फाल्गुन ११, २०८२ सोमबार | २०:१०:२५
घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी
शनिबारको दिन स्पेनिस फुटबल

अन्ततः इनियस्टाको संन्यास

काठमाडौ । फुटबलको सन् २०१० को विश्वकप । सम्झनामा छ ? स्पेनले जितेको त्यस विश्वकपबाट फुटबलको एउटा शैली खुबै प्रख्यात भयो र त्यो थियो, टिकी-टाका । त्यही शैलीलाई मैदानमा लागू गर्ने प्रमुख खेलाडी थिए, आन्द्रेस इनियस्टा । अब त यी सबै साँच्चै पुराना सम्झना भइसके । तर अचम्मले तिनै इनियस्टा भने अहिलेसम्म पनि खेलेको खेल्यै रहेछन्।

केही नभए पनि ४० वर्ष भइसकेका इनियस्टाले फुटबलबाट संन्यास लिएका छन् । अन्ततः भनौं । त्यस विश्वकप मात्र होइन्, स्पेनका लागि उनले दुई युरोपेली उपाधि पनि जिते । अझ उनले चार च्याम्पियन्स लिगको ट्रफि पनि उचाले । उनी बार्सिलोनाका पनि खास खेलाडी थिए । उनले फुटबल खेलेर नै २२ वर्ष बिताए ।

सन् २००२ मा उनले बार्सिलानाको पहिलो टिमबाट खेल्न थाले । क्रम ६७४ खेलसम्म चल्यो । उनी पक्कापक्की बार्लिलोनाका खेलाडी थिए, त्यस क्लबको भावना, उद्देश्य र नीतिसँग ठ्याक्कै मिल्ने ।

बार्सिलोनामा आयोजित विशेष कार्यक्रमबीच इनियस्टाले घोषणा गरे, ‘मलाई त कहिल्यै लागेको थिएन्, त्यस्तो दिन पनि आउनेछ, जति बेला मैले फुटबल खेल्न छाड्नु पर्छ । त्यसैले पछिल्ला केही दिन भावनात्मक रूपमा साह्रै गाह्रै भयो । तर जति खेलें, त्यसमा गर्व छ । मैले सानोमा देखेको एउटै सपना भनेको फुटबल खेल्नु मात्रै थियो ।’

२०१० विश्वकपको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेपछि खुसियाली मनाउदै आन्द्रेस इनियस्टा । 

सन् २०१८ मा उनले बार्सिलोना छाडेका थिए । त्यसपछि उनी खासै चर्चामा रहेनन् । बार्सिलोनाबाट उनी जापान गए र त्यहाँको बिसेल कोबबाट खेले । त्यहाँ लामै समय खेले । त्यसपछि इनियस्टा युएई गए, त्यहाँको युएई प्रो लिगा खेल्न । उनले कमाएको ख्याति भने बार्सिलोनाकै लागि थियो ।

सन् २००२ मा उनले बार्सिलानाको पहिलो टिमबाट खेल्न थाले । क्रम ६७४ खेलसम्म चल्यो । उनी पक्कापक्की बार्लिलोनाका खेलाडी थिए, त्यस क्लबको भावना, उद्देश्य र नीतिसँग ठ्याक्कै मिल्ने । ‘आफूलाई मन परेको, समर्थन गरेको क्लबबाट खेल्नु पनि ठूलै रह्यो । बार्सिलोनाबाट खेल्दाका सम्झना मसँग जहिल्यै जीवन्त रहनेछन्,’ उनले भनेका छन् ।

बार्सिलोनाले पनि मौका छोपेर आफ्ना लिजेन्डरी खेलाडीको नाममा भनिहाल्यो, ‘इनिस्टाले तिमीले यस क्लबका लागि खेलेको फुटबल कहिल्यै मेटिने छैन् । यो त अमर रहनेछ ।’

बार्सिलोनाका लागि उनले नौ पल्ट स्पेनी ला लिगा जिते, सँगै छ कोपा डेल रे पनि । इनिस्टा त लियोनल मेसीका पनि खास दोस्त दिए, उनले पनि भनेका छन्, ‘इनिस्टा थिए, निकै जादुयी साथी खेलाडी ।’

युएई प्रो लिगमा इमिरेट्स क्लबका लागि खेल्दै आन्द्रेस इनियस्टा (सेतो जर्सी) ।

साँच्चै त्यस्तो के थियो त इनियस्टाको खेलमा ? उनी बलमाथि मज्जाले नियन्त्रण राख्थे, प्ले-मेकर भएर खेल्थे । उनी जाभी हर्नान्डेजका पनि उत्तिकै मिल्ने साथी थिए । अझ भनौं, जहाँ जाभीको नाम आउँथ्यो, त्यहाँ इनियस्टाको नाम पनि हुन्थ्यो । सँगै मेसी पनि हुन्थ्यो । अनि उनीहरू सक्दो बल आफ्नो नियन्त्रणमा राखेर खेल्थे, छोटो छोटो पास खेल्थे । र, यसैलाई त भनिन्थ्यो, टिकी-टाका ।