असार १२, २०८२ बिहीबार | ०८:२९:०५
डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान एन्फा सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान एन्फा सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा
शनिबारको दिन

रोमाञ्चक होला नयाँ स्वरुपको क्लब विश्वकप ?

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको नयाँ ठूलो प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । यो हो , क्लब विश्वकप । यसपल्ट यसको चर्चा अलिकति बाक्लो किन छ भने यो नयाँ स्वरूपमा आयोजना हुँदै छ । यो हुनेछ प्रतियोगिताको २१ औं संस्करण अनि हुनेछ अमेरिकामा ।

सहभागी टिमको संख्या बढाएपछि प्रतियोगिता एक महिना जस्तै चल्नेछ । जुन १४ देखि जुलाई १३ सम्म स्पर्धा हुनेछ । यसपल्टको प्रतियोगिताको मुख्य विशेषता भनेकै सहभागी संख्या बढाएर ३२ पुग्नु हो ।

यो प्रतियोगितालाई यति धेरै ठूलो आकार दिएकामा आलोचना पनि उत्तिकै भइरहेको छ, विशेषतः खेलाडीको तर्फबाट । खेलाडीका प्रतिनिधिहरूको आरोप छ, विश्व फुटबलको ध्यान कमाउनमै मात्र बढी छ, खेलाडीको भलाइमा छैन ।

क्लब विश्वकपमा सहभागी हुने टोली । 

लगातार खेलिरहँदा खेलाडीको स्वास्थ्यमै प्रभाव पार्ने डर रहेको छ । त्यसैले यसपल्टको प्रतियोगिताको अन्त्यमा यसले सकारात्मक सन्देश दिनुपर्नेछ । अन्यथा यसको ऐतिहासिक महत्व कमजोर हुनेछ ।

प्रतियोगिता छनोटको आधार नै नपुगेको हुनाले यसपल्टको प्रतियोगिता इङ्लिस च्याम्पियन लिभरपुल, स्पेनी च्याम्पियन बार्सिलोना अनि इटालीको च्याम्पियन नापोली हुने छैनन् । 

फिफा अध्यक्ष जियानी इन्फाटिनो भने प्रतियोगितालाई लिएर उत्साही छन् । उनी भन्छन्, ‘इतिहासमै पहिलो पटक क्लब वर्ल्डकपमा ३२ टिम खेल्दै छन् । यो त्यही प्रतियोगिता हुनेछ, जसले विश्व फुटबलमा सबैभन्दा उत्कृष्ट क्लब कुन हो भनेर प्रस्ट पार्नेछ ।’

यसअघिसम्म प्रतियोगिताको आकार निकै सानो थियो, जम्माजम्मी ७ टिमको सहभागिता हुन्थ्यो । यसपल्ट भने सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ, त्यसको अर्थ प्रत्येक समूहमा समान ४ टिम हुनेछ ।

सुरुमा लिग चरणको खेल हुनेछ, प्रत्येक समूहमा एकअर्काविरुद्ध खेल्नेछ । लिग चरण समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिम नकआउट चरण पुग्नेछन् । आज शनिबार रातिको पहिलो खेलमा समूह ‘ए’ मा अल आहली र इन्टर मियामीबीच हुनेछ ।

क्लब विश्वकपको फाइनल हुने मेटालाइफ रंगशाला । 

प्रतियोगिताको खास रोमाञ्च नकआउट चरणबाटै सुरु हुनेछ । प्रतियोगितालाई लिएर मूल प्रश्न हो, सम्भावित विजेता को त ? यसको पहिलो जवाफ हुनेछ, पेरिस सेन्ट जर्मन (पिएसजी) ।

युरोपबाट खेल्ने ठूला नाममा पिएसजीसँगै रियाल मड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, इन्टर मिलान, युभेन्ट्स र चेल्सी रहेका छन् । 

भर्खरै युरोपेली च्याम्पियन बनेको पिएसजीले यो सिजन आफूले जितेका उपाधि संख्यामा क्लब वर्ल्डकप पनि थप्न सक्छ । पिएसजीले फ्रेन्च कप जितेकै थियो लिगसँगै । प्रतियोगिता छनोटको आधार नै नपुगेको हुनाले यसपल्टको प्रतियोगिता इङ्लिस च्याम्पियन लिभरपुल, स्पेनी च्याम्पियन बार्सिलोना अनि इटालीको च्याम्पियन नापोली हुने छैनन् । त्यसको अर्थ प्रतियोगितामा त्यति धेरै रौनक पनि हुने छैन, जति अपेक्षित हुनेछ ।

युरोपबाट खेल्ने ठूला नाममा पिएसजीसँगै रियाल मड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, इन्टर मिलान, युभेन्ट्स र चेल्सी रहेका छन् । सम्भवतः यिनै कुनै क्लबले उपाधि जित्नेछ भनेर भन्न सकिनेछ । अनि के पनि भन्न सकिनेछ भने तिनीहरूलाई यो सफलताबाट रोक्ने भनेको दक्षिण अमेरिकी क्लब नै हुन् । दक्षिण अमेरिकाबाट भने ठूला नाम भएका क्लब खेल्दै छन् । जस्तो, ब्राजिलको बाटोफोगो, पाल्मेरियास, फ्लेमिङ्गो र फ्लुमेनिस । अर्जेन्टिनाका दुवै ठूलो टिम रिभर प्लेट र बोका जुनियर्सले पनि खेल्नेछन् ।