पुस १५, २०८२ बुधबार | ०९:४४:००
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन इटालियन सिरी ‘ए’

पेचिलो बन्दै सिरी ‘ए’ उपाधि होड

काठमाडौं  । इटालीको मिलान सहरका केही प्रख्यात ठाउँमध्ये एक हो, ला स्केला । यो मिलानको चर्चित ओपेरा हाउस हो । जसरी मिलान सहर घुम्नेका लागि ला स्केलाको महत्व छ, त्यति नै महत्व छ सान सिरोको पनि । जहाँ इटालीकै दुई ठूला क्लब इन्टर मिलान र एसी मिलानले फुटबल खेल्ने गर्छन् ।

गत आइतबार सान सिरोमा घरेलु टिम मिलान र नेपोली भिडेका थिए । लिगको शीर्षस्थानमा इन्टरले कब्जा जमाइरहेको बेला मिलान र नेपोलीबीचको प्रतिस्पर्धा दोस्रो स्थानमा रहनका लागि थियो । यो खेल सुरु हुनुअघि सान सिरोको सबै बत्ती निभाइयो । र, फेरि बालियो । सान सिरोमा जब दुई ठूला टिम आमने–सामने हुन्छन्, त्यहाँको बत्ती बाल्ने र निभाइने गरिन्छ ।

खेल सुरु हुनुअघि मिलान सिरी ‘ए’ को दोस्रो स्थानमा थियो अनि नेपोलीचाहिँ तेस्रो स्थानमा । यी दुई टिमबीचको दूरी ३ अंकको थियो । जारी सिजनको कुनै बिन्दुसम्म मिलान र नेपोली संयुक्त रूपमा शीर्षस्थानमा थिए । नोभेम्बर पहिलो सातासम्मकै कुरा गर्ने हो भने दुवै टिम लिगमा अपराजित थिए । सुरुवाती १२–१२ खेल खेल्दा मिलान र नेपोलीले १०–१० जित हासिल गरेका थिए ।

त्यतिबेला सबैमा कौतूहल थियो, कुन टिमले यत्तिको बलियो लयलाई निरन्तरता दिन सक्ला ? अन्ततः दुवै टिमले अंक गुमाउँदै गए अनि सान सिरोलाई नै घर मान्ने अर्को टिम इन्टर लिग लिडर बन्न पुग्यो । सिरी ‘ए’ को अंकतालिकामा परिवर्तन यस्तो बेलामा देखियो, जतिबेला ठूला टिमहरू अत्यधिक व्यस्त हुने बेला आयो ।

यसकारण पनि आइतबारको त्यो खेलको महत्व धेरै थियो । किनभने यो खेल जित्ने टिमले आउँदा साताहरूमा इन्टरलाई थप नजिकबाट टक्कर दिने अवस्था आउने सम्भावना रहन्थ्यो । नेपोलीसँग भिड्न मिलानका तीन रक्षक थिएनन् । थियो हर्नान्डेजलाई ज्वरो आएकाले स्टेफानो पियोलीले उनलाई प्रयोग गर्न पाएनन् अनि डेभिड कालाब्रिया र सिमोन कायर चोटका कारण हाल मैदानबाहिर छन् । अग्रपंक्तिमा खेल्ने राफायल लेआओ र एन्टे रेबिच पनि मिलानको टिममा थिएनन् ।

उता नेपोलीको टिममा पनि अनुपस्थित खेलाडीको सूची लामै थियो । कप्तान लोरेन्जे इन्सिग्ने, मुख्य स्ट्राइकर भिक्टर ओसिमहेन जस्ता खेलाडीविनै नेपोलीको अग्रपंक्ति मिलानविरुद्ध उत्रिएको थियो । रक्षापंक्तिका लिन्चपिन कालिडौ कौलिबाली र मारियो रुई तथा मिडफिल्डर फाबियान रुइज पनि नेपोलीका लागि उपलब्ध थिएनन् । एक हिसाबले भन्ने हो भने दुवै टिम असन्तुलित पहिलो एघार प्रयोग गर्न बाध्य भएका थिए । यसकै असर हुनुपर्छ, सिरी ‘ए’ का दुई आक्रामक टिमको प्रदर्शन खल्लो देखियो ।

खेलको पाँचौं मिनेटमा नेपोलीले अग्रता लियो । उसका लागि इल्जिफ इल्मासले गोल गरे । नेपोलीले सुरुवाती गोल गरेपछि सान सिरोमा उपस्थित दर्शकले सोचे, यो खेल उत्साहप्रद हुनेवाला छ । तर उनीहरूको अनुमान फेल खायो । न नेपोलीले गोल थप्न सक्यो न त मिलानले प्रतिक्रियात्मक खेल देखाउन सक्यो । पहिलो गोलपछि दुवै टिमका कुनै पनि प्रहार ‘टार्गेट’मा थिएनन् । दोस्रो हाफको उत्तराद्र्धमा मिलानले गोल त गर्यो तर भिएआर पद्धतिले त्यसलाई मान्यता दिएन । फ्रान्क केसीको त्यो गोलले नेपोलीको रक्षापंक्तिलाई पंगु साबित त गर्यो तर रेफ्रीलाई मनाउन भने सकेन । खेलभरि नेपोलीविरुद्ध गतिलो आक्रामण बुन्न नसकेको मिलानका लागि केसीको त्यो गोलले सन्देश दिन सक्थ्यो । सन्देश सहरी प्रतिद्वन्द्वी इन्टरका लागि हुने थियो । जो अंकतालिकाको शीर्षस्थानमा आसिन थियो ।

मिलानको गोलले मान्यता नपाउँदै गर्दा इटालीमा बहस सुरु भइसकेको थियो । बहस गोललाई मान्यता दिनुपर्ने थियो वा रेफ्रीको निर्णय सही थियो भन्नेमा मात्रै सीमित थिएन । बहसको विषय अब मिलानले गत सिजनको च्याम्पियन इन्टरलाई टक्कर दिन सक्छ कि सक्दैन भन्ने थियो ।

उता नेपोलीका लागि भने रेफ्रीको निर्णय वरदान साबित भयो । जसको महत्व दूरगामी हुनेवाला छ । नेपोलीका लागि १–० को यो जित लिग उपाधि दौडका लागि महत्वपूर्ण साबित हुनसक्छ भनेर अनुमान गर्नेको संख्या धेरै छ । डिसेम्बर अन्त्यसँगै सिरी ‘ए’ मा विन्टर ब्रेक हुनेछ । विन्टर बे्रक सुरु हुनुअघि १९औं चरणका खेल सकिने छन् ।

नेपोलीसँगको खेलमा मिलानले आफ्ना प्रमुख रक्षकहरूको अभाव महसुस गर्यो । तर, यो खेलले अर्को महत्वपूर्ण सन्देश पनि दियो । त्यो भनेको के हो भने सिरी ‘ए’ जित्न मिलानसँग पर्याप्त आक्रामक खेलाडी छैनन् । ज्लाटन इब्राहिमोभिचले मिलानका लागि ७ गोल गरेका छन् । तर करियरको उत्तर्राद्धमा रहेका यी स्विडिस खेलाडीसँग मिलानले ठूलो अपेक्षा राख्न सुहाउँदैन । अनि विंग्सबाट खेल्दै केही गोल गरेका लेआओ पनि हाल मैदानबाहिर छन् ।

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिनुमा पनि मिलानको कमजोर अग्रपंक्ति मुख्य कारण थियो । मिलानका फरवार्डहरूले निर्णायक मानिएका भिडन्तमा पनि गोल गर्न सकेनन् । घरेलु लिगमा पनि त्यही समस्या दोहोरिन थालेको छ । उसो त रक्षापंक्तिमा पनि मिलान इन्टर र नेपोलीभन्दा कमजोर देखिएको छ । मैदानभित्रको समस्याबाहेक अर्को समस्या खेप्नुपर्नेछ मिलानले । त्यो हो, अफ्रिकन कप अफ नेसन्स । अफ्रिकाको सर्वोच्च प्रतियोगिता मिलानका लागि किन समस्या हो भने टोलीका केही खेलाडी आफ्नो राष्ट्रिय टिमबाट खेल्न अफ्रिका फर्कनेछन् । हुन त नेपोलीबाट पनि कयौं खेलाडीले यही प्रतियोगिताका लागि बिदा माग्नेछन् ।

तर, इन्टरलाई भने अफ्रिकन कप अफ नेसन्सले असर पुर्याउने छैन । किनभने इन्टरमा अफ्रिकी खेलाडीको संख्या शून्य छ । जबकि नेपोलीका मुख्य स्ट्राइकर ओसिमहेन नाइजेरियाको राष्ट्रिय टिमसँग मिसिने छन् अनि कौलीबाली पनि नेपोलीमा रहने छैनन् । उता मिलानले पनि केसी जस्ता प्रभावशाली मिडफिल्डर गुमाउने छ ।  

यस्तोमा नेपोली र मिलानका लागि इन्टरमाथि दबाब सिर्जना गरिरहन फलामको च्युरा चपाएसरह हुनेछ । मिलानले सिरी ‘ए’ नजितेको १० वर्ष भइसक्यो । गत सिजन उपाधि नजिक पुगे पनि मिलान अन्ततः इन्टरसामु निरीह बनेको थियो । उता नेपोली त सन् १९९० को दशकयता एक पटक पनि च्याम्पियन बनेको छैन । यसकारण यी दुवै टिमले यसपटक सिरी ‘ए’ जित्नेगरी सिजनको सुरुवात गरेका थिए । तर, आधा सिजन सकिँदा यी दुवै टिम एकपल्ट फेरि असफल हुने हुन् कि भन्ने शंका उत्पन्न भएको अवस्था छ ।