फाल्गुन १०, २०८२ आइतबार | १४:४७:३५
दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा
शनिबारको दिन शनिबारको दिन

२५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’

काठमाडौं । यसलाई मीठै संयोग माने हुन्छ । महिला साफ च्याम्पियनसिप फुटबल २०२४ मा भारतविरुद्ध सेमिफाइलनमा बराबरी गोल फर्काएपछि दशरथ रंगशालामा सावित्रा भण्डारीले बेजोड शैलीमा खुसीयाली मनाइन् ।

उनले आफ्नो जर्सी फुकालिन् र दर्शकतर्फ हुँकार भरिन् । यसलाई धेरैले ‘आइकोनिक सेलिब्रेसन’ माने । किनकि एउटा महिला खेलाडीले यसरी खुसीयाली मनाउन ठूलै साहस र बहादुरी चाहिन्छ ।

यो त भयो, भर्खरकै कुरा । आजभन्दा २५ वर्षअगाडि पनि यस्तै एउटा ‘आइकोनिक सेलिब्रेसन’ चलेको थियो, अन्तर्राष्ट्रिय महिला फुटबलमा । यो यस्तो जितको खुसीयाली थियो, जसले महिला फुटबललाई हेर्ने नजर सधैंका लागि फेरेको थियो । सावित्राले अहिले जुन काम गरेकी थिइन्, त्यस्तै काम २५ वर्षअगाडि अमेरिकी खेलाडी ब्रान्डी चेस्टिनले गरिसकेकी थिइन् ।

अहिले एकाएक पश्चिमेली मिडियामा यसबारे चर्चा चलिरहेको छ । नहोस् पनि किन र ? आज होइन, २५ वर्षअगाडि ब्रान्डीले साँच्चै एउटा अदम्भ साहस र बहादुरीको काम गरेकी थिइन् । कुरा सुरु हुन्छ यसरी । सन् १९९९ मा अमेरिकाले महिलाको विश्वकप फुटबल आयोजना गरेको थियो । महिना थियो, जुन/जुलाई ।

निर्णायक पेनाल्टी भने तिनै ब्रान्डीले प्रहार गरेकी थिइन् । जित रह्यो अमेरिकाको । उनको पेनाल्टी प्रहार के गोलमा मात्र परिणत भएको थियो, रंगशालामा उपस्थित ९० हजार १८५ दर्शकले त्यो देखे, जसलाई दुर्लभ, अद्वितीय र ऐतिहासिक जेभन्दा पनि हुन्छ ।

अमेरिका उपाधिका लागि बलियो दाबेदार थियो । त्यसैले टोली फाइनल पनि पुग्यो । अमेरिकाले सेमिफाइनलमा ब्राजिललाई हराएको थियो । अर्को छेउबाट चीन फाइनल पुगेको थियो । चीनले भने सेमिफाइनलमा नर्वेलाई पन्छाएको थियो । चिनियाँ फुटबलले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता भन्नु नै यही हो भन्दा केही फरक पर्दैन । अमेरिकामा बिल क्लिन्टनको राष्ट्रपतीयकाल चलिरहेको थियो ।

चीनविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै ब्रान्डी चेस्टिन ।

फाइनल भएको थियो, क्यालिफोर्नियाको त्यही प्रसिद्ध रोस बल रंगशालामा । फाइनल आफैंमा बेजोड रह्यो । खुबै चर्को प्रतिस्पर्धा चलेको थियो । निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा कुनै गोल निस्केन । दुवै टिमका खेलाडी खेलको परिस्थितिले दबाबमा थिए, आत्तिएका थिए अनि आक्रोशित जस्तै थिए । चारैतर्फ तनावको स्थिति थियो ।

अन्ततः अमेरिका टाइब्रेकरमा ५-४ ले विजयी रह्यो । चीनकी लिउ यिङ पेनाल्टीमा चुक्ने एक मात्र खेलाडी रहिन् । निर्णायक पेनाल्टी भने तिनै ब्रान्डीले प्रहार गरेकी थिइन् । जित रह्यो अमेरिकाको । उनको पेनाल्टी प्रहार के गोलमा मात्र परिणत भएको थियो, रंगशालामा उपस्थित ९० हजार १८५ दर्शकले त्यो देखे, जसलाई दुर्लभ, अद्वितीय र ऐतिहासिक जेभन्दा पनि हुन्छ ।

बलले जाली चुम्नेबित्तिकै ब्रान्डीले आफ्नो जर्सी फुकालिन् र खुसीयाली मनाइन् । विश्वकप अमेरिकाले जितेको थियो, त्यसैले चर्चा यसकै बढी हुनुपर्ने थियो । तर, चर्चा यसको भन्दा पनि त्यही ब्रान्डीको सेलिब्रेसनको भयो, जसलाई ‘आइकोनिक’ नभनेर सुखै छैन ।

फेरि सावित्राकै त्यस्तै सेलिब्रेसनमा फर्कने हो भने यसको प्रभाव नेपाली महिला फुटबलमा कस्तो पर्नेछ त ? यसको प्रभाव भावी दिनमा देखिनेछ ।  

भारतविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै सावित्रा भण्डारी, तस्विर: सरोज सापकोटा / खेलाडी ।