फाल्गुन २८, २०८१ बुधबार | १०:२३:४२
इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित
शनिबारको दिन नेपाली फुटबल

नम्बर १० पोजिसनमा जम्दै सरु

काठमाडौं । फुटबल सामूहिक खेल हो । सफलताको जस वा असफलताको दोष एउटै खेलाडीलाई दिइयो भने त्यसले सही अर्थमा न्याय नगर्न सक्छ । सफलतामा एउटै खेलाडीलाई नायकका रुपमा प्रस्तुत गर्दा बाँकी खेलाडीको योगदानको अवमुल्यन हुने खतरा जति रहन्छ, उत्तिकै असफलतामा कोही एकलाई खलनायक बनाइँदा पनि त्यसले फुटबलजस्तो ‘टिम गेम’ को मर्म बोक्न सक्दैन ।

यसैसाता दशरथ रंगशालामा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगम विभागीय टोली नेपाल एपिएफ क्लबलले अपराजित रहँदै उपाधि उचाल्यो । लिगमा एपिएफले १९ खेल खेल्दा १८ जित र १ बराबरीको नतिजा निकालेको थियो । नेपाली महिला फुटबलमा लामो समयदेखि एकछत्र राज गरिरहेको एपिएफको टोलीमा सब एकसेएक खेलाडी छन् । ९ जना त राष्ट्रिय खेलाडीकै साथ एपिएफले पाएको छ ।

चोटका कारण करिब १ वर्षको निराशाजनक समयपछि मैदान फर्किएकी सरुलाई सुरुमा फेरि उच्च स्तरको फुटबलमा पुनरागमन गर्न सक्नेमै शंका थियो । 

एपिएफको टोलीले पनि सामूहिक प्रयास, क्षमता र प्रतिबद्धतामा लगाचार चौथो पटक लिग जितेको हो । फुटबल सामूहिक खेल भइहरँदा पनि कहिलेकाँही कोही खेलाडी विशेषको उपस्थितीले पूरा टिमलाई प्रेरित गर्ने गर्छ । उसको उपस्थितीमात्रले पनि पूरा टिमको प्रदर्शनमा परिवर्तन ल्याउन सक्छ । यसअर्थमा कहिलेकाँही कोही एक खेलाडीको विशेष चर्चा अत्यावश्यक बन्ने गर्छ ।

एपिएफले यसपाली जितेको लिगमा त्यस्तै कोही एक पात्रको खोजी गर्ने हो भने सरु लिम्बुको नाम लिँदा फुटबलको मर्म र टिम भावनामाथि पनि न्याय नै हुनेछ । हो, लिगमा एपिएफको सानदार प्रदर्शनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीमध्ये एक हुन् सरु लिम्बु ।

सामान्यतया सरु सेन्ट्रल मिडफिल्डमा खेल्न रुचाउँछिन् । तर प्रशिक्षक जिवेशकुमार पाण्डेले लिगमा उनलाई नम्बर १० को नयाँ भूमिकामा उतारे । भूमिका नयाँ भए पनि सुरुले आफूलाई नम्बर १० पोजिसनमा सम्भावना बोकेको खेलाडीका रूपमा स्थापित गराउन कुनै कसर छोडिनन् ।

राष्ट्रिय महिला लिगको फाइनलमा पुलिसविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै सरु लिम्बु ( ८नम्बर जर्सी) , तस्विरः सरोज सापकोटा/खेलाडी ।

सरुले लिगको दोस्रो चरणमा मात्रै ७ गोल गरेकी थिइन् । फ्रेन्च लिग खेल्न गएको कारण स्टार स्ट्राइकर सावित्रा भण्डारी टोलीमा नहुँदा सरुलाई नयाँ जिम्मेवारी दिनु मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेको बाध्यता थियो । तर सरु नयाँ भूमिकामा प्रशिक्षकले चाहेजस्तै खरो उत्रिइन ।

नयाँ भूमिकामा अब्बल प्रदर्शन गर्न सके पनि सरुलाई भने सेन्ट्रल मिडफिल्डबाटै खेल्न मन पर्छ ।  ‘टोलीको आवश्यकताअनुसार अहिले नम्बर १० को भूमिकामा छु । तर सेन्ट्रल मिडफिल्ड नै मेरो प्रिय पोजिसन हो । सुरुदेखि नै यही पोजिसनमा खेलिरहेको हुँदा सजिलो लाग्छ । सेन्ट्रल मिडमै भएको भए अझै राम्रो गर्न सक्थ्येँ होला,’ सरुले खेलाडी डटकमसँग भनिन् ।

नेपाली फुटबलमा झण्डै एक दशकदेखि सक्रिय सरुले घरेलु फुटबलमा थुप्रै उपाधि जितिसकेकी छिन् । एउटा खेलाडीका रुपमा पाउनुपर्ने धेरै कुरा उनले पाएकी छिन् । तर राष्ट्रिय टिमबाट कुनै पनि उपाधि जित्न नसकेको विषय उनलाई खट्किइरहेको छ ।

चोटका कारण करिब १ वर्षको निराशाजनक समयपछि मैदान फर्किएकी सरुलाई सुरुमा फेरि उच्च स्तरको फुटबलमा पुनरागमन गर्न सक्नेमै शंका थियो । तर लामो समयको उपचार र मिहिनेतपछि मैदान फर्किएकी सरुलाई लिगको उच्च प्रदर्शनले निक्कै उत्साहित बनाएको छ । चीनमा सम्पन्न १९औं एसियाली खेलकुदका दौरान उनको एसिएलमा गम्भीर चोट लागेको थियो ।

‘सुरुमा त मलाई घाइते भएँ भन्नेमै विश्वास लागेको थिएन । मैले देशका लागि अझ धेरै गुर्नछ, त्यो पूरा नहुने होकी ! भन्ने चिन्ताले सताएको थियो । मलाई फेरि मैदानमा डटेर खेल्न सक्छु भन्ने लागेकै थिएन,’ सरु निराशाका दुई वर्ष सम्झिन्छिन्, ‘त्यती बेला फिजियो नविना (श्रेष्ठ) दिदीले निरास नहुनु तिमी कमब्याक गर्न सक्छौं भनेर सम्झाउनु भएको थियो । साम्बा (सावित्रा भण्डारी) दिदीलाई हेरेर पनि म सक्छु भन्ने आत्मविश्वास बढेको थियो । अहिले पहिलाकै अवस्थामा फर्किएकी छु । अब चाँही आफूलाई सबभन्दा बढि मन पर्ने फुटबलसँग मैदानमा लुटपुटिन पाउँछु भन्ने कुराले उत्साहित बनाएको छ । मेरो क्लब एपिएफ र नेपालको राष्ट्रिय टिमका लागि थुप्रै सफलताका कथा रच्नुछ ।’

राष्ट्रिय महिला लिगमा पुलिसविरुद्ध प्रतिस्पर्धा गर्दै सरु लिम्बु , तस्विरः सरोज सापकोटा /खेलाडी ।

अस्ट्रेलियाको भिषाभन्दा फुटबल प्यारो

केही वर्षअघि सरु र उनका केही साथीहरु नेपालको अवस्थाबाट बिरक्तिएर अस्ट्रेलिया जाने प्रयासमा थिए । उनको भिषा पनि आइसकेको थियो । तर देशको मायाले गर्दा उनले भिषा प्रयोग नगर्ने निर्णय लिइन् । सरुलाई अहिले अस्ट्रेलिया नगएर राम्रै गरिएछ भन्ने लाग्छ ।

उनले त्यो समय सम्झिइन्, ‘म लगायत केही साथीहरूले बन्द प्रशिक्षण्मा रहँदा अस्ट्रेलियाका लागि प्रयास गरेका थियौं । हामीले भिषा पाँउदा १९औं एसियाली खेलकुदका लागि टोली घोषणा भइसकेको थियो । धेरै खेलाडीको नाम काटेर हामीलाई विश्वास गरेर टोलीमा समावेश गरिएको थियो । यस्तो बेलामा छाडेर गयौं भने त्यो देशका लागि धात हुन्छ । हामीले यस्तो वर्ष मिहेनत गरेर कमाएको नामको कुनै अर्थ रहँदैन भन्ने लागेर देशमै बस्ने निर्णय गर्यो । अहिले राम्रो गरिएछ जस्तो लाग्छ ।’

नेपाली फुटबलमा झण्डै एक दशकदेखि सक्रिय सरुले घरेलु फुटबलमा थुप्रै उपाधि जितिसकेकी छिन् । एउटा खेलाडीका रुपमा पाउनुपर्ने धेरै कुरा उनले पाएकी छिन् । तर राष्ट्रिय टिमबाट कुनै पनि उपाधि जित्न नसकेको विषय उनलाई खट्किइरहेको छ ।

 २५ वर्षीय सरुमा परिवारको आर्थिक जिम्मेवारी पनि उत्तिकै छ । बाबु पेटको रोगले गम्भीर विरामी परेदेखि उनले घरको आर्थिक बोझ बोक्नु परेको थियो । 

‘अहिलेसम्म हाम्रो राष्ट्रिय टिम १२ पटक विभिन्न प्रतियोगिताको फाइनल पुगेर पनि, त्यहाँ राम्रो खेलेर पनि उपाधि जित्ने मामिलामा सधै अभागी हुँदै आएको छ । तर यसपाली फोर नेशन्स कपमा भने हामीले जसरी पनि नेपाली महिला फुटबलको भाग्य परिवर्तन गर्नुछ,’ सरु प्रतिबद्ध छिन् ।

परिवारको जिम्मेवारी सरुकै काँधमा

एपिएफको टोलीसँग सरु लिम्बु (अघिल्लो रोको बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी ।

सरुले मैदान भित्रको मात्रै नभएर बाहिरको पनि जिम्मेवारी सम्हालिरहेकी छन् । २५ वर्षीय सरुमा परिवारको आर्थिक जिम्मेवारी पनि उत्तिकै छ । बाबु पेटको रोगले गम्भीर विरामी परेदेखि उनले घरको आर्थिक बोझ बोक्नु परेको थियो । जसलाई गर्वका साथ सरुले बोकिरहेकी छिन् ।

‘बुबा वैदेशिक रोजगारका क्रममा विरामी भएपछि मैले नै बरु सकेजति म आफै गर्छु भनेर बुवालाई फर्काएँ । मैले एउटा छोरी भएर जन्मिएपछि बाबुआमा र परिवारका लागि गर्नु पर्ने कर्तव्य निर्वाह गरिरहेको छु । अहिलेसम्म जसो तसो चलिरहेकै छ । आफ्नो सपना मारेरै भए पनि बुबा आमाको इच्छा पुर्याउने प्रयास गरिरहेको छु । उहाँहरूको खुसी नै मेरो खुसी हो,’ सरुले भनिन् ।