चैत्र १७, २०८२ मंगलबार | ०५:३८:२८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

आ-आफ्नै समस्यामा सिटी र आर्सनल

काठमाडौं । विश्व फुटबलमा अहिले ‘इन्टरनेसनल ब्रेक’ चलिरहेको छ । तर क्लब फुटबलको चर्चा भने उत्तिकै छ । विशेषतः इङ्लिस प्रिमियर लिगको चर्चा सदाबहार रहन्छ । यसपल्ट ‘हट केक’ विषय रहेको छ, म्यानचेस्टर सिटी र आर्सनलले किन लय गुमाएका होलान् ? सिटीका प्रशिक्षक हुन्, पेप ग्वार्डिओला र आर्सनलका मिखेल आर्टेटा ।

कुनै समय आर्टेटा ग्वार्डिओलाका सहायक थिए । दुवैका लागि पछिल्लो समय राम्रो चलिरहेको छैन । ग्वार्डिओलाले आफ्नो प्रशिक्षक जीवनमै पहिलो पटक लगातार चार हारको सामना गरेका छन् । पछिल्लो हार प्रिमियर लिगमा ब्राइटनविरुद्ध रह्यो । सिटीलाई अहिले चोटग्रस्त खेलाडीको चर्को नै समस्या छ ।

इर्लिङ हालान्डले सिटीलाई एमेक्समा सुरुआती अग्रता दिलाए पनि त्यो पर्याप्त रहेन । ब्राइटनका लागि सब्स्टिच्युट खेलाडी जाओ पेड्रो र म्याट ओ’रेलीले गोल गरेका थिए । ‘अहिले निश्चित समयमा हाम्रो खेल राम्रो छ, तर त्यसलाई नै निरन्तरता दिन सकिएको छैन,’ ग्वार्डिओलाले भनेका छन् । उनका अनुसार, ‘हाम्रो खेल एकनासे हुन छाडेको छ । हामीले पूरा ९० मिनेटको खेलमा आक्रामक भएर खेल्न सकेका छैनौं ।’

यसबीच प्रश्न त्यही हो, यी दुई असाध्यै लोकप्रिय क्लब कहिले आफ्नो स्वाभाविक खेल प्रदर्शनमा आउने होलान् । उनीहरूको खराब प्रदर्शनले कुनै एक क्लबलाई फाइदा लिइरहेको छ भने त्यो लिभरपुलले नै हो । 

उनको व्यग्र प्रतीक्षा छ, चोटग्रस्त प्रमुख खेलाडी कहिले मैदानमा फर्किने छन् भनेर । उनी पनि मान्छन्, सायद यो सिजन सिटीको भाग्यमा लिग उपाधि लेखिएको छैन, यसपल्ट जित्ने टिम अर्कै हो । सिटीले अब अर्को खेलमा टोटनहमको आतिथ्यता गर्नेछ । त्यसपछि डिसेम्बर १ मा सिटीले एनफिल्डमा आर्ने स्लटको लिभरपुलसँग सामना गर्नेछ ।

म्यानचेस्टर सिटी र ब्राइटन भिड्दै ।

सिटीले यसपल्ट लिग उपाधि रक्षा गर्न नसक्ने हो भने च्याम्पियन हुने टिम कुन हो त ? अपेक्षा थियो, यो टिम आर्सनल हुनेछ । पछिल्ला दुई सिजन सिटीले उपाधि जित्दा दोस्रोमा रहने टिम थियो आर्सनल । यस पटक आर्टेटाको टिमले निर्णायक प्रदर्शन गर्ने विश्वास थियो, किनभने टिम अझ बलियो बनाइएको थियो ।

सन् २००४ यता आर्सनलले पहिलो पटक लिग उपाधि जित्ने विश्वास क्लबकै समर्थकलाई मात्र होइन, अरूलाई पनि थियो । तर, यही आर्सनलले पछिल्ला ९ खेलमा तीन जितमात्र निकाल्न सकेको छ । स्टामफोर्ड ब्रिजमा बराबरीको नतिजापछि आर्टेटा भन्छन्, ‘जतिबेला गाह्रो हुने हो, खेलाडीले त्यही बेला त राम्रो खेल्नुपर्ने ।’

उनी थप्छन्, ‘जतिबेला कोही डिज्नेल्यान्डमा हुन्छन्, त्यतिबेला चारैतर्फ रमाइलो मात्र हुन्छ । जतिबेला अँध्यारो स्थिति हुन्छ, कठिन समय चलिरहेको हुनेछ, खेलाडीले आफ्नो बहादुरी देखाउनुपर्छ ।’ आर्सनलका लागि पछिल्लो समयको सबैभन्दा राम्रो समाचार हो, चोटमुक्त भएर प्रभावशाली कप्तान मार्टिन ओडेगार्ड मैदानमा फर्केका छन् ।

यसबीच प्रश्न त्यही हो, यी दुई असाध्यै लोकप्रिय क्लब कहिले आफ्नो स्वाभाविक खेल प्रदर्शनमा आउने होलान् ? उनीहरूको खराब प्रदर्शनले कुनै एक क्लबलाई फाइदा पुगिरहेको छ भने त्यो लिभरपुलले नै हो । भन्न त अब के सुरु भएको छ भने लिग उपाधि होडमा अब सिटीले मात्र लिभरपुललाई चुनौती दिन सक्छ, आर्सनलले त अब सक्दैन नै । 

आर्सनल र चेल्सी भिड्दै ।