चैत्र १९, २०८१ मंगलबार | ०६:२९:४८
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती
शनिबारको दिन नेपाली फुटबल

अस्तव्यस्त बनेको मोफसलका प्रतियोगितामा चर्च ब्वाइज हाबी

काठमाडौं । पछिल्ला चार महिना नेपाली फुटबल मोफसलका प्रतियोगिताहरूमा रम्यो । यी चार महिनामा एक दर्जनभन्दा बढी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताहरू जुध्दा एनआरटी, चर्च ब्वाइज, मछिन्द्र जस्ता क्लबहरूले आफ्नो दुई टोली मैदान उतारेको थियो ।

‘१०० दिन, ९ प्रतियोगिता, ४ उपाधि, ४ उपविजेता र १ मा हार,’ गत शनिबार मेचीनगर गोल्डकपको उपाधि जितेपछि चर्च ब्वाइजका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका थिए ।

यसबाट पनि बुझ्न सकिन्छ कि यो अवधिमा खेलाडीहरू कति व्यस्त थिए भनेर । एउटै समयमा प्रतियोगिता हुँदा खेलाडीहरू लामो यात्रा तय गरेर खेल्न बाध्य भएका थिए ।

यसले गर्दा खेलाडीहरूले आफ्नो शतप्रतिशत दिन नसकेको मैदानमा प्रस्ट देखिन्थ्यो । देशमा लिग नहुँदा खेलाडीहरू जोखिम मोलेरै भए पनि प्रतियोगिता खेल्न बाध्य छन् ।

पुराना क्लबले आफ्नो लिगेसी गुमाइरहँदा नेपाली फुटबलमा चर्च ब्वाइज जस्ता नयाँ क्लबको उदय भइरहेको छ ।

मछिन्द्र फुटबल क्लबका प्रशिक्षक गणेश कटुवाल यसरी खेल्नुपर्दा खेलाडी घाइते हुने जोखिम रहेको तर्क गर्छन् । ‘गोल्डकपहरू धेरै भए । दैनिक खेल्नुपर्दा खेलाडी थकित छन् । लामो यात्रा तय गर्नुपरेकाले खेलाडीबाट पनि सोचेअनुसार प्रदर्शन आउन सकिरहेको छैन । पर्याप्त आराम नमिल्दा खेलाडी घाइते हुने सम्भावना बढ्छ,’ प्रशिक्षक कटुवालले मेचीनगर गोल्डकपका क्रममा भनेका थिए, ‘नियमित लिग नहुँदा जोखिम मोलेरै भए पनि खेलाउनुपर्ने बाध्यता छ । एन्फाले यसमा ध्यान दिनुपर्छ ।’

विराट गोल्डकपको च्याम्पियन थ्री स्टार क्लब ।

मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरू मनाङ मर्स्याङ्दी र थ्री स्टारकाे  सक्रियता त्यत्ति प्रभावकारी देखिएन ।

यो वर्ष थ्री स्टारले आफूलाई केही प्रतियोगितामा सीमित गर्दा मनाङ भने गुमनाम नै रह्यो । पछिल्ला केही वर्षयता पहिले जस्तो मोफसलका प्रतियोगितामा नदेखिए पनि मनाङले आहा-रारा पोखरा गोल्डकपमा भने सहभागिता जनाउने गरेको थियो । टोलीले यसपालि यो प्रतियोगितामा पनि सहभागिता जनाउने इच्छा देखाएन । सायद मनाङले मोफसलका कुनै पनि प्रतियोगितामा सहभागिता नजनाएको यो नै पहिलो पटक हो ।

आजदेखि तिलोत्तमा गोल्डकप सुरु हुँदैछ । यो  यस वर्षका लागि मोफसलको अन्तिम प्रतियोगिता हुनेछ ।

पुराना क्लबले आफ्नो लिगेसी गुमाइरहँदा नेपाली फुटबलमा चर्च ब्वाइज जस्ता नयाँ क्लबको उदय भइरहेको छ । यो वर्ष चर्च ब्वाइज युनाइटेड नै मोफसलका प्रतियोगितामा उत्कृष्ट देखियो । मोफसलका प्रायः सबै प्रतियोगितामा सहभागिता जनाएको चर्च ब्वाइजले चार उपाधि उचाल्यो ।

मछिन्द्र एफसी, विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम ( एनआरटी) ले समान दुई तथा अर्को विभागीय टोली नेपाल पुलिस, नमोबुद्ध क्लब, बुटबल लुम्बिनी एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लबले समान एक उपाधि उचालेका छन् ।

चर्च ब्वाइज युनाइटेडले यो वर्ष फाल्गुनन्द गोल्डकप, झापा गोल्डकप, बागमती गोल्डकप र मेचीनगर गोल्डकप च्याम्पियन बन्यो । मछिन्द्र इटहरी गोल्डकप र कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जित्दा एपिएफले राइनो गोल्डकप र त्रिवेणी कपको उपाधि उचाल्यो ।

बुढा सुब्बा गोल्डकपको उपाधि जितेपछि खुसीयाली मनाउँदै एनआरटी । 

एनआरटी इलाम गोल्डकप र बुढासुब्बा गोल्डकपको च्याम्पियन बन्यो । यसैगरी पुलिसले वीरगन्ज गोल्डकप, थ्री स्टारले विराट गोल्डकप, नमोबुद्धले पाँचथर गोल्डकप र बुटबल लुम्बिनीले चितवन गोल्डकपको उपाधि जितेका थिए । नेपालमा च्याम्पियन बन्ने एक मात्रै विदेशी टोली बन्यो उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी । टोलीले आहा–रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

आजदेखि तिलोत्तमा गोल्डकप सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । यो  यस वर्षका लागि मोफसलको अन्तिम प्रतियोगिता हुनेछ ।

त्यसपछि नेपाली फुटबल एनएसएल (नेपाल सुपर लिग) को माहोलमा होमिने छ । एनएसएलको तेस्रो संस्करण चैत १६ सुरु हुँदै छ ।

मेचीनगर गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गर्दे चर्च ब्वाइज युनायटेड र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ।