त्यसबेला माइकल इसियन, फ्लोरेन्ट मलुडा, एरिक एबिदाल र सिल्भियन विलटोर्ड जस्ता स्टारले भरिएको थियो । यिनै खेलाडीका अगाडि किशोर बेन्जेमा आफ्नो परिचय दिन उभिए । ‘बेबी फेस’ भएका बेन्जेमाको कुरा सुनेपछि त्यहाँ भएका सिनियर खेलाडीले ठट्टा गर्ने नै भए । त्यसपछि बेन्जेमाले त्यहाँ भनिदिए, ‘नहाँस, म तिमीहरूको ठाउँ खोस्न यहाँ आएको हुँ ।’

बेन्जेमाले जनवरी, २००५ मा सिनियर टिमका लागि डेब्यु गरे । मेजविरुद्धको त्यो खेलमा बेन्जेमालाई दोस्रो हाफमा मैदान छिराइयो । पहिलो खेलमै बेन्जेमाले एसिस्ट दर्ता गरे । खेल अन्नत: लियोनले २–० ले जित्यो । सिनियर टिमको यात्रा सुरु गरेका बेन्जेमालाई लियोनले तत्कालै तीनवर्षे व्यावसायिक सम्झौता प्रस्ताव गर्यो । त्यसवापत बेन्जेमाको परिवारले जीवनकै सबैभन्दा भारी चेक प्राप्त गर्यो ।

सन् २००७/०८ सिजन सुरु हुनुअघि मलुडा, एबिदाल र विलफोर्ड जस्ता खेलाडीले लियोन छाड्ने भए । मलुडाले लगाउने गरेको १० नम्बर जर्सी अब बेन्जेमाले पाए । त्यति मात्रै होइन, बेन्जेमा लियोनको प्रमुख स्ट्राइकर बने । पाँच पटकको फ्रेन्च च्याम्पियनमा किशोर उमेरका खेलाडी प्रमुख स्ट्राइकर बन्नु चानचुने कुरा थिएन ।

सिनियर टिमबाट दुई सिजन खेलेपछि १८ वर्षीय बेन्जेमाले क्लबको बोर्डिङबाट बल्ल बाहिर निस्किन पाए । त्यसपछि बेन्जेमा लियोन सहरमा बसेनन् । बरू ब्रोनमा रहेको घरबाट आउजाउ गर्न थाले । उनलाई बाल्यकालका साथीहरूको संगतबाट टाढा हुनु थिएन । बेन्जेमाको यो निर्णयका कारण लियोनलाई चिन्ता थियो, कतै यत्तिका प्रतिभावान खेलाडीको बिग्रने त होइनन् ।

सन् २००७/०८ सिजन सुरु हुनुअघि मलुडा, एबिदाल र विलफोर्ड जस्ता खेलाडीले लियोन छाड्ने भए । मलुडाले लगाउने गरेको १० नम्बर जर्सी अब बेन्जेमाले पाए । त्यति मात्रै होइन, बेन्जेमा लियोनको प्रमुख स्ट्राइकर बने । पाँच पटकको फ्रेन्च च्याम्पियनमा किशोर उमेरका खेलाडी प्रमुख स्ट्राइकर बन्नु चानचुने कुरा थिएन ।

बेन्जेमाले त्यस सिजन कमालको प्रदर्शन गरे । कुल ५१ खेल खेल्दा ३१ गोल गरे । लिगमा मात्रै उनले २० गोल गरे । उनकै निर्णायक प्रदर्शनमा लियोनले पहिलो पटक लिग र घरेलु कप जित्यो । बेन्जेमा आफैं पनि लिगको सर्वोत्कृष्ट खेलाडी चुनिए । यही प्रदर्शनको मद्दतमा उनी बालन डी’अर अवार्डको प्रारम्भिक सूचीमा पनि परे ।

बेन्जेमाको प्रतिभाको चर्चा अब फ्रान्सबाहिर पनि हुन थाल्यो । बार्सिलोनाका तत्कालीन निर्देशक टिकी बेगिरिस्टेन त लियोन नै पुगे । बेन्जेमाको सम्भावित स्थानान्तरणका लागि छलफल गरे । लियोनका मालिक माइकल औलससँग स्थानान्तरण रकमबारे सहमति भयो । यी युवा स्ट्राइकरका लागि बेगिरिस्टेन तीन करोड युरो तिर्न तयार भए । तर बेगिरिस्टेनको निर्णयप्रति बार्सिलोनाको नेतृत्वमा रहेका केही सहमत भएनन् । उनीहरूको तर्क थियो, ‘बेन्जेमा निकोलस एनेल्का जस्तै लजालु छन् । एनेल्का रियाल मड्रिडमा भिज्न सकेनन्, बेन्जेमालाई पनि बार्सिलोनामा सजिलो हुने छैन ।’

बेगिरिस्टेनलाई बेन्जेमाको पुष्ठभूमिबारे बुभ्न ब्रोन जान भनियो । ब्रोनमा बेन्जेमा जसरी साथीभाइसँग हिँडडुल गर्थे, त्यसले बेगिरिस्टेनमा शंका उत्पन्न गरायो । त्यसपछि बेगिरिस्टेन पनि निर्क्योलमा पुगे, बेन्जेमा बार्सिलोनाका लागि उपयुक्त खेलाडी होइनन् । फलत: बेन्जेमाको बार्सिलोनातर्फको सम्भावित स्थान्तरणको योजना तुहियो । त्यसको एक वर्षपछि स्पेनकै अर्को ठूलो क्लब बेन्जेमाको घरमा पुग्यो । त्यहाँ रियालका अध्यक्ष फ्लोरिन्टनो पेरेजले प्रस्ताव राखे, ‘हामी बेन्जेमालाई मड्रिड लान चाहन्छौं ।’

रियालले साढे तीन करोड युरो तिरेर आफ्नो बनाएका युवा स्ट्राइकरलाई जर्सी पनि चल्तीकै दियो । अब आर्यन रोबेनले लगाएको ११ नम्बरको जर्सी बेन्जेमाले भिर्ने भए । बार्सिलोनालाई पेप ग्वार्डिओलाले एक पछि अर्को उपाधि जिताइरहेपछि पेरेजलाई रन्काह छुटेको थियो । झोकी पेरेजले रियालकै इतिहासमा सर्वाधिक खर्च गरे । र, एक सय एक स्टार भित्र्याए । अनुबन्ध गरिएकाहरुमध्ये बेन्जेमा मात्रै यस्ता खेलाडी थिए जो रियल जस्तो क्लबका लागि पूर्णरुपमा स्टार कहलिने स्थितिमा थिएनन् ।

जुलाई, २००९ मा बेन्जेमा रियालसँग आबद्ध भए । सान्टियागो बेर्नाबेउमा करिब २० हजार रियल समर्थक बेन्जेमाको प्रतीक्षामा थिए । नयाँ सिजनका लागि बेन्जेमाअघि तीन खेलाडीलाई घरेलु समर्थकसामु प्रस्तुत गरिसकिएको थियो । ती खेलाडी थिए काका, राउल अलबियोल र क्रिस्टियानो रोनाल्डो । स्टार खेलाडीले भरिएको रियालमा बेन्जेमाले कति नम्बरको जर्सी पाउने हुन् टुंगो थिएन । नम्बरविनाको जर्सी लगाएर समर्थकको भीड सम्बोधन गरेका बेन्जेमाले भने, ‘मेरा दुई आइडल जिदान र रोनाल्डोले खेलेको क्लबमा आबद्ध हुन पाउँदा म खुसी छु । यो मौकाका लागि पेरेजलाई धन्यवाद दिन चाहन्छु ।’

रियालले साढे तीन करोड युरो तिरेर आफ्नो बनाएको युवा स्ट्राइकरलाई जर्सी पनि चल्तीकै दियो । अब आर्यन रोबेनले लगाएको ११ नम्बरको जर्सी बेन्जेमाले भिर्ने भए । बार्सिलोनालाई पेप ग्वार्डिओलाले एक पछि अर्को उपाधि जिताइरहेपछि पेरेजलाई रन्काह छुटेको थियो । झोकी पेरेजले रियालकै इतिहासमा सर्वाधिक खर्च गरे । र, एक सय एक स्टार भित्र्याए । अनुबन्ध गरिएकाहरुमध्ये बेन्जेमा मात्रै यस्ता खेलाडी थिए जो रियाल जस्तो क्लबका लागि पूर्णरुपमा स्टार कहलिने स्थितिमा थिएनन् ।

बेन्जेमाका लागि रियाल करियरको सुरुआत सजिलो भने भएन । त्यसबेलाका प्रशिक्षक म्यानुएल पेलेग्रिनीले गोन्जालो हिगुवाइन्लाई प्रमुख स्ट्राइकर बनाएका थिए । फेरि बेन्जेमालाई भाषाको पनि समस्या पनि थियो । स्पेनिस भाषा राम्रोसँग सिक्न नसकिरहेकाले पनि बेन्जेमाको आलोचना भइरहेको थियो ।

सरुवा बजारमा ३० करोड युरो खर्च गरेर खेलाडी थपे पनि रियालले २००९–१० सिजन लिग जित्न सकेन । ९६ अंक र एक सय दुई गोलका बाबजुद पनि रियाल दोस्रो भयो । च्याम्पियन बार्सिलोनाले रियालकोे भन्दा तीन अंक बढी बटुल्यो । उपाधिविहीन बनेको रियालका लागि हिगुवाइन्ले २७ लिग गोल गरे । उता बेन्जेमा भने बेन्चमै सीमित रहे ।

त्यसैबीच बेन्जेमा मैदानबाहिरको घटनाका कारण विवादमा परे । फ्रान्स राष्ट्रिय टिमका अन्य तीन खेलाडीसँग उनी बलात्कारको मुद्दामा तानिए । त्यही कारण उनी विश्वकप २०१० का लागि फ्रान्सको टिममा परेनन् । आफ्नो करियरलाई एक कदम अगाडि पुर्याउने लक्ष्यका साथ लियोन छाडेका बेन्जेमा एकाएक गहिरो दहमा फसे ।

त्यत्तिकैमा रियालमा प्रशिक्षक परिवर्तन गरियो । पेलिग्रिनीको स्थान जोजे माउरिन्होले लिए । ‘तपाईंसँग कुकुर छैन भने बिरोलोलाई लिएर शिकारमा निस्कनुस् । बिरालोको सहयोगमा कम जनवारको शिकार गरिएला, तर शिकार चाहिँ गरिन्छ नै,’ पहिलो पत्रकार सम्मेलनमा माउरिन्होले भनेका थिए । माउरिन्होको कुरा सुनेर बेन्जेमा आक्रोशित बने । किनभने त्यतिबेला हिगुवाइन् घाइते थिए । यसकारण बेन्जेमाले माउरिन्होले आफूलाई होच्याएको हो भनेर बुझे ।

त्यसपछि बेन्जेमा र माउरिन्होबीच एक घण्टा लामो कुराकानी भयो । त्यसबेलाको कुरानकाीबारे बेन्जेमाले क्यानल प्लससँगको अन्तरवार्तामा खुलाएका छन्, ‘मैले माउरिन्होलाई प्रष्ट भनिदिएँ, यदि मेरो मजाक उडायौँ भने म तिमीलाई त्यत्तिकै छाड्दिनँ ।’ 

सुरुआत जे जस्तो भए पनि बेन्जेमालाई माउरिन्होले मौका दिए । बेन्जेमाले त्यो सिजन सबै प्रतियोगितामा गरि २६ गोल गरे । रियालले माउरिन्होको प्रशिक्षणमा पहिलो उपाधि (कोपा डेल रे) पनि जित्यो । बेन्जेमाले आफूमा सुधार ल्याउन जिदानको पनि सहयोग लिए । जिदान त्यसबेला रियालको उमेहर समूहका टिमको प्रशिक्षक थिए । बेन्जेमा कतिसम्म प्रतिबद्ध थिए भने, उनी आतिरिक्त अभ्यासका लागि इटाली पनि गए । जसकारण उनले आफ्नो वजन घटाए ।

बेन्जेमाले मेहेनतको फल त प्राप्त गर्नु नै थियो । २०११–१२ सिजनमा उनले कुल ३२ गोल गरे भने १९ अस्सिट दर्ता गरे । त्यस सिजन रियालले लिग पनि जित्यो । त्यसपछिका सिजनमा उनी रियालको मुख्य स्ट्राइकरका रुपमा स्थापित हुँदै गए । यद्यपि बेन्जेमाको गोल गर्ने क्षमतामाथि भने बहस हुन छाडेन । प्रत्येक सिजन रोनाल्डो रियालको उच्च गोलकर्ता बन्दा बेन्जेमाले किन धेरै गोल गर्न नसकेको भन्ने प्रश्न उठ्ने गर्थ्यो । तर उनका आलोचकहरु एउटा तथ्य बुझ्न इन्कार गर्थे, रोनाल्डोले त्यत्तिको मात्रामा गोल गर्नुमा बेन्जेमाको प्लमेकिङ क्षमताको भूमिका अहम थियो ।

बढ्दो उमेरका कारण रोनाल्डो बढीजसो सेन्ट्रल स्ट्राइकरको स्थान ओगट्थे । जसले गर्दा बेन्जेमा नम्बर १० को भूमिकामा खेल्न बाध्य हुन्थे । त्यसबेला आफ्नो स्वाभाविक स्थान गुमाएका बेन्जेमा प्लेमेकरकै भूमिकामा रहिरहे । २०१६–१७ मा रियालले लिग जित्दा बेन्जेमाले अरुले भन्दा बढी गोलको मौका सिर्जना गरेका थिए भने पासिङ एक्युरेसी र ड्रिब्लिङमा उनी रोनाल्डोभन्दा अगाडि देखिए ।

पछिल्लो समय लियोनल मेस्सी र रोनाल्डोको लय खस्किँदो छ । बढ्दो उमेर र नयाँ टिमहरुमा उनीहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् । यस्तोमा विश्वका सर्वोत्कृष्ट खेलाडी को ? भन्ने बहस उब्जिएको छ । लिभरपुलका मोहम्मद सलाह, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की यो बहसको केन्द्रमा छन् । तर यि खेलाडीहरुलाई कडा टक्कर दिइरहेका छन्, बन्जेमाले । यो सिजन त बेन्जेमाको प्रदर्शन कसैले भेट्ने खालको छैन । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न रियलले १० खेल खेलेको छ ।

रोनाल्डोको अनुपस्थितिमा बेन्जेमा रियलका ‘रियल लिडर’ बनेका छन् । झट्ट हेर्दा उनले रोनाल्डो जति गोल गर्न सकेका छैनन् । तर टिममा उनको प्रभाव गहिरो छ । २०१९–२० सिजन रियल च्याम्पियन बन्दा बेन्जेमाले गरेको २१ गोलको महत्व विशाल थियो ।

पछिल्लो समय लियोनल मेस्सी र रोनाल्डोको लय खस्किँदो छ । बढ्दो उमेर र नयाँ टिमहरुमा उनीहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् । यस्तोमा विश्वका सर्वोत्कृष्ट खेलाडी को ? भन्ने बहस उब्जिएको छ । लिभरपुलका मोहम्मद सलाह, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की यो बहसको केन्द्रमा छन् । तर यि खेलाडीहरुलाई कडा टक्कर दिइरहेका छन्, बन्जेमाले । यो सिजन त बेन्जेमाको प्रदर्शन कसैले भेट्ने खालको छैन । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न रियलले १० खेल खेलेको छ ।

तीमध्ये सात खेलमा बेन्जेमाले गोल गरेका छन् । रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–२ ले पन्छाउँदा बेन्जेमाले स्पेनी टिमका सबै गोल बेन्जेमाले गरे । उनको लय यतिमै राकिएको छैन । क्वार्टरफाइनलमा चेल्सीमाथि ५–४ को जित दर्ता गर्दा त झन् बेन्जेमाले चार गोल गरे । च्याम्पियन्स लिगको नकआउट खेलमा लगातार ह्याट्रिक गर्ने कीर्तिमान यसअघि रोनाल्डोको नाममा थियो । च्याम्पियन्स लिगको इतिहासमा यो उपलब्धि यी दुई खेलाडीले मात्र प्राप्त गरेका छन् ।

दोस्रो लेगमा तीन गोलले पछि परेको अवस्थामा लगातार दुई गोल गर्दै चेल्सीविरुद्ध समग्र नतिजा आफ्नो पक्षमा पारेपछि कार्लो एनसिलोट्टीले बेन्जेमाको तारिफ गर्न बिर्सिएनन् । ‘उनी स्ट्राइकर मात्र होइनन्,’ एनसिलोट्टीको संकेत बेन्जेमाको प्लेमेकिङ क्षमतातर्फ पनि थियो । यो टिप्पणीपछि एनसिलोट्टी पनि नयाँ बहसमा मिसिएका छन् । जसको शीर्षक हो, बेन्जेमा फगत स्ट्राइकर मात्र होइनन्, उनी त ‘कम्पलिट’ खेलाडी हुन् ।

बेन्जेमाले रियालमा कुल २० उपाधि जितिसकेका छन् । तर उपाधि संख्याकै भरमा मात्रै चाहिँ उनको तारिफ गरिनु हुँदैन । उनको खेल कौशल र नेतृत्वदायी भूमिकाको पनि मूल्यांकन हुनुपर्छ । पछिल्लो एक दशक बेन्जेमाले जसरी खेलेका छन्, त्यसले उनलाई निश्चय पनि युरोपेली फुटबलका उत्कष्ट खलाडीहरुको सूचीमा राख्छ नै । रियालमा नौ वर्ष रोनाल्डोसँग खेल्दा फुटबल समर्थकले उनको खेलमा जति ध्यान दिनु पर्ने हो, त्यति ध्यान नदिएको पक्का हो । तर रोनाल्डोविहीन रियालमा सबैभन्दा ठूला गालाक्टिकोस ३४ वर्षिय बेन्जेमा नै हुन् ।

यो सिजन बेन्जेमाले ३८ खेलमा ३८ गोल गरिसकेका छन् । लिगको तथ्यांकको मात्रै कुरा गर्ने हो भने, २७ खेलमा २४ गोल अनि ११ असिस्ट । यी त देखिने तथ्यांक भए । सजिलै नदेखिने योगदान दिनमा पनि बेन्जेमा अगाडि नै छन् । त्यो योगदान भनेको, रियालका युवा फरवार्डहरुको वृत्तिविकासमा उनले गरिरहेको सहयोग हो । आज भिनिसियस जुनियरले जसरी खेलिरहेका छन्, त्यसमा बेन्जेमाको मार्गदर्शनको भूमिक अहम छ ।

नोभेम्बर, २०१७ मा बेन्जेमाले रोचक अभिव्यक्ति दिएका थिए । ‘रियालमा मसँगै खेल्ने अर्का खेलाडीले ५० गोल गर्छन् । उनको भूमिका गोल गर्नेको भएपछि मैले आफ्नो खेल्ने शैली स्वत परिवर्तन गर्नुपर्छ । लियोनमा म जसरी खेल्थे, त्यसरी नै रियालमा खेल्न सक्दिनँ । फरक भूमिकामा चित्त बुझाउनु परे पनि म उपाधि जितिरहेको छु । त्यसमा मैले सन्तोक मान्नुपर्छ,’ बेन्जेमाले भनेका थिए ।

संयोग नै मान्नुपर्छ, बेन्जेमाले यस्तो भनेको केही समयपछि रोनाल्डो रियालबाट युभेन्टसतर्फ लागे । रोनाल्डोको बर्हिगमनपछि रियालको अग्रपंक्ति कमजोर होला कि भन्ने शंका उत्पन्न भयो । फेरि त्यसबेला ग्यारेथ बेल खराब लयमा थिए । अलिहेका स्टार भिनिसियसको उमेर जम्मा १८ वर्ष थियो । एडेन हाजार्ड बेर्नाबेउ पुगेकै थिएनन् । यस्तोमा रियालको अग्रपंक्तिको भार बेन्जेमा एक्लैले उठाए । त्यसयता रियालका लागि बेन्जेमा नै गोलको मुख्य स्रोत हुन् । भलै हाजार्ड जस्ता खेलाडीमाथि रियालले ठूलो रकम खर्च गरेको होस् । बेन्जेमा पर्याप्त गोल गरिरहेका छन्, त्यो पनि महत्वपूर्ण खेलहरुमा ।

कुनै समय रियालका लागि खेलेका एन्टोनियो कासानोले रोनाल्डोले रियालमा गरेको प्रदर्शन बेन्जेमाबिना असम्भव भएको टिप्पणी गरेका छन् । ‘गोल र उपाधिको महत्व सबै खेलाडीका लागि छ । रोनाल्डोले रियालमा अत्याधिक गोल गरे, उपाधि जिते । तर सबैभन्दा महत्वपूर्ण कुरा, उनले बेन्जेमाको साथ पाए । यसकारण रोनाल्डोले प्रत्येक विहानी बेन्जेमालाई सम्झिनुपर्छ,’ कासानोले भनेको छन् ।

यसपटक बेन्जेमाले बालन डी अर जित्नुपर्छ भन्नेको संख्या कम छैन । यसो भन्नेमा सूचीमा रोनाल्डो पनि छन् । बेन्जेमाका आइडल रोनाल्डोले भनेका छन्, ‘म विगत चार वर्षदेखि भन्दै आइरहेको छु, बेन्जेमा बालन डी अरका हकदार हुन् ।’ उसो त बन्जेमाको बालन डी अर सम्भावनाबारे अहिल्यै केही भन्न सकिने अवस्था छैन । किनभने च्याम्पियन्स लिग सकिएको छैन । अनि विश्वकप जस्तो मञ्चमा उनको प्रदर्शन कस्तो रहन्छ, त्यो पनि हेर्न बाँकी छ । तर यो ट्रफी नजिते पनि बेन्जेमाको स्थान विश्वका महान् खेलाडीहरुको सूचीमा दर्ज भइसकेको छ ।