फाल्गुन १२, २०८२ मंगलबार | १४:५४:४९
नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’
शनिबारको दिन म्यानचेष्टर सिटी

ग्वार्डिओलालाई सफलताको भोक उस्तै

काठमाडौं । विश्व फुटबलमा इन्टरनेसनल-ब्रेक चलिरहँदा इङ्लिस फुटबलबाट एउटा ठूलै समाचार आयो, पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग सम्झौता नवीकरण गरेका छन् ।

यसअघि सिटीसँग उनको अनुबन्ध यसै सिजनसम्म मात्र थियो । धेरैको अनुमान थियो, अब उनले सिटी छाड्ने छन् र कुनै नयाँ चुनौतीका लागि आफूलाई तयार पार्नेछन् ।

हल्ला त के सम्म थियो भने ग्वार्डिओला ब्राजिली टिमका प्रशिक्षक हुनसक्ने छन् । ती सबै हल्ला चिर्दै ग्वार्डिओला अर्को सिजनका लागि पनि सिटीमै रहन तयार भएका छन् । किन यस्तो भयो होला त ? बेलायती मिडियालाई आधार मान्ने हो भने यी फुटबल प्रशिक्षक सफलताका भोका छन् । उनी सिटीका लागि अझ धेरै जित्न चाहन्छन् ।

ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए । लगातार उनी त्यहीं छन् । उनी आएयता सिटीले १६ उपाधि जितिसकेको छ । 

सिटी जत्तिको टिमले फेरि जित्ने सम्भावना पनि उत्तिकै बढी छ । सायद नयाँ अनुबन्धको तत्कालिन कारण भने अर्कै छ । यो हो, सिटीको खराब लय । पछिल्लो पटक सिटीले लगातार चार खेलमा हार बेहोरेको छ । उनको प्रशिक्षण जीवनमा यस्तो कहिल्यै पनि भएको थिएन । उनलाई त जित्ने मात्रै बानी परेको थियो, चाहे त्यो बार्सिलोनामा होस वा बायर्न म्युनिखमा ।

च्यामिपयन्स लिग उपाधिका साथ पेप ग्वार्डिओला ।

तर, एकपछि अर्को चार हारले उनलाई साँच्चै स्तब्ध पारेको छ । उनी आफैंले आफैंलाई प्रश्न गरेका हुन सक्छन्, कतै आफ्नो काम गर्ने शैलीमा कमजोरी निस्केको त होइन ? खासमा यही परिस्थिति हो, जसले यी स्पेनी प्रशिक्षकलाई फेरि एक वर्षका लागि सिटीमै रहन प्रेरित गर्यो । उनले मुखै खोलेर भनेका छन्, ‘चार हारकै कारणले म सिटीमा बसें कि ?’

ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए । लगातार उनी त्यहीं छन् । उनी आएयता सिटीले १६ उपाधि जितिसकेको छ । यसले पनि देखाउँछ, उनी कत्तिको सफल प्रशिक्षक हुन् भनी । बार्सिलोना र बायर्नमा उनी लामो समय बसेनन् । त्यतिबेला उनी मान्थे, एउटै क्लबमा लामो समय बस्नुहुन्न । तर, यसपल्ट उनले त्यस्तो विचार फेरेका छन् ।

उनले भर्खर मिडियासँगको कुराकानीमा भनेका छन्, ‘अहिले सिटी जुन स्थितिमा छ, त्यस्तोमा क्लब छाड्नु ठीक हुन्न ।’ त्यस्तै सिटीको कानुनी लडाइँ पनि चलिरहेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा सिटीमाथि ठूलै कारबाही हुनसक्छ । केही उपाधि खोसिन पनि सक्छ । यस्तै स्थितिका कारण ग्वार्डिओला सिटीमै रहन चाहे, अन्यत्र जाने विचार नै गर्न सकेनन् ।

प्रिमियर लिगको उपाधिका साथ पेप ग्वार्डिओला (बीच) ।

फेरि यसपल्ट सिटीको सबैभन्दा ठूलो समस्या भनेकै खेलाडीको चोट रहेको छ । त्यो पनि प्रमुख खेलाडीको । चोटकै कारण नियमित रूपमा एकपछि अर्को खेलाडी गुमाउन थालेपछि सिटीलाई गाह्रो भएको हो । सम्भवतः उनी सफलता र उपाधि चुम्दै क्लबबाट बिदा हुन चाहन्छन् । उनलाई लागिसकेको छ, सिटीलाई यसपल्ट गाह्रै छ । अर्को सिजन त फेरि नयाँ ढंगले सुरु गर्न सकिन्छ नै ।