काठमाडौं । यो त कसैले पनि सोधे हुनेछ, छुच्चो प्रश्न नै । प्रश्न हो, रुबेन एमोरिम कहिले वर्खास्त हुनेछन् ? अहिले इङ्लिस फुटबलमा चारैतर्फ यही चर्चा छ । इङ्ल्यान्डका अहिले जति पनि फुटबलका पण्डितहरू छन्, सबैले गर्ने विश्लेषण हो, अहिलेको जति खराव म्यानचेस्टर युनाइटेड यसअघि कहिले पनि देखिएको थिएन् ।
हुन पनि जतिले एलेक्स फर्गुसनको पालाको युनाइटेड हेरे र त्यसलाई समर्थन गर्न सुरु गरे, ती सबै अहिले लाजै लाग्यो भन्ने स्थितिमा छन् ।
अहिले फेरि युनाइटेडका यी पोर्चुगाली प्रशिक्षक एमोरिमको वर्खास्तीबारे किन चर्चा भन्दा धेरैलाई लागेको छ, अब धेरै दिन छैन्, उनी क्लबमा टिकिरहने । अनि धेरैलाई के पनि लाग्छ, भने अब उनले युनाइटेडलाई सुधार्न सक्ने छन् भनेर । एक वर्ष भयो, युनाइटेडले इङ्लिस प्रिमियर लिगमा लगातार दुई खेल नजितेको ।
पछिल्लो साता उसले ब्रेन्टफोर्डको सामना गर्दा एमोरिमलाई विश्वास हुनु पथ्र्यो, लागतार दुई खेल जित्ने । तर लन्डनमा युनाइटेड उल्टै पराजित रह्यो, त्यो पनि असाध्यै नराम्रोसँग भन्दा हुन्छ ।
ब्रेन्टफोर्डविरुद्धको यस खेलबाट प्रस्ट भएको छ, युनाइटेडको न त डिफेन्स राम्रो छ, न त आक्रमण बुन्ने अग्रपंक्ति नै । अझ भन्दा दुवै खराव छ । ब्रेन्टफोर्डले आफ्ना नयाँ प्रशिक्षक केथ एन्ड्र्यु आएयता जितेको यो दोस्रो खेल मात्रै थियो ।
त्यसको अर्थ के भने यो लन्डन क्लब आफैमा राम्रो पनि होइन् । एमोरिमको नेतृत्वमा युनाइटेडले अहिलेसम्म लिगमा ३३ खेल खेलेको छ र त्यसबाट क्लबले बुटलेको अंक भनेकै हो, जम्मा जम्मी ३४ ।
गत सिजन जत्तिनै धेरे खर्च गरेको भएता पनि युनाइटेड १५ औं स्थानमा रहेको थियो । यो सन् १९७४ यताको सबैभन्दा खराव प्रदर्शन थियो यही थियो । त्यो त्यही वर्ष हो, जति बेला युनाइटेड रेलिगेसनमा परेको थियो ।
पश्चिम लन्डनको यो हारपछि एमोरिमले के भनेका छन् भने क्लबमा आफ्नो भविष्यलाई लिएर उनले सोचिरहेका पनि छैनन् । न त यो उनको हातको कुरा भयो । यो कुरा हो पनि । आखिरमा उनले भन्न सक्ने पनि यत्ति मात्रै हो ।
तर सबैलाई के थाहा छ, यी पोर्चुगाली प्रशिक्षक मात्र होइन्, क्लबमा माथिल्लो जिम्मेवारी सम्हालिरहेका सबै दबाबमा छन्, कोही पनि ढुक्क हुन सकेका छैनन् ।
खराव नतिजाका बावजुत युनाइटेडको व्यवस्थापन अहिलेका लागि एमोरिमलाई कायम राख्नेमै देखिन्छ, यस्तै भन्छ, इंग्लिस मिडिया । क्लबका एक जना मालिक जिम र्याटक्लिफ र सीईओ ओमर बेरेडाले नै यी ४० वर्षीय प्रशिक्षकलाई युनाइटेडमा ल्याउन प्रमुख भूमिका खेलेका थिए ।तर उनी आएयताको पछिल्लो ११ महिनामा युनाइटेडको प्रदर्शन साँच्चै हुन सकेको छैन् । अर्को साता युनाइटेडले लयमा रहेको सन्डरल्यान्डलाई ओल्ड ट्रायफोर्डमा स्वागत गर्नेछ । त्यसको नतिजाले धेरै कुरा तय गर्नेछ ।

प्रश्न के पनि छ भने प्रशिक्षक फेर्दैमा टिम राम्रो हुन्छ र भने ? फुटबलमा यसको उत्तर पनि कोहीसँग छैन् । भन्नेहरू के भन्छन् भने अचेल युनाइटेडमा खेलाडीको जित्ने आत्मविश्वास नै छैन्, प्रशिक्षकले मात्र गरेर के गर्ने ?