फाल्गुन २७, २०८२ बुधबार | ००:३०:३०
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी
शनिबारको दिन विशाल श्रेष्ठ

विशालको अद्वितीय यात्रा

जतिबेला कोही कसैले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को चर्चा गर्नेछ, त्यतिबेला ठ्याक्कै अगाडि आउने नाम हो, विशाल श्रेष्ठ । मछिन्द्र क्लबले लगातार दोस्रोपल्ट जितेको माथिल्लो डिभिजनको लिग उपाधि क्रममा धेरैले आ–आफ्नो स्थानबाट योगदान दिएका छन् । त्यसमध्ये पनि सबैभन्दा अगाडि आउने नाम हो, विशाल । यी गोलरक्षकले मछिन्द्रको गोलपोस्टलाई यसरी सम्हाले कि टिमले पूरा प्रतियोगितामै गोल खानै बिर्सेको थियो ।

पूरा लिगमा मछिन्द्रले जम्माजम्मी दुई गोल खाएको थियो । त्यसमध्ये पहिलो गोल पहिलो खेलमै थियो । त्यो पनि एनआरटीसँग । दोस्रो गोल अन्तिम खेलमा थियो, त्यो एपीएफसँग । दुवै खेलमा मछिन्द्र २–१ ले विजयी रह्यो । यसबीचका ११ खेलमा मछिन्द्रले कुनै गोल खाएन र लगातार क्लिन सिट राख्यो ।

अब यस्तो प्रदर्शनपछि कुनै क्लबले लिग उपाधि नजिते कसले पो जित्छ र ? समयका आधारमा विश्लेषण गर्दा गोलकिपर विशालले लगातार १ सय ९४ मिनेट कुनै गोल खाएनन् ।

नेपाली लिगबारे जति पनि तथ्यांक उपलब्ध छन्, त्यस आधारमा यो नयाँ कीर्तिमान हो । यस अगाडि पुलिसका रितेश थापाले वर्ष ०६६÷०६८ को लिगका ७ खेलमा कुनै गोल खाएका थिएनन् । अबदेखि कसैले सबैभन्दा बढी समय गोल नखाएको कीर्तिमानबारे प्रश्न गर्छ भने विशालको नाम मज्जाले भन्न सकिन्छ । यो उपलब्धिमा निश्चित रूपमा डिफेन्डका खेलाडीहरूको पनि भूमिका हुन्छ । तर यस्तो कीर्तिमानमा अधिकांश समयको श्रेय गोलरक्षकलाई नै जान्छ ।

यसका लागि हामीले विशालको प्रशंसा गर्नु नै पर्छ । मछिन्द्रले वर्ष ०७६ मा लिग जित्दा पनि उनी गोलरक्षक थिए । यस लिग उपाधिको यात्रामा पनि उत्तिकै प्रमुख भूमिका खेले । यसरी मछिन्द्रले मात्र होइन, विशालले पनि लगातार दुईपल्ट लिग उपाधि जितेका छन् । यतिमात्र कहाँ हो र ? विशालले लिग उपाधि जितेको यो लगातार चौथोपल्ट हो । यो पनि आफैंमा अविश्वसनीय कीर्तिमान हो । यसरी लगातार लिग जित्ने अवसर सजिलै कसरी तयार हुन्छ र ?

एन्फा एकेडेमीको चौथो ब्याचका यी खेलाडीले यसअघि वर्ष ०७० र ०७५ मा मनाङ मस्र्याङ्दीका लागि पनि लगातार लिग उपाधि जितेका थिए । यस्तो भन्न कर लाग्छ, विशाल गोलरक्षकका रूपमा अब्बल रहेका छन् । धेरै अर्थमा उनलाई पछिल्लो समय नेपाली घरेलु फुटबलका गोलरक्षकमध्ये नम्बर एक हुन् भन्न सकिन्छ । उनी जत्तिको अब्बल प्रदर्शन हाम्रो घरेलु फुटबलमा अन्य गोलरक्षकले गरेका छैनन्, अझ त्यसको छेउछाउ पनि पुगेका छैनन् ।

र, यी सबै चर्चा गर्दा विशालको खेलजीवनको एक अर्को पाटो पनि छ । यो हो नेपालका लागि खेल्न नपाएको पीडा । जतिबेला उनको खेलजीवन सुरु भयो, त्यस बेलादेखि नेपाली टिमका किरण लिम्बु गोलरक्षकका रूपमा उपलब्ध छन् । अहिले त उनी कप्तानसमेत हुन् । नेपाली टिममा उनको स्थानबारे बिरलै दुईमत हुनसक्छ । यस्तोमा उनी नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलरक्षक हुन् । उनकै उपस्थितिका कारण विशालले मौका नै पाएका छैनन् भन्दा हुन्छ ।

विशालले जम्माजम्मी एकैपल्ट मात्र नेपालका लागि खेल्न पाएका छन् । डर थियो, नेपालका लागि कतै बेन्चमा मात्र बसेर उनले आफ्नो खेलाडी जीवन टुंग्याउन त होइनन् । तर भारतविरुद्धको मैत्रीपूर्ण खेलमा उनले मौका पाएका छन् । यो एक क्याप नै उनका लागि खुबै भावनात्मक रहेको छ । किरणले भने घरेलु नेपाली फुटबलमा कमै खेलेका छन् । त्यसको फाइदा भने विशाललाई प्राप्त भएको छ । त्यसैले फेरि दोहो¥याएर भन्न सकिन्छ, उनी अहिले तत्कालका घरेलु गोलरक्षकमध्ये नम्बर एक हुन् ।