मंसिर २, २०८२ मंगलबार | ०१:०८:३०
एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता
शनिबारको दिन च्याम्पियन्स लिग

अनपेक्षित च्याम्पियन्स लिग र बार्सिलोनाको बहिर्गमन

विश्वको क्लब फुटबलमा युइएफए च्याम्पियन्स लिग जत्तिको प्रतिस्पर्धात्मक प्रतियोगिता सायदै अर्को छ । युरोपका ठूला लिगमा च्याम्पियन बनेका क्लबदेखि साना मानिने लिगका प्रतिनिधिहरूसम्म भेला हुने एउटै मञ्च हो, च्याम्पियन्स लिग । 

यसको प्रत्येक संस्करणले छक्कै पार्ने नतिजा दिएकै हुन्छ । विश्वभर छरिएका फुटबल समर्थकलाई अवाक् बनाउने नतिजा दिने मामलामा यसपालि पनि पछि हटेन च्याम्पियन्स लिग ।

फुटबल समर्थकलाई छक्क पार्ने नतिजा बन्यो, बार्सिलोनाको हार । खासमा भन्दा उसको, बर्हिगमन । यो बायर्न म्युनिखसँग ३-० ले हारेसँगै क्याट्लन क्लब सन् २००३-०४ यता पहिलो पटक च्याम्पियन्स लिगको नकआउटमा अनुपस्थित रहने भएको छ । 

कतिपयले भन्न सक्छन्, यो त अपेक्षित नतिजा थियो । यसको कारण, बार्सिलोनाको वर्तमान लय हो । तर जे जस्तो तर्क प्रस्तुत गरिए पनि पाँच पटक च्याम्पियन्स लिग जितेका बार्सिलोना यसपालि समूह चरणबाट बाहिरिनु चानचुने घटना होइन ।

एलियान्ज ऐरेनामा घरेलु टिमसँग पराजित भएसँगै बार्सिलोना समूह ‘ई’ मा तेस्रो स्थानमा रह्यो । दोस्रो स्थानको बेनफिकाभन्दा एक अंकले पछि परेपछि जाभी हर्नान्डेज नेतृत्वको बार्सिलोना युरोपा लिगमा घटुवा भएको छ । बायर्नसँग हारेपछि जाभीको प्रारम्भिक प्रतिक्रिया थियो, ‘वास्तविकता यही हो, हामी युरोपा लिगमा पुगेका छौँ । अब हामीसँग भएको विकल्प भनेको युरोपा जित्ने हो । अनि शून्यमा झरेका छौँ । यहाँबाट माथि जानुछ ।’ 

च्याम्पियन्स लिगबाट बाहिरिने हेभिवेट टिम बार्सिलोना मात्रै रहेन । इटालियन सिरी ए को अंक तालिकाको शीर्षस्थानमा रहेको एसी मिलान पनि अन्तिम १६ मा पुगेन । अनि बोरुसिया डर्टमन्डले पनि च्याम्पियन्स लिगबाट बिदा लियो । मिलान समूह बी को पुच्छारमा रह्यो ।

हुन त मिलान रहेको समूहलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । किनभने यो समूहमा एक सय एक टिम थिए । इंग्ल्यान्डको लिभरपुल, स्पेनिस टिम एट्लेटिको मड्रिड अनि पोर्चुगलबाट नियमित च्याम्पियन्स लिग खेल्ने गरेको एफसी पोर्टो । लिभरपुल समूह विजेता बन्यो । उसले कुनै पनि खेल हारेन । ६ खेलबाट १८ अंक बटुलेर लिभरपुलले कीर्तिमान नै राख्यो । यसअघि कुनै पनि इंग्लिस टिमले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्न सकेका थिएनन् । 

यो समूहबाट घिस्रदै भएपनि एट्लेटिको अन्तिम १६ मा पुगेको छ । पोर्टोले युरोपाको प्लेअफमा सिट सुरक्षित गरेको छ । समूह सी मा तेस्रो स्थानमा सीमित रहेको डर्टमन्डसँगै पोर्टोले पनि युरोपाको समूह चरणबाट आएका टिमहरूसँग प्लेअफ खेल्नुपर्नेछ । प्लेअफ जितेमा मात्रै यी टिम युरोपाको अन्तिम १६ मा पुग्नेछन् ।

समूह ए मा अपेक्षा गरेकै नतिजा आयो । यो समूहबाट म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) नकआउट चरणमा पुगे । अन्तिम खेलमा आरबी लाइपजिगसँग २–१ ले हारे पनि सिटी समूह विजेता बन्यो । समूह चरणको अन्तिम खेलमा बेल्जियमको क्लब ब्रुगेलाई पराजित गरेको पीएसजी समूह उपविजेता बन्यो । अरबका दुई मुलुकका स्वामित्व रहेको यी दुई टिमबीचको अंक दूरी मात्रै एक अंकको रह्यो । सिटी र पीएसजी जस्तै धनी मालिक पाएको लाइपजिगले अब युरोपामा प्रतिस्पर्धा गर्नेछ । 

सर्वाधिक पटक च्याम्पियन बनेको रियल मड्रिड, गएको सिजन सिरी ए जितेको इन्टर मिलान, म्यानचेस्टर युनाइटेड, भिल्लारियल, फ्रेन्च लिग वान विजेता लिल र अस्ट्रियाको साल्जबर्ग सहजै अन्तिम १६ मा पुगेका छन् । 

यसपटक च्याम्पियन्स लिग जित्ने सबैभन्दा बलियो दाबेदार बायर्न र इंग्लिस क्लबहरूलाई मानिएको बेला चेल्सीले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । चेल्सी समूह एचको उपविजेतको हैसियतले अन्तिम १६ मा पुगेको हो । यो समूहको विजेता चाहिँ युभेन्टस बन्यो । सिरी ए खासै सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको युभेन्टसले च्याम्पियन्स लिगमा भने एक खेल मात्रै हारेको छ । अन्तिम खेलमा चेल्सीलाई बराबरीमा रोकेको रुसी क्लब जेनिट भने युरोपामा झरेको छ ।