मंसिर २, २०८२ मंगलबार | १६:४५:५०
पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट
शनिबारको दिन फ्रेन्ड्स क्लब

फ्रेन्डसको सकस, प्रकाशलाई पीडा

काठमाडौं । फ्रेन्डस क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जितको स्वाद चाख्न सकस भोगिरहेको छ ।

औसत प्रदर्शन गरेको ललितपुरे टोली फ्रेन्डसले सात खेल सकिँदा तीन बराबरी र चार हारको नतिजा सामना गरेको छ । टोली तीन अंकमात्र लिएर तालिकाको पुछारमा छ । रेलिगेसन क्षेत्रबाट बच्ने लक्ष्यसाथ यस सिजन लिगमा होमिएको फ्रेन्डस अहिले त्यही लक्ष्यबाट उम्किन नै संघर्षरत छ ।

लिगको तयारीबारेमा आयोजित पत्रकार सम्मेलनमा फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले लिगका लागि टोलीको लक्ष्य के छ भन्ने प्रश्नमा भनेका थिए, अन्तिम दुई स्थानमा नरहने अर्थात रेलिगेसनमा नपर्ने ।

प्रशिक्षक मिश्रले आफ्नो टोली रेलिगेसन क्षेत्रबाट जोगिने मुख्य सारथिमा कप्तान प्रकाश बुढाथोकी रहने प्रतिक्रिया दिएका थिए ।

आफूहरूसँग प्रकाश बुढाथोकी मात्र नाम चलेको खेलाडी भएको उनले बताएका थिए । टोलीमा भित्रिएका चार विदेशी खेलाडी पनि औसत राम्रो रहेको मिश्रको भनाइ थियो । नत्र युवा खेलाडीको बाहुल्य रहेकाले आफूहरूको ठूलो लक्ष्य नलिएको जनाएका थिए । फ्रेन्डसको लक्ष्य भनेकै रेलिगेसनबाट बच्ने भन्दै आएका थिए ।

तर, छैटौं चरणसम्म आइपुग्दा फ्रेन्डसले स्पष्ट ३ अंकको जित हात पार्न सकेको छैन । प्रशिक्षक मिश्रका मुख्य सारथिका रूपमा रहेका प्रकाश बुढाथोकी अहिले कुर्कुंच्चाको चोटका कारण दर्शकदीर्घाबाट खेल हेर्न नै सीमित बन्नुपरेको अवस्था छ ।

विवाहका कारण प्रकाश लिगको उद्घाटन खेलमा अनुस्थित थिए । फ्रेन्डसले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्दै लिग सुरु गरेको थियो ।

मिश्रको विश्वास थियो, संकटाविरुद्धको दोस्रो खेलमा प्रकाश टोलीमा फर्कने छन् र टोलीले जितको लय भेट्टाउने छ । त्यो पूरा हुने स्थितिमै पुगेको थियो ।  

संकटाविरुद्ध नेतृत्व लिँदै मैदान छिरेका प्रकाशले बक्सबाहिरबाट गरेको आकर्षक गोलमा फ्रेन्डसले अग्रता लियो । तर अन्तिम तीन मिनेट सम्हालिन नसक्दा फ्रेन्डसले उक्त खेल २–१ ले गुमायो ।

संकटासँग पूरै समय मैदानमा बिताएका प्रकाश थ्रीस्टारविरुद्ध खेलका चोट बोक्न पुगे । १–१ को बराबरी टुंगिएको खेलको ८३ औं मिनेटमा कुर्कुच्चाको चोटका कारण मैदानबाहिर आएका प्रकाश त्यसपछि फर्कन सकेका छैनन् ।

यतिबेला प्रकाशको अनुपस्थिति फ्रेन्डसमा प्रत्यक्ष रूपमा खड्किएको छ । छैटौं चरणअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मिश्रले दिएको प्रतिक्रियाबाट पनि टोलीलाई प्रकाशको अनुपस्थिति कति महँगो साबित भइरहेको छ भन्ने प्रस्ट हुन्थ्यो ।

टोलीमा प्रकाश बुढाथोकी छ भनेर नै फ्रेन्डसको प्रशिक्षण सम्हाल्न आफू तयार भएको मिश्रको तर्क थियो । उनको अनुपस्थित मिश्रका लागि ठूलो पीडा बनिरहेको छ ।

मिश्र भन्छन्, ‘पहिलो खेलमा उनी विवाहका कारण अनुपस्थित रहे । दोस्रो खेल खेले । तेस्रो खेलमा घाइते भएर मैदानबाहिर छन् । अहिले उनको कुर्कुंच्चा सुन्निएको छ । चिकित्सकले अन्तिम दुई खेलमा मात्र प्रकाश मैदान फर्कने सम्भावना छ भनेका छन् । टोलीमा अहिले उनको अभाव खड्किएको छ ।’

कप्तान प्रकाशले क्लबसँगको आत्मीयताकै कारण व्यावसायिक फुटबलमा डेब्यु गरेकै क्लब फ्रेन्डसमा फर्कने निर्णय लिएका थिए । तर, क्लबमा को–को खेलाडी छन् र प्रशिक्षक को हुन्छ भन्ने उनलाई थाहा थिएन । तर यस सिजन टोली निर्माणदेखि नै क्लबसँग जोडिएका प्रकाशलाई आफ्नो चोटले जति पीडा दिएको छ, त्योभन्दा बढी पीडा दर्शकदीर्घामा बसेर टोलीको खराब लयको प्रत्यक्षदर्शी बन्नुपर्दामा छ ।

‘टोलीले राम्रो प्रदर्शन गर्दागर्दै पनि सोचेअनुरुप नतिजा ल्याउन सकिरहेको छैन,’ कप्तान प्रकाशले भने, ‘टोलीमा युवा खेलाडी छन् । उनीहरूमा अनुभवको कमी छ । आफू पनि घाइते भएर बस्नुपरेको छ । मैदानमा मेरो प्रत्यक्ष अनुपस्थिति खड्किएको हो कि । टोलीमा अनुभवी खेलाडी भइदिएको भए राम्रो नतिजा ल्याउँथ्यो जस्तो लाग्छ ।’

प्रकाश भारतमा आई लिग खेल्न जाने तयारीमा थिए । तर कोभिड–१९ संक्रमण महामारीका कारण आई लिग पर धकेलिएपछि उनले त्यसै किन बस्नु भनेर यसपालिको लिग खेल्ने निर्णय लिएका थिए ।

‘म कहिले छाती दुखाइ, कहिले ढाड दुखाइ त कहिले खुट्टाको चोटका कारण मैदानबाहिर बस्न बाध्य भइरहेको छु,’ उनले सुनाए, ‘२०७६ को लिगमा मैले एनआरटीको कप्तानी सम्हाल्दा पनि हामी सात–आठ चरणसम्म तालिकाको तेस्रो स्थानमा थियौं, तर म अभ्यासका क्रममा दर्शन गुरुङसँग ठोक्किँदा मेरो छातीमा समस्या देखियो । म चार खेसम्म मैदानबाहिर रहें, त्यो चार खेल नै एनआरटीले हार्‍यो ।’

अहिले पनि त्यस्तै भइरहेको ठान्छन् उनी । थ्रीस्टारसँग खेल्दा कुर्कुंच्चाको चोटका कारण मैदानबाट उनी बाहिर आए । तर आफूले चोट त्यति धेरै गम्भीर होला भन्ने अनुमान नगरेको उनले बताए । तर भोलिपल्ट एक्सरे गरेर हेर्दा कुर्कुंच्चाको लिगामेन्ट च्यातिएको र चिकित्सकले ६ साता आराम गर्न सल्लाह दिएपछि उनी नराम्रोसँग झस्किए ।

त्यसपछि फ्रेन्डसले खेलका तीन खेलमध्ये एक खेल उने घरमै बसेर टीभीमा हेरे । अरू दुई खेल दर्शकदीर्घामा बसेर हेर्न दशरथ रंगशाला पुगेका थिए उनी ।

‘युवा टोली छ, नराम्रो खेलेको पनि होइन, तर दुर्भाग्य नतिजा हाम्रो पक्षमा आउन सकिरहेको छैन,’ प्रकाश आफ्नो टोलीको मूल्यांकन गर्दै भन्छन्, ‘टोलीले राम्रो पाएका अवसरमा गोल गर्न चुक्दा आफ्नो खुट्टा चिलाए जस्तो हुन्छ, आफैं गएर गोल हानु जस्तो लाग्छ ।’

थ्रीस्टार र मनाङ मस्र्याङदीले लिग जित्दाका मुख्य खेलाडीमध्ये एक हुन् प्रकाश । उनी अहिले फ्रेन्डसबाट रेलिगेसन संकट टार्न संघर्षरत रहनुलाई आफ्नो खेलजीवनकै पीडादायी क्षण भएको बताउँछन् ।

उनले फ्रेन्डसबाटै २०६७ मा व्यावसायिक खेलाडी जीवन सुरु गरेका थिए । त्यसपछि उनले दुई सिजन थ्रीस्टारमा बिताए । टोलीलाई लिग च्याम्पियन गराए । मनाङबाट खेल्दा पनि उनी च्याम्पियन भए । उनले सम्झिए, ‘त्यो बेला टोली राम्रो थियो, अनुभवी खेलाडी थिए । त्यसैले मैले कुनै दबाब महसुस नै गर्नुपरेन । यसपालि टोली नेतृत्व सम्हाले पनि चोटका कारण मैदान उत्रन नपाउँदा धेरै दुःख लागेको छ ।’ उनी लिगमा क्लबहरूबीच अंक दुरी धेरै नभएकाले रेलिगेसनबाट जोगिनेमा आशावादी छन् ।

मछिन्द्र, मनाङ, आर्मी र संकटाबाहेकका अन्य टोली र आफूहरूबीचको अंक दुुरी धेरै नभएको ठान्छन् उनी । ‘एक दुई खेल जितेपछि नै हामी सातौं वा आठौ स्थानमा उक्लिन्छांै,’ प्रकाश भन्छन्, ‘त्यसैले टोलीले रेलिगेसन संकट टार्नेमा विश्वस्त छु ।’

सन् २०१३ मा नेपालमै आयोजित साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध डेब्यु गरेका प्रकाश सन् २०१७ सम्म राष्ट्रिय टोलीका नियमित सदस्य रहे ।

साफ च्याम्पियनसिप र सोलिडारिटी कपमा नेपालले स्वर्ण जित्दाका महत्वपूर्ण सदस्य प्रकाश त्यसपछि पनि राष्ट्रिय टोलीका बन्द प्रशिक्षणमा नपरेका होइनन् तर चोटकै कारण उनले पटक–पटक आफ्नो नाम फिर्ता लिनुपरेको तीतो अनुभव छ ।

‘यो फुटबल हो, यहाँ केही भन्न सकिँदैन,’ राष्ट्रिय टोलीबाट पुनरागमन योजनाबारे प्रकाश भन्छन्, ‘लयमा फर्कंदै उत्कृष्ट प्रदर्शन गर्ने हो भने अहिले राष्ट्रिय टोलीमा पुनरागमन गर्न कठिन छैन । पुनः नेपालीको जर्सीमा मैदान फर्कनेमा आशावादी छु ।’