पुस ७, २०८२ मंगलबार | १८:०५:०८
एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने
शनिबारको दिन आहा रारा गोल्डकप

पुस्तक अंश: टाइब्रेकरको दुर्लभ घटना

सहाराले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगिताको नाम थियो, क्याराभान गोल्डकप । वर्ष थियो, ०५८ । यो प्रतियोगितालाई सम्झनु पर्ने धेरै कारण छन् र त्यसमध्ये एक हो, दोस्रो सेमिफाइनलमा देखिएको दुर्लभ घटना । नेपाली घरेलु फुटबलमा मात्र होइन्, विश्व फुटबलमै पनि यस्तो घटना विरलै मात्र सुनिन्छ । त्यति बेला भएको के थियो त ?

प्रतियोगिताको इतिहास समेटिएर एउटा किताब प्रकासित हुन लागेको छ र त्यसको नाम रहेको छ, ‘सहारा दुई दशकको फुटबल यात्रा २०५८-२०७७’ । त्यही किताबबाट वर्ष ०५८ को त्यस सेमिफाइनलबारे लेखिएको पुस्तक अंश यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । यो सेमिफाइनल वास्तवमै कति सनसनीपूर्ण रहेको छ, सजिलै अनुमान गर्न सकिन्छ ।

पुस्तक अंश:

प्रतियोगिताको पहिलो सेमिफाइनलमा मनाङले भारतको इस्टर्न रेलवेलाई हरायो । यो धेरै अर्थमा स्वाभाविक नतिजा थियो । तर, दोस्रो सेमिफाइनल नतिजा भने निकै अस्वाभाविक रह्यो । त्यो सेमिफाइनल पुलिस र सहारा ‘ब्लु’ बीच थियो । यस्तो खेल नेपाली फुटबल इतिहासमै कहिल्यै पनि भएको थिएन, न त हुनेछ । सायद यस्तो अवसर विश्व फुटबलमै कमैमात्र बनेको छ होला । के भएको थियो त त्यस खेलमा ? खेलपछि धेरैको प्रतिक्रिया थियो, ‘यस्तो दुर्लभ स्थिति फेरि नदोहोरियोस् ।’

सहारा ‘ब्लु’ ले खेलमा नीराजनको गोलले अग्रता लिएको थियो, तर लगत्तै हरिले पुलिसका लागि गोल फर्कायो । यस्तोमा निर्धारित समयको खेल १-१ को बराबरीमा रह्यो । पछि थपिएको समयमा पनि गोल भएन । त्यतिबेला विश्व फुटबलमा गोल्डेन गोलको नियम चलिरहेको थियो । त्यस नियमअनुसार थपिएको समयमा जसले पहिले गोल गथ्र्यो, त्यही टिम जित्यो । तर गोल्डेन गोलको अवसर नै बनेन । यस्तोमा खेल सनसनीपूर्ण रूपमा टाइब्रेकरमा गयो ।

आहा-रारा गोल्डकपको इतिहासमा खेल टाइब्रेकरमा गएको यो पहिलो अवसर थियो, तर टाइब्रेकरको निर्णय कहिल्यै पनि आएन । नेपाली घरेलु फुटबल इतिहासमा यही एकमात्र त्यस्तो खेल रह्यो, जसमा न कुनै टिम विजेता रह्यो, न त कुनै टिम पराजित रह्यो । तर, एउटा टिम भने फाइनल पुग्यो । टाइब्रेकरका सुरुआती ५-५ प्रहारपछि स्थिति ४-४ को बराबरीमा रहेको थियो । त्यसो भनेको यही अवसरमा दुवै टिम एक-एक प्रहारमा गोल गर्न चुकेका थिए ।

यी खेलाडी थिए, पुलिसका नरोत्तम गौतम अनि सहारा ‘ब्लु’ का दीपेन्द्र तामाङ । त्यसपछि पेनाल्टी सुटआउट सडनडेथमा गएको थियो । त्यसमा पनि दुवै टिमका एक एक खेलाडी गोल गर्न चुके । को थिए त ती ? थि त पुलिसका राकेश श्रेष्ठ र सहारा ‘ब्लु’ का बालगोपाल महर्जन । त्यसपछि भने लगातार गोल भयो र यो अन्तत: ९-९ को बराबरीमा रोकियो । दुवै टिमका सबै ११ खेलाडीले पेनाल्टी प्रहार गरे । तर नतिजा निस्केको थिएन ।

त्यतिबेलासम्म पोखरा रंगशालामा पूर्णत: अन्धकार छाइसकेको थियो । स्थिति निकै तनावपूर्ण बनेको थियो । सहारा ‘ब्लु’का गोलरक्षक रहेका उपेन्द्रमान सिंह मान्छन्, ‘के हुन्छ र के हुने छैन, कसैले भन्न सकिरहेका थिएनन् । दुवै टिमका खेलाडी तनावमा थिए । दर्शक उत्तिकै तनावमा थिए । टाइब्रेकर रोकि“दा बल राम्रोसँग देख्न पनि सकिने अवस्था थिएन ।’ तर खेल भने जुनसुकै मूल्यमा सिध्याउनु थियो, किनभने त्यस खेलपछि पराजित टिमका खेलाडीलाई अन्यत्र नै खेल्न जानुपर्ने थियो ।

खेलका रेफ्री थिए, दिलीप रजक । उनी पनि भन्छन्, ‘मैल यस्तो स्थिति जीवनमा कहिल्यै पनि सामना गर्नुपरेन ।’ अन्त्यमा उनले एउटा उपाय निकाले, फाइनल पुग्ने टिमको निर्णय टसबाट गर्ने । दर्शक भने फेरि खेल दोहोर्याउनुपर्ने माग गरिररहेका थिए, तर त्यो सम्भव थिएन नै । रेफ्री रजकले गरेको टस भने पुलिसको पक्षमा गयो । यो टिम पुग्यो फाइनलमा । सहारा ‘ब्लु’ का खेलाडी र समर्थकसामु निराश हुनुबाहेक अन्य केही विकल्प थिएन, त्यसैले धेरैले भनेका थिए, ‘यस्तो दुर्लभ स्थिति फेरि नदोहोरियोस् ।’