जेष्ठ १९, २०८२ आइतबार | १२:१६:४२
एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा
शनिबारको दिन नेपाली फुटबल

तेस्रो एनएसएलका तीन नेपाली प्रशिक्षक

काठमाडौं । यति बेला नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख १३ सम्म चल्ने प्रतियोगितामा ७ फ्रेन्चाइज टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यस पटक फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडीमा मात्र नभएर प्रशिक्षकमा पनि निर्भर देखिएका छन् । सातमध्ये तीन टोलीले मात्रै स्वदेशी प्रशिक्षकमाथि विश्वास गरेका छन् ।

एफसी चितवन, पोखरा थन्डर्स र झापा एफसीले नेपाली प्रशिक्षक नियुक्त गर्दा अन्य टोलीमा विदेशी प्रशिक्षक छन् ।

यस सिजन कुनै पनि टोलीले प्रशिक्षकलाई दोहोर्याएका छैनन् । सातै टोलीको प्रशिक्षक नयाँ छन् ।

विदेशी प्रशिक्षकको आगमन बढ्दोएनएसएलको तेस्रो सिजनसम्म आइपुग्दा विदेशी प्रशिक्षकको संख्या पनि बढेको छ । पहिलो सिजनमा ७ टोलीले सहभागिता जनाउँदा विदेशी प्रशिक्षक भित्र्याउने एकमात्रै टोली थियो विराटनगर सिटी एफसी । सिटीमा भारतका यान ल प्रशिक्षक जिम्मेवारीमा रहेका थिए ।

दोस्रो सिजनमा विराटनगर सिटीले सहभागिता नजनाउँदा तीन नयाँ टिम थपिए । टोली संख्या पुग्यो ९ । दोस्रो सिजनमा थपिएका थिए झापा एफसी, वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची एफसी ।

त्यसमा तीन टोलीले विदेशी प्रशिक्षक भित्र्याएका थिए । यो सिजनमा नवआगन्तुक झापाले स्पेनका ओरिएला मोहेडानो, ललितपुर सिटीले अस्ट्रेलियाका इयान आन्द्रे गिलियन र एफसी चितवनले भारतका मेहराजुद्दिन वाडुलाई प्रशिक्षक बनाएका थिए ।

चितवनका नवीन न्यौपानेबाहेक सबै प्रशिक्षकले पहिलो पटक एनएसएलको अनुभव गरिरहेका छन् ।

गिलियनले ललितपुरलाई च्याम्पियन नै बनाए । विदेशी प्रशिक्षक ल्याएका झापा र चितवन भने प्लेअफमै पुग्न सकेनन् ।

धनगढीका प्रशिक्षक हुँवा म्यानुयल मार्टिनेज, तस्विरः सरोज सापकोटा/खेलाडी । 

तेस्रो सिजनमा आइपुग्दा टोली संख्या घटेर फेरि सातमै आएको छ भने विदेशी प्रशिक्षकको संख्या बढेको छ । यस पटक वीरगन्ज र इलामले सहभागिता जनाएन ।

तेस्रो संस्करणमा काठमाडौं रेजर्सले बेल्जियमका प्याट्रिक डे विल्डे, ललितपुरले इङ्ल्यान्डका साइमन ग्यारिसन, बुटवल लुम्बिनीले भुटानका पुष्पलाल शर्मा र धनगढीले स्पेनका हुँवा म्यानुयल मार्टिनेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएका छन् ।

काठमाडौं, बुटवल र धनगढीले पहिलो पटक विदेशी प्रशिक्षक भित्र्याएका हुन् । चितवनका नवीन न्यौपानेबाहेक सबै प्रशिक्षकले पहिलो पटक एनएसएलको अनुभव गरिरहेका छन् ।

यस सिजन कुनै पनि टोलीले प्रशिक्षकलाई दोहोर्याएका छैनन् । सातै टोलीको प्रशिक्षक नयाँ छन् । दोस्रो सिजनमा काठमाडौंले बालगोपाल महर्जन, धनगढीले युगलकिशोर राई र पोखराले नवीन न्यौपानेलाई निरन्तरता दिएका थिए ।

यस्ता छन् एनएसएलका नेपाली प्रशिक्षक

नवीन न्यौपाने (चितवन)

चितवनका प्रशिक्षक नवीन न्यौपाने, तस्विर शौजन्यः एनएसएल । 

अघिल्लो दुई संस्करण पोखरा थन्डर्सको प्रशिक्षण सम्हालेका नीवन न्यौपानेले नयाँ फ्रेन्चाइज टोलीका रूपमा एफसी चितवनलाई पाएका छन् ।

न्यौपानेको प्रशिक्षणमा पोखराले दोस्रो सिजनमा प्लेअफसम्म यात्रा तय गरेको थियो । उनीसँग प्रशिक्षणमा लामो अनुभव छ । राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका न्यौपानेले शीर्ष डिभिजनका त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षण पनि सम्हालिसकेका छन् ।

प्रवेश कटुवाल (झापा)

झापाका प्रशिक्षक प्रवेश कटुवाल, तस्विरः सरोज सापकोटा/खेलाडी । 

गत सिजन एनएसएल ‘डेब्यू’ गरेको झापाले स्पेनका ओरिएला मोहेडानालाई प्रशिक्षक बनाएको थियो । क्लबले यस पटक भने झापाकै प्रशिक्षक प्रवेश कटुवाललाई रोजेको छ ।

कटुवालले पहिलो पटक एनएसएलमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । मछिन्द्र एफसीलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिगको उपाधि जिताएका कटुवालले राष्ट्रिय टिमको कार्यबाहक र सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

सुमन श्रेष्ठ (पोखरा)

ललितपुर सिटीविरुद्धको खेलका दौरान पोखराका प्रशिक्षक सुमन श्रेष्ठ, तस्विरः सरोज सापकोटा/खेलाडी । 

प्रशिक्षक सुमन श्रेष्ठका लागि पनि यो एनएसएलको ‘डेब्यू’ सिजन हो । टोलीले लगातार तेस्रो संस्करणमा स्वेदशी प्रशिक्षकमाथि नै विश्वास गरेको छ । अघिल्लो दुई संस्करण भने पोखराको प्रशिक्षण नवीन न्यौपानेले सम्हालेका थिए ।

श्रेष्ठले प्रशिक्षकको रूपमा मनाङ मर्स्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग जितिसकेका छन् । यसै सिजन उनले चर्च ब्वाइज युनाइटेडलाई मोफसलका चार गोल्डकप उपाधि दिलाएका छन् ।