काठमाडौं । आफूभन्दा फिफा वरीयतामा ४८ स्थानमुनिको नेपाललाई हराउँदै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि उचाल्यो । दशरथ रंगशालामा १०३औं वरीयताको नेपालले म्यानमारलाई चुनौती त दियो । तर, निर्णायक मोडमा पुनः ‘फाइनल थर्ड’मै चुक्यो ।
नेपाल फाइनल पुगेर पराजित भएको यो १३औं पटक हो । यसअघि साफ फुटबल च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग)मा मात्रै फाइनलमा नेपाल पराजित हुँदै आएको छ । तर, पछिल्लो दशकमा महिला फुटबलको स्तर वृद्धि भएसँगै नेपालले फोर नेसन्स कप, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र आमन्त्रित टोलीको रूपमा वाफ महिला च्याम्पियनसिप पनि खेलेको छ । वाफमा पनि नेपाल फाइनलमै पराजित भयो ।
अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशक भइरहँदा नेपालले हालसम्म १३ पदक फाइनल खेलिसकेकाे भए पनि उपाधिबाट वञ्चित छ । यस पटक विगतका १२ फाइनल जस्ताे पनि थिएन । यो त मात्र चार देश सहभागी गराएर खेलाइएको प्रतियोगिता न थियो ।
फाइनलमा नेपालले उपाधि जित्ने अपेक्षासहित मैदानमा करिब १६ हजार समर्थक उपस्थित थिए । यसपटक खेल सुरु नहुँदै समर्थकले प्यारापिटमा भरिएको थियो । युट्युबमा प्रत्यक्ष प्रशारण हेर्नेकाे संख्या त ५ लाखभन्दा बढी थियो ।
यही प्रतियोगिताको निर्णायक खेलमा पनि नेपालले सफलता पाउन सकेन । किनभन्दा उपाधि भोक र उपाधिका लागि खेलिएको निर्णायक खेलमा खेलाडीको डर हाबी भइदिन्छ । यसपालि पनि भएको त्यही हो । पूर्वकप्तान तथा फोर नेसन्स कपकी सर्वाेत्कृष्ट खेलाडी रेनुका नगरकोटेले पनि उपविजेता भएपछि यही भनिन्, ‘फाइनलको पहिलो हाफमा निकै राम्रो खेलेका थियौं । तर, ठूला टिमसँग खेलाडी आत्तिने अवस्था छ । यसपालिको फाइनलमा पनि त्यही भयो । त्यसैले हार्न पुग्यौं ।’

नेपालले लिग चरणको अन्तिम खेलमा पनि म्यानमारसँग खेलेको थियो । यही खेलमा नेपालले दुई पटक पछि पर्दा खेल २-२ को बराबरीमा टुंग्याउन सफल भयो । सावित्रा भण्डारी र सविता रानामगरले गोल गर्दै नेपालको हार टारेका थिए । यसअघि नेपालले किर्गिस्तान र लेवनानलाई समान १-० ले हराएको थियो ।
फाइनलमा नेपालले उपाधि जित्ने अपेक्षासहित मैदानमा करिब १६ हजार समर्थक उपस्थित थिए । यसपटक खेल सुरु नहुँदै समर्थकले प्यारापिटमा भरिएको थियो । युट्युबमा प्रत्यक्ष प्रशारण हेर्नेकाे संख्या त ५ लाखभन्दा बढी थियो । तर फाइनलमा डिफेन्स र गोलकिपरबीचको तालमेल अभाव छचल्कियो भने प्रशिक्षकले भनेजस्तो र योजनाअनुसार मिडफिल्डले पनि खेल्न सकेन ।
नेपाली टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले पनि प्रतियोगिता समग्रमा राम्रो भए पनि निर्णायक मोडमै चुकेको बताइन् ।
सावित्रा भण्डारी र रेखा पौडेलले पाएका दुई राम्रा अवसरमा गोल हुन सकेन । काउन्टर अट्याकमा समेत सावित्राले गोल गर्न सकिनन् । लगत्तैको अर्को अवसरमा रेखा चुकिन् । त्यसको असर डिफेन्समा पर्न गयो । नेपाली खेलाडीले म्यानमारको दबाब झेल्न सकेनन् । तीन मिनेट अन्तरमा दुई गोल बेहोरेपछि नेपाली खेलाडीमा निराशा छाएको थियो । आत्मविश्वासी देखिएनन् । ठुलो टिमसँग खेल्दाको डर पुनः हाबी भयो ।
‘दुई दशक हुन लाग्यो हामीले खेल्न थालेको । सबैको लक्ष्य नै उपाधि थियो । तर, हामी सधैं निर्णायक मोडमा चुकेका छौं,’ रेनुका भन्छिन्, ‘हामीलाई म्याच अनुभव नै चाहिएको छ । यस्तै ठूला टिमसँग प्रतिस्पर्धा धेरै गर्नु छ । ठूलो टिम भन्नेबित्तिकै डराउने अवस्था छ । त्यो भनेको ठूला टिमसँगको प्रतिस्पर्धा अझै बढी चाहिन्छ । तबमात्र उपाधि जित्न सकिन्छ ।’

नेपाली टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले पनि प्रतियोगिता समग्रमा राम्रो भए पनि निर्णायक मोडमै चुकेको बताइन् । ‘प्रतियोगिता समग्रमा राम्रो भयो । फाइनलमा उपाधि जित्नैपर्ने दबाब जस्तो पनि थियो । किनभन्दा १२ पटक फाइनल हारिसकेकाले सबैको ध्यान घरमै भएको प्रतियोगिताका कारण पनि उपाधिमै केन्द्रित थियो ।’
च्याम्पियन म्यानमारले भने प्रतियोगिताको भरपूर सदुपयोग गर्यो । जापानिज प्रशिक्षक तेत्सुरो उकीले प्रतियोगितामा२३ खेलाडीलाई नै अवसर दिलाए ।
फाइनलमा हार बेहोरेपछि शुक्रबारै ग्रिसमा व्यावसायिक फुटबल खेल्न गएकी अञ्जिलाले धेरै अवसर पाए एकदिन उपाधि जितेरै छाड्ने सपना रहेको सुनाइन् । उनले त्यसका लागि घरेलु महिला लिगको संरचना बलियो हुनुपर्ने प्रष्ट पारिन् ।
नेपालले एक वर्षमा तीन फाइनल खेलेको छ । उपाधिको भोक कतिको थियो भनेर प्रशिक्षक राजेन्द्र तामाङको निर्णय हेरे पनि पुग्छ । उनले उपाधिकै लागि नयाँ खेलाडीलाई प्रयोग नै गरेनन् । पुराना र आफूलाई भरलाग्ने खेलाडी नै मैदानमा उतारेका थिए । यही प्रतियोगितामा उनको ‘प्लेइङ सेट’ नै हुबहु थियो । केही खेलमात्र सरु लिम्बू, अमृता जैसी, निशा थोकर, अञ्जना रानामगर, अनिता बस्नेत, चन्द्रा भण्डारी र रश्मिकुमारी घिसिङलाई अवसर दिए ।
त्यसबाहेक पहिलो पटक टोलीमा स्थान बनाएका मनमाया दमाईसँगै सुष्मा तामाङले डेब्यू गर्नै पाएनन् । आस गरिएकी अनिता केसीसँगै सरस्वती हमाल र उषा नाथले मौका नै पाएनन् ।

अधिकांश खेलमा प्रशिक्षक तामाङले कप्तान अञ्जिलालाई गोलकिपर, डिफेन्समा गीता राना, पूजा राना, विमला बिक र समिक्षा घिमिरेलाई नै प्रयोग गरे । मिडफिल्डमा प्रीति राई र रेनुकालाई पूर्ण विश्वास गरे । कहिलेकाहींमात्र सविता रानामगर र विमला चौधरीलाई प्रयोगमा ल्याए । एट्याकरमा फ्रान्समा खेलिरहेकी सावित्रालाई पूर्ण विश्वास गर्दा युएईमा खेलिरहेकी रेखा पौडेल र रश्मिलाई वैकल्पिक स्ट्राइकरको भूमिकामा राखे ।
आसन्न एसिया कप र विश्वकप छनोटका लागि आफ्नो टोली तयार पार्न यो प्रतियोगिताको उपयोगिता थियो । तर, नेपालले उपाधिप्रति केन्द्रित हुँदा समग्र खेलाडीको प्रदर्शन जाँच्न पनि पाएन ।
उनले भनेका थिए, ‘हामीले अहिले उपाधिका लागि खेलिरहेका छौं । नतिजा चाहन्छौं भने मैले त्यस्तो अवस्थामा जो खेलाडी क्षमतावान छ, त्यसैलाई प्रयोग गर्छु ।’ ‘नयाँ खेलाडी खेलाउने र ल्याउने योजना त फुटबल संघले आफैले १०-१२ वर्ष अगाडिदेखि बनाउनुपर्छ । तब, नयाँ खेलाडीले पनि अवसर पाउँछन्,’ उनको तर्क थियो ।
च्याम्पियन म्यानमारले भने प्रतियोगिताको भरपूर सदुपयोग गर्यो । जापानिज प्रशिक्षक तेत्सुरो उकीले प्रतियोगितामा २३ खेलाडीलाई नै अवसर दिलाए । यो कुनै अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिता थिएन । यो त केबल चार राष्ट्रले फिफा विन्डोमा खेलिएको मैत्रीपूर्ण प्रतियोगिता थियो । त्यसले गर्दा आफ्ना खेलाडीको प्रदर्शन जाँच्ने माध्यम थियो ।

आसन्न एसिया कप र विश्वकप छनोटका लागि आफ्नो टोली तयार पार्न यो प्रतियोगिताको उपयोगिता थियो । त्यसलाई म्यानमारले भरपुर फाइदा लियो । तर, नेपालले उपाधिप्रति केन्द्रित हुँदा समग्र खेलाडीको प्रदर्शन जाँच्न पनि पाएन । कहिल्यै भरिभराउ दर्शकमाझ नखेलेको म्यानमारले दशरथ रंगशालाको उपस्थितिमा खेल्नुलाई पनि ठूलो उपलब्धिको रूपमा लिएको प्रशिक्षक उकीले पटक पटक बताइरहे ।
यता, किर्गिस्तान सबै खेलमा पराजित भएर बाहिरियो भने लेवनानले एक खेलमा मात्रै जितको स्वाद चाख्यो ।