मंसिर १२, २०८२ शुक्रबार | ०२:०६:००
पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर पावरप्लेमा सुदूरपश्चिमले ब्राउन र लिनलाई गुमायो
शनिबारको दिन नेपाली फुटबल

उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर

काठमाडौं ।  अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका लागि प्रशिक्षक राजेन्द्र तामाङले २ नयाँ खेलाडी समावेश गर्दै २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली घोषणा गरेका छन् । उनले विभागीय टोली एपिएफ क्लबबाट खेलेकी लेफ्टब्याक मनमाया दमाई र वालिङको प्रतिनिधित्व गरेकी मिडफिल्डर सुस्मा तामाङलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेका हुन् ।

तर, प्रशिक्षक तामाङले गरेको टिम घोषणा भने अप्रत्यासित जस्तै रह्यो । राष्ट्रिय महिला लिगकै उत्कृष्ट गोलकिपर घोषित सावित्री किशनले नै टिममा स्थान बनाउन सकिनन् । लिगभर पूरा खेल खेलेकी सावित्रालाई पनि यो निर्णय अप्रत्यासित लागेको हुनुपर्छ ।

‘समग्रमा टिम राम्रो बनेको छ । ४ नयाँ खेलाडी ल्याउने योजना थियो । तर, बेञ्च पनि बलियो चाहिन्छ भनेर २ नयाँ ल्याउँदा २ खेलाडीलाई कमब्याक गराएको छु,’ तामाङले भने ।

लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि वेस्ट गोलकिपर पाउनेमा ढुक्क थिइनन् । एन्फाले उत्कृष्ट गोलकिपर पुरस्कार दिँदा सावित्री सरप्राइज भइन् । तर, अर्काे सरप्राइज भने टिममै नपर्दा हुनुपरेको छ । लिगकै उत्कृष्ट गोलकिपरलाई प्रशिक्षक तामाङ र एन्फाले राष्ट्रिय टिममा स्थान दिन उपयुक्त नै देखेनन् ।  

राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन , तस्विर सरोज सापकोटा/खेलाडी ।  

सावित्रीमात्रै होइनन्, यसपल्ट एपिएफबाटै खेलेकी राइटब्याक प्रतीक्षा चौधरीको पनि सम्भावना उस्तै थियो । पुलिसबाट खेलेकी बिर्सना चौधरीको प्रदर्शन पनि बिर्सन नसकिने थियो । तर, दुवैलाई बाहिर राख्न एन्फाले हिच्किचाएन । सायद प्रशिक्षक तामाङको रणनीतिसँग दुवै खेलाडीको प्रदर्शनले मेल खाएन ।

यद्यपि आवश्यकताअनुसार प्रशिक्षक तामाङले घाइते लेफ्टब्याक हीराकुमारी भुजेलको स्थानमा मनमाया र दीपा शाहीको स्थानमासुस्मालाई अवसर दिएका छन् । प्रशिक्षक तामाङले साफ च्याम्पियनसिपमा टोली बाहिर रहेका स्ट्राइकर चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाललाई भने कमब्याक गराएका छन् ।

लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि सजनी थोकरले कमब्याक गर्न सकिनन् । पुलिसबाट खेलेकी सम्झना लावती र संकटाबाट खेलेकी ममता पुन पनि बाहिरिए । बागमती युवा क्लबबाट खेलेकी गोलकिपर सुजाता तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकिनन् ।

दशरथ रंगशालामा नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारको सामना गर्नेछ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलेकी विमला थापा, वालिङकै सुक्रिया मिया प्रतिभाशाली रहे पनि टोलीकमै स्थान बनाउन सकेनन् ।

प्रशिक्षक तामाङ भने यो टिम राम्रो बनेको बताउँछन् । तर उनले धेरै नयाँ खेलाडीलाई अवसर दिन भने नसकेको स्विकारे । ‘समग्रमा टिम राम्रो बनेको छ । ४ नयाँ खेलाडी ल्याउने योजना थियो । तर, बेञ्च पनि बलियो चाहिन्छ भनेर २ नयाँ ल्याउँदा २ खेलाडीलाई कमब्याक गराएको छु,’ तामाङले भने ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका सुस्मा तामाङ (बायाँ) र मनमाया दमाइ । 

प्रशिक्षक तामाङ सेनाको सहायक सेनानी तालिममा रहेकी अमिषा कार्कीको अनुपस्थितिमा सरस्वती र चन्द्रालाई टिममा कमब्याक गराएका हुन् ।

अन्य खेलाडी भने पुरानै छन् । गोलकिपरमा कप्तान अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथले नै स्थान बनाएका छन् । रक्षकमा अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, विमला चौधरी र सुस्मा छन् । स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

नेपाल आएको टिममा सबैभन्दा बलियो म्यानमार नै छ । म्यानमार फिफा वरीयताको ५५ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेवनान १३४औं स्थानमा छन् । 

प्रशिक्षक तामाङले पहिलो रोजाइमा गोलकिपर अञ्जिला, रक्षकमा पुजा राना, अमृता जैसी, गीता राना र विमला विकलाई अवसर दिन सक्छन् । मिडफिल्डरमा रेनुका, प्रीति र सरु रहँदा स्ट्राइकरमा सविता, रेखा र सावित्रालाई नै प्रयोग गर्नेछन् ।

फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत तय भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप नेपालसहित बलिया राष्ट्र किर्गिस्तान, म्यानमार र लेवनान सहभागी हुनेछन् । दशरथ रंगशालामा नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारको सामना गर्नेछ । लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

एपिएफको जर्सीमा प्रतिक्षा चौधरी ,तस्विर सरोज सापकोटा/खेलाडी ।  

नेपाल आएको टिममा सबैभन्दा बलियो म्यानमार नै छ । म्यानमार फिफा वरीयताको ५५ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेवनान १३४औं स्थानमा छन् ।