काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत साता मात्र अस्ट्रेलियन मूलका म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको थियो । रस करिब डेढ महिनायता नेपालमै थिए । उनले यो समय नेपाली फुटबललाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका थिए ।
प्रत्यक्ष रूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला धाइरहेका म्याटले महिना दिन बित्न नपाउँदै थाहा पाइहाले नेपालीहरू फुटबलका लागि कति पागल रहेछन् भन्ने कुरा ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा गत माघमा सम्पन्न सभापति कप फुटबल प्रतियोगिताका दौरान म्याट पहिलो पटक रंगशालामा पुगेका थिए ।
प्रतियोगितामा घरेलु टोलीको खेल हुँदा समर्थक खचाखच भरिएको दृश्य रसका लागि केही हदसम्म असामान्य जस्तै थियो । यही क्रममा उनले रंगशाला बाहिरको क्रेज पनि आत्मसात गरे ।
सभापति कपपछि रंगशालाले म्यानमार, किर्गिस्तान र लेबनानको राष्ट्रिय महिला टोलीको आतिथ्यता गरेको थियो । नेपालले घरेलु मैदानमा फेब्रुअरी १७ देखि २६ सम्म चार देशसम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गरेको हो । यो प्रतियोगिता यस्तो रह्यो, जसले नेपाली फुटबलप्रति रसको दृष्टिकोण नै परिवर्तन गरिदियो ।

प्रतियोगितामा घरेलु टोलीको खेल हुँदा समर्थक खचाखच भरिएको दृश्य रसका लागि केही हदसम्म असामान्य जस्तै थियो । यही क्रममा उनले रंगशाला बाहिरको क्रेज पनि आत्मसात गरे । मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएकै दिन उनले भने, ‘फुटबलप्रति नेपाली जनताको लगाव गहिरो रहेछ । मैले जहाँकहीँ फुटबलका लागि प्यासनेट नेपाली समर्थक देखें । ट्याक्सी ड्राइभरदेखि बाटोमा हिँड्दै गरेका मानिसको मुखमा महिला फुटबलका विषय झुन्डिरहेको थियो । होटलतिर पनि ग्राहकहरू टिभीमा फुटबल हेरिरहेका थिए । साँच्चै म नेपाल जस्तो देशमा फुटबल प्रशिक्षकको जिम्मेवारी पाएकामा निकै खुसी छु ।’
नेपाल र म्यानमारबीचको फाइनल हेर्न करिब साढे १५ हजार घरेलु समर्थक उपस्थित थिए । फाइनलको यो माहोलले उनलाई झन् बढी लोभ्यायो ।
प्रशिक्षकका लागि आवेदन दिनुअघि नै उनलाई थाहा थियो, नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा हुने साफ च्याम्पियनसिप जितेको छैन । युइएफए प्रो लाइसेन्साप्त प्रशिक्षक रसले भनिहाले, म साफ च्याम्पियनसिप जित्न चाहन्छु ।
‘सायद हामी सबैलाई थाहा छैन, हामीसँग यहाँ के छ भन्ने । यी कुराहरूले धेरै महत्व राख्छ । म मेरो व्यावसायिक करिअरका क्रममा विभिन्न राष्ट्रहरु गइसकें । यत्तिको इलेक्ट्रिफाइङ फाइनल हामीले हत्तपत्त देख्न पाउँदैनौं,’ रसले सुनाए, ‘मेरो काम भनेको समर्थकको यही जोस र उर्जालाई जम्मा गरेर पुरुष राष्ट्रिय टोलीलाई मैदानमा उतार्नु हो । सुरुमा म यो काम पुरुष टोलीबाट सुरु गर्न चाहन्छु अनि सम्भव भए महिला, युवा, क्लब र विद्यालयस्तरमा काम गरेर नेपाली फुटबललाई नयाँ उचाइमा लैजान चाहन्छु ।’

यसबीच रसले थाहा पाए, वर्तमान परिवेशमा नेपाली फुटबलको धोको के हो भनेर । प्रशिक्षकका लागि आवेदन दिनुअघि नै उनलाई थाहा थियो, नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा हुने साफ च्याम्पियनसिप जितेको छैन । युइएफए प्रो लाइसेन्साप्त प्रशिक्षक रसले भनिहाले, म साफ च्याम्पियनसिप जित्न चाहन्छु ।
साफ च्याम्पियनसिपले १४औं संस्करण पार गरिसक्दा नेपालले एक पटक मात्र फाइनलमा स्थान बनाएको इतिहास छ । यसबीच नेपालमा १६ विदेशी प्रशिक्षक आए । यी सबैले प्रशिक्षकमा नियुक्ति हुँदै गर्दा यही कुराको आश्वासन दिएका थिए । तर, नेपाले उपलब्धि भने हासिल गर्न सकेको छैन ।
चुनौतीका लागि रस कम्तीमा पनि व्यावहारिक रूपमा तयार देखिन्छन् । उनी भन्छन्, ‘टोलीलाई साफ च्याम्पियनसिप जिताउनु र एसियन कपको छनोटमा सकेसम्म नजिक पुर्याउनु मेरो उद्देश्य हुनेछ ।

यही वर्ष जुनमा साफ च्याम्पियनसिपको १५औं संस्करण आयोजना हुनेछ । रससँग तयारीका लागि पाँच महिनाको समय छ । त्यसअघि रसको नेतृत्वमा टोलीले सन् २०२७ एएफसी एसियन कप छनोटमा प्रतिनिधित्व गर्नेछ । फिफा विश्वकप २०२६ को एसियाली छनोटको दोस्रो चरणबाट बाहिरिएको नेपालले भियतनाम, मलेसिया रलाओससँग एसियन कप पुग्नका लागि चुनौती पेस गर्नेछ । साफ च्याम्पियनसिपअघि नेपालले मलेसियासँग मार्च २५ मा खेल्ने तालिका छ । साफ च्याम्पियनसिपपछि नेपालले छनोटका अन्य ५ खेल खेल्ने तालिका छ ।
यी चुनौतीका लागि रस कम्तीमा पनि व्यावहारिक रूपमा तयार देखिन्छन् । उनी भन्छन्, ‘टोलीलाई साफ च्याम्पियनसिप जिताउनु र एसियन कपको छनोटमा सकेसम्म नजिक पुर्याउनु मेरो उद्देश्य हुनेछ । यी महत्त्वाकांक्षाहरू धेरैलाई अवास्तविक लाग्न सक्छ । तर, कम लक्ष्य राख्नु भनेको हामीसँग यहाँ भएका प्रतिभालाई कम आँकलन गर्नु हो । हामीसँग अविश्वसनीय व्यक्तिगत क्षमताका खेलाडीहरू छन् । केही अन्तर्राष्ट्रिय स्तरका पनि । उनीहरूलाई सही मार्गदर्शनका साथ चाहिएको छ । नेपालमा प्रतिभाको कमी छैन ।’
