काठमाडौं । महिला घरेलु फुटबलको हकमा वर्ष २०८० सकारात्मक रह्यो । चेलीहरूले फुटबलबाहेक अन्य कुरा सोच्नै भ्याएनन् ।
वर्षको सुरुआती महिना वैशाखमा सुर्खेतको कर्णाली रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको छनोट खेल भएको थियो । तीन महिनापछि अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ सुरु भयो । यो लिग नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा लामो लिग रह्यो । दुई चरणमा खेलाइएको लिग ६ महिनासम्म चलेको थियो ।
पहिलो चरणमा १० टोलीको सहभागिता थियो । सिंगल राउन्ड रोबिन पद्धतिअनुसार अंकतालिकामा शीर्ष पाँचभित्र अटाएका टोलीले दोस्रो चरण अर्थात् सुपर लिगमा स्थान बनाए । सुपर लिग डबल राउन्ड रोविन पद्धतिमा खेलाइएको थियो । जहाँ शीर्ष चारमा अटाउनेले इलिमिनेटर र क्वालिफायर शैलीको प्लेअफ समीकरणमा स्थान बनाएको थियो । अन्त्यमा च्याम्पियन बन्यो सशस्त्र प्रहरी बलको एपिएफ क्लब । फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४-० ले हराएको थियो ।

फिटनेसमा संघर्ष गरिरहेका खेलाडीलाई लिगले फाइदा पुर्याउँदा लय गुमाएका र चोटबाट पुनरागमन गरेका खेलाडीले आफ्नो पुरानो लय समात्न सफल भए ।
यो लिग नेपाली फुटबल इतिहासकै लामो रहँदा यसको ढाँचालाई लिएर एन्फाले आलोचना सामना गर्नुपर्यो । किनभने च्याम्पियन टोली एपिएफले नेपाल पुलिसविरुद्ध लिग चरण र प्लेअफ गरी कुल पाँच पटक प्रतिस्पर्धा गर्नुपरेको थियो । अनेकौं प्राविधिक त्रुटि र क्लबहरूको आन्तरिक झमेलाबीच लिगका केही सकारात्मक पक्षहरू रहे । सुरुमा त साढे दुई वर्षपछि महिला खेलाडीले बल्ल घरेलु लिग खेल्ने मौका पाए । यसबाहेक विर्सना चौधरी, सजनी थोकर, सेमिहाङ्मा लिम्बू, मनमाया दमाई, सावित्री किसन, सुष्मा तामाङ, सुक्रिया मियाँजस्ता युवा खेलाडीहरू आफ्नो परिचय दिन सफल भए ।
अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि महिला फुटबलमा मोफसलमै दुइटा आमन्त्रण प्रतियोगिता भए । यी दुवै प्रतियोगितामा एपिएफ च्याम्पियन बन्यो ।
फिटनेसमा संघर्ष गरिरहेका खेलाडीलाई लिगले फाइदा पुर्याउँदा लय गुमाएका र चोटबाट पुनरागमन गरेका खेलाडीले आफ्नो पुरानो लय समात्न सफल भए । जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई भयो ।
यति लामो लिगलाई आधार मानेर अन्तर्राष्ट्रिय फुटबलका दुई प्रतियोगिता कात्तिकमा सम्पन्न साफ च्याम्पियनसिप र फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि टोली निर्माण गरिएको थियो । पहिलो चरणमा गरेको प्रदर्शनका आधारमा कात्तिक महिनामा घरेलु भूमिमा आयोजना भएको साफ च्याम्पियनसिपको सातौं संस्करणका लागि टोली निर्माण गरिएको थियो । साफ च्याम्पियनसिपमा बिडम्बनापूर्ण छैटौं हारपछि पुस महिनामा लिगको दोस्रो चरण सुरु भयो । नेपाली टोलीले दोस्रो चरणलगत्तै लेवनान, किर्गिस्तान र म्यानमारसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेको हो । यो प्रतियोगितामा पनि नेपाल फाइनलमा निराश बन्न पुग्यो । साफ च्याम्पियनसिपमा बंगलादेशसँग २-१ ले पराजित भएको नेपाली टोलीमाथि यो प्रतियोगितामा म्यानमारले २-० को जित हासिल गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो १३औं फाइनल हार हो ।

अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि महिला फुटबलमा मोफसलमै दुइटा आमन्त्रण प्रतियोगिता भए । यी दुवै प्रतियोगितामा एपिएफ च्याम्पियन बन्यो । फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा एपिएफले फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २-१ ले हरायो । त्यस्तै चैत महिनामा चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि एपिएफले बाजी मार्यो । यसपालि पनि आर्मीले उपविजेतामा चित्त बुझायो । एपिएफ टाइब्रेकरमा ४-२ ले विजयी भएको थियो ।
महिला खेलाडीले वर्ष २०८२ को सुरुआती हप्ता नै लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पहिलो संस्करण खेल्नेछन् । नेपालगन्जमा हुने यस प्रतियोगिता वैशाख ५ देखि १५ सम्म हुँदै छ । यही वर्ष एन्फाले महिला फ्रेन्चाइज लिग गर्ने गरी वार्षिक क्यालेन्डर पनि पारित गरेको छ । घरेलु लिगमा कुनै पनि ढिलासुस्ती नगर्ने हो भने महिला खेलाडीले यस वर्ष पनि फुटबलबाहेक अन्य कुरा सोच्न भ्याउने छैनन् ।