रंगशाला काण्ड

रंगशाला काण्ड सम्झिँदा अझै आँसु आउँछ

  • अनिल रुपाखेती (तल्कालीन जचुकालि खेलाडी)

फागुन २९ गतेको दिन थियो, त्यो । दिउँसो २ बजे खेल सुरु हुने भनेर हामी १ बजे नै होटलबाट निस्कियौं । भोटेबहालको कालीगण्डकी लाउन्जमा बसेका थियौं । त्रिपुरेश्वरबाट अलि अगाडि रंगशालाभन्दा माथि... सुन्धाराको पछाडिपट्टि थियो त्यो होटल । ‘वाकिङ डिस्ट्यान्स’मै भएकाले हामी हिँडेरै ओहोरदोहोर गथ्र्यौं ।

मौसम सफा नै थियो, खेलका लागि वार्मअप गरेपछि हामी ड्रेसिङ रूममा छिर्यौं । १९ मिनेट जतिको खेल भएको थियो । उनीहरू (बंगलादेशको मुक्तिजोद्धा क्लब) ले १७–१८ मिनेट जतिमा गोल हानेको थियो । हामी सबै टोलीलाई जित्दै फाइनलमा पुगेको भएर त्यो गोलको दबाब लिएका थिएनौं । जित्छौं भन्नेमा विश्वस्त थियौं । सेमिफाइनलमा नेपालकै आरएनएसीलाई हराएकाले पनि हाम्रो मनोबल उच्च थियो ।

त्यतिबेला हामी (जनकपुर चुरोट कारखानालाई कुनै टोलीसँग डर लाग्दैन थियो । उनीहरूले गोल गरिसकेपछि उत्तरतिर बादल लाग्यो... कालो.. बादल लागेपछि हावाहुरी पनि चल्न थाल्यो । एक्कासि टुँडिखेलमा उत्तरपट्टि मसलाको रूख भन्छ नि !... त्यो थियो । ती रूखहरू पट–पट भाँचिन थाल्यो । भाँचिन थालेपछि... असिना पनि अलिअलि प¥यो । असिना परेपछि दर्शकहरू भागदौड गर्न थाले । अलिकता म चाहिँ दर्शकलाई पनि दोष दिन्छु । हामीकहाँ दर्शकहरू भित्र पस्न पनि समयमा नपस्ने अनि निस्किँदा पनि गेटमा गएर अड्किदिने बानीले गर्दा समस्या भयो ।

ढोकामा गएर मान्छेहरू अड्किए । पुलिसले ढोका पनि खोलिदिएन भन्ने सुनियो । त्यसैले गर्दा दुई जना पुलिस पनि मरे भन्ने सुनिएको थियो । रंगशाला त्यो बेला अहिलेजस्तो थिएन । सिँढीमा एउटा ग्याप थियो । त्यहाँ कसैको खुट्टा पर्यो । त्यसपछि मान्छेमाथि मान्छे खप्टिएर मर्न थाले । हामीले पछि सुन्यौं, ७९ जना मान्छे मरेछन् भनेर । तर कसैले ७३ पनि भने । कतिजनाको त्यो घटनामा ज्यान गयो भन्ने यकिन तथ्यांक अहिलेसम्म पनि पाइएको छैन । तर हाम्रा धेरै समर्थकले ज्यान गुमाए । दक्षिणपट्टि जुत्ता–चप्पल छरपस्ट देखिन्थे । त्यहाँ रंगशालाको ठ्याक्कै बाहिर पहिले हामी खेलाडीहरूले ‘डाइट’ खाने भाउजुको चिया पसल भन्ने थियो ? त्यतैतिरबाट भागदौड सुरु भयो ।

को माथि को... को माथि को.. हुँदा धेरै मान्छे मरे । त्यो खेलमा मेरा समर्थकहरू वीरगन्जबाट पनि हेर्न आएका थिए । उनीहरू पनि कसैको गाला, आँखाको डिलमा नीलडाम भएको थियो । कोही च्यापिएका थिए । मेरो दाइ पनि आउनुभएको थियो । उहाँ पनि फुटबल क्रेजी हुनुहुन्थ्यो । फुटबल भनेपछि झापा, विराटनगर.. जहाँ पनि पुग्नुहुन्थ्यो ।

नेपालीहरूलाई पस्न पनि पहिले नै पर्ने... पहिले नै निस्किनुपर्ने । रंगशालाको पनि अहिले जस्तो सबै गेटहरू खोल्ने सिस्टम थिएन । जताबाट मान्छे धेरै आउँछन्, त्यतैको मात्रै ढोका खोल्ने चलन थियो । माथिबाट दर्शकहरू आएपछिको जुन प्रेसर भयो नि.. त्यसले गर्दा दुई जना पुलिस पनि मरे भन्ने सुनिएको थियो । म आफैं त हेर्न गइनँ तर भोलिपल्ट आउँदा जुत्ता–चप्पल धेरै छरिएका थिए । वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा ७९ जना मरे भन्ने सुनियो ।

उहाँले पनि म होटलमा भएका बेला फोन गरेर झन्डै मरिसकेको थिएँ भन्नुभयो । अनि मैले त्यस्तो हुलमा त्यसरी भाग्ने होइन नि... असिनाले लागेर मान्छे मर्दैन । टाउको बचाएर विस्तारै हिँडेको भए पनि हुन्थ्यो.. भनें ।

नेपालीहरूलाई पस्न पनि पहिले नै पर्ने... पहिले नै निस्किनुपर्ने । रंगशालाको पनि अहिले जस्तो सबै गेटहरू खोल्ने सिस्टम थिएन । जताबाट मान्छे धेरै आउँछन्, त्यतैको मात्रै ढोका खोल्ने चलन थियो । माथिबाट दर्शकहरू आएपछिको जुन प्रेसर भयो नि.. त्यसले गर्दा दुई जना पुलिस पनि मरे भन्ने सुनिएको थियो । म आफैं त हेर्न गइनँ तर भोलिपल्ट आउँदा जुत्ता–चप्पल धेरै छरिएका थिए । वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा ७९ जना मरे भन्ने सुनियो ।

त्यसपछि त हामीलाई पनि डर भयो । जनकपुरको खेल हेर्दा मान्छे मरे.. अलच्छिनाहा टिम भनेर पनि भने कत्तिले । त्यसमा त हाम्रो के दोष थियो र ? हामी पनि खेलिरहेका थियौं नि ! हामी पनि भागदौडमा चेप्टिन सक्थ्यौं होला । तर हामी त सुरक्षित नै बाहिर आयौं ।

बाहिर आइसकेपछि हामीलाई पनि डर भयो । जनकरपुरका खेलाडीलाई पनि मार्ने पो हुन् कि यहाँका मान्छेले भन्ने त्रास भयो । अनि हामी जर्सी लुकाएर सादा पोसाक लगाएर हिँड्न थाल्यौं ।

हुन त, भोटेबहालको कालीगण्डकी लाउन्जमा जनकपुरको टिम बसेको छ भनेर सबैलाई थाहा थियो । काठमाडौं पनि अहिलेजस्तो ‘क्राउडी’ थिएन । त्यही भएर दुई–चार दिन सुरक्षाका लागि हामी खेलाडी हौं भनेर कसैलाई नभन्ने सल्लाह गर्यौं ।

त्यो दुर्घटनाको दिन बेलुका हामी वीर अस्पताल गयौं । त्यहाँ पुग्दा मान्छेको बिचल्ली थियो । मान्छेको रुवाबासी... लासहरू छोपेर राखिएको थियो । कोही आफ्नो मान्छे पनि परेको छ कि भनेर हामीले हेर्यौं, तर कोही परेनछन् । वीरगन्ज–जनकपुरबाट आएका मान्छे पनि थिए । पछि उनीहरूले भन्थे– हामी बाँच्यौं तर घाइतेचाहिँ भयौं । उनीहरू कसैका हातखुट्टा, कसैका आँखा सुन्निएका थिए ।

त्यस बेला गल्ती कसलाई भन्ने ? प्रहरीलाई भन्ने कि ? रंगशालावालालाई भन्ने ? त्यसमा त हाम्रो पनि केही जोर चलेन । हामीलाई त गोल खायौं अब गोल फर्काउने भन्ने मात्रै ध्यान थियो ।

अर्को दक्षिणपट्टिको भाउजुको पसलतिरको एउटा खुल्थ्यो । अरू गेट खुल्दैन थिए । सायद त्यो खेल हेर्न कमल थापालाई पनि बोलाइएको थियो । अनि दीपक बोहरा पनि आएका थिए । थापा अखिल नेपाल फुटबल संघको अध्यक्ष र बोहरा मन्त्री थिए । त्यसै हैसियतमा आएका थिए । उहाँहरू त गाडीमा हुइँकी हाल्नुभयो, हामीलाई डर भयो नि होटलसम्म कसरी पुग्ने भनेर ।

एक्कासि हावाहुरी आउँदा मान्छेको भागाभाग भयो । भागाभाग गर्नुको साटो सिस्टममा मान्छे बाहिर निस्किएको भए त्यस्तो क्षति हुँदैनथ्यो । ढोका सबै नखोलि दिँदा झन् दुर्घटना बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा त रंगशालाका सबै ढोकाहरू खोलिएका हुन्छन् । हाम्रोमा त उता उत्तरपट्टि टुँडिखेलतर्फ प्यारापिटबाट छिर्ने एउटा ढोका खुल्थ्यो । अर्को एउटा खेलाडी इन्ट्री भन्ने पहिलेको पौडी पोखरीतिरको एउटा खुल्थ्यो ।

अर्को दक्षिणपट्टिको भाउजुको पसलतिरको एउटा खुल्थ्यो । अरू गेट खुल्दैन थिए । सायद त्यो खेल हेर्न कमल थापालाई पनि बोलाइएको थियो । अनि दीपक बोहरा पनि आएका थिए । थापा अखिल नेपाल फुटबल संघको अध्यक्ष र बोहरा मन्त्री थिए । त्यसै हैसियतमा आएका थिए । उहाँहरू त गाडीमा हुइँकी हाल्नुभयो, हामीलाई डर भयो नि होटलसम्म कसरी पुग्ने भनेर ।

हामी त कट्टु र जर्सीमात्रै लगाएका थियौं । बाटोमा हामीलाई कसैले हान्दिन्छ कि भन्ने डर भयो । यिनीहरूको गेम हेर्दा मान्छे मर्यो भनेर कुट्ने हुन् कि भन्ने लाग्यो ।

तर, खेलाडी मान्छे त्यति कमजोर मुटु भएको हुँदैन नि त... हामी अलि दह्रै मुटु भएका थियौं । जे पर्ला... देखा जाएगा... हामी पनि २०÷२२ जना थियौं । त्यसमा हाम्रा समर्थकहरू पनि थिए । भोटेबहालकै समर्थक थिए । हामी बसेको होटलको साहु पनि हाम्रै समर्थक थिए ।

होटलमा पुगेर तीन–चार दिन बस्यौं । एक प्रकारले त्रसित भएरै बस्यौं । तीन–चार दिनपछि यो खेल फेरि हुन्छ भन्न थाले । त्यहाँ भूतप्रेतको हल्ला चल्न थाल्यो । त्यही भएर राजा वीरेन्द्रले रंगशालामा होम पनि गराएका थिए । त्यो खेल फेरि हुन्छ भन्ने थियो, तर भएन ।

त्यो बेलादेखि यो प्रतियोगिता त्रिभुवन च्यालेन्ज सिल्ड भएको छ कि छैन भन्ने पनि थाहा छैन । ०४४ साल फागुन २९ गते यो घटना भएको हो ।

त्यो दिनको मौसम पनि सामान्य नै थियो । हलुका बादल लागेको थियो । खेल हुने अवस्था नै थियो । तर, अकस्मात कालो–नीलो भएर आएर त्यो रूखको हाँगा भाँचिन थालेपछि दुर्भाग्य निम्तिएको थियो ।

भागभाग सुरु हुनेबित्तिकै हामीले आफ्नो सुरक्षाका लागि खेलाडी सब्स्टिच्युट गर्ने जस्ताको पाता बोकेर हिँडेका थियौं । मन्त्रीहरू भागिहाले । उनीहरूलाई पनि डर भयो नि त नाराबाजी हुन थाल्यो । यिनीहरूले गर्दा भएको हो भन्छन् भन्ने डर भएपछि उनीहरू भागेका थिए । हामी जनकपुरबाट आएको टोलीचाहिँ त्रसित हुँदै पैदल हिँडेर होटल जानुपर्यो । त्यो जेलको गल्लीगल्ली हिँड्नुपयो । हामीलाई न कुनै गार्ड थियो नकुनै सुरक्षा व्यवस्था थियो ।

असिना पनि परेपछि कोलाहल मच्चियो । मान्छे स्वार्थी जात भएकाले म पहिला बाँचौं, म पहिला भागौं भन्दा त्यत्रो क्षति भयो । त्यसो हुँदा एकैतिर मात्रै मान्छे मरे । आर्मी ब्यारेकपट्टि कोही  पनि मरेनन् । यतापट्टि किन मरे भने त्यो सिँढीमा ग्याप थियो । त्यो ग्यापमा खुट्टा परेर मान्छे ढले । र, ढलेका मान्छे किचिएर मरे ।

भागभाग सुरु हुनेबित्तिकै हामीले आफ्नो सुरक्षाका लागि खेलाडी सब्स्टिच्युट गर्ने जस्ताको पाता बोकेर हिँडेका थियौं । मन्त्रीहरू भागिहाले । उनीहरूलाई पनि डर भयो नि त नाराबाजी हुन थाल्यो । यिनीहरूले गर्दा भएको हो भन्छन् भन्ने डर भएपछि उनीहरू भागेका थिए । हामी जनकपुरबाट आएको टोलीचाहिँ त्रसित हुँदै पैदल हिँडेर होटल जानुपर्यो । त्यो जेलको गल्लीगल्ली हिँड्नुपयो । हामीलाई न कुनै गार्ड थियो नकुनै सुरक्षा व्यवस्था थियो ।

हामी सबै खेलाडीहरू रंगशालाको प्यारापिटमुटि अहिले तेक्वान्दोहरू सिकाउने ठाउँमा गएर बस्यौं ।

यतिका वर्ष बितिसके तर पनि त्यो क्षण सम्झिँदा भारी महसुस हुन्छ । हामीलाई मन पराएर हेर्न आउने कत्ति दर्शक थिए, उनीहरू अनाहकमा मरे । हाम्रो गेम हेर्न आउँदा ज्यानै गुमाउनुपर्यो । त्यो सम्झिँदा अझै पनि आँखाबाट आँसु आउँछ, त्यस्तो क्षण फेरि कहिल्यै देख्नुपरेको छैन, नपरोस् पनि । आज त्यो कालो दिनको ३४ वर्ष पूरा भएको दिन म त्यो घटनामा परी ज्यान गुमाउनुहुने नेपाली फुटबल समर्थकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

(खेलाडीका लागि उमेश दाहालसँगको कुराकानीमा आधारित)