चैत्र १४, २०८२ शनिबार | १३:५६:३८
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा
शनिबारको दिन युराेपा लिग

धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी

काठमाडौं । हाम्रोतिर खेल नभएर समस्या । युरोपतिर बढी खेल भएर समस्या । युरोपेली क्लब फुटबल अहिले यति धेरै व्यस्त हुन थालेको छ कि खेलाडीहरू हायलकायल भएका छन् । खेलाडीलाई खेलेको खेल्यै गर्नुपरेको छ ।

यसपल्टको सिजन बढी खेलको समस्या अझ चर्केको छ । किनभने युरोपेली च्याम्पियन्स लिग नयाँ ढाँचाबाट सुरु भएको छ । त्यसअनुसार लिग चरणका खेल मात्रै बढेर आठ पुगेको छ ।

च्याम्पियन्स लिगमा केही दिन अगाडि म्यानचेस्टर सिटी र इन्टर मिलान भिडेको थियो । त्यस खेलको मौका पारेर स्पेनी खेलाडी रोड्री अगाडि आए र पहिलोपल्ट सबैका सामु बोले, ‘अब त साँच्चै धेरै भयो, यति धेरै खेल खेलाडीका लागि ठीक हुन्न ।’ विचरा रोड्रीलगत्तै आर्सनलविरुद्धको खेलमा घाइते भए । अब डर छ, कतै उनले पूरा सिजन गुमाउने त होइन?

त्यसै त युरोपेली क्लब फुटबल असाध्यै गाह्रो छ । खेलाडीमाथि जित्ने दबाब त हुन्छ नै, लगातार उत्कृष्ट प्रदर्शन गरिरहनुपर्ने मागले पनि तिनीहरूलाई थकित बनाउने गर्छ । यस्तोमा अहिले युरोपेली फुटबलका खेलाडी त्यस्तो मोडमा पुगेका छन्, जहाँ उनीहरू हड्ताल गर्ने मानसिकमा पुगेका छन् ।

म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री घाइते भएपछि । 

यो हड्तालको उद्देश्य हुनेछ, खेल कम गर्ने र खेलाडीमाथिको भार कम गर्ने । उताको मिडियालाई विश्वास गर्ने हो भने एक साता खेलेर लाखौं डलर कमाउने खेलाडीहरू गुपचुप संगठित भइरहेका छन् । धेरै हल्ला नगरेर उनीहरूले भित्रभित्रै काम गरिररहेका छन् र कुनै दिन त्यस्तो आउने छ, जतिबेला समाचारको शीर्षक हुनेछ, ‘फुटबल खेलाडी हड्तालमा’ ।

च्याम्पियन्स लिगमा केही दिन अगाडि म्यानचेस्टर सिटी र इन्टर मिलान भिडेको थियो । त्यस खेलको मौका पारेर स्पेनी खेलाडी रोड्री अगाडि आए र पहिलोपल्ट सबैका सामु बोले, ‘अब त साँच्चै धेरै भयो, यति धेरै खेल खेलाडीका लागि ठीक हुन्न ।’ विचरा रोड्रीलगत्तै आर्सनलविरुद्धको खेलमा घाइते भए । अब डर छ, कतै उनले पूरा सिजन गुमाउने त होइन?

कम खेलको अर्थ, खेलाडीको तलब कम हुनु पनि हुनसक्छ । के यसमा खेलाडी सचेत छन् त ?

त्यही बेला रोड्रीको भनाइ थियो । धेरै खेलले खेलाडी घाइते हुने सम्भावना बढेको छ । लगातार धेरै खेलेपछि खेलाडीको खेल जीवन पनि छोटिने डर हुन्छ । त्यतिमात्र होइन, खेलाडी मानसिक रूपमै पनि बिरामी पर्न थालेका छन् । आराम भन्ने नै नपाएपछि खेलाडीलाई गाह्रो हुने भयो । त्यसले खेलाडीलाई शारीरिक र मानसिक दुवै अर्थबाट आघात पुर्‍याउने हुन्छ ।

रियाल मड्रिडका खेलाडी ।

स्पेन र इटालीको तुलनामा इङ्लिस फुटबल अझ गाह्रो छ खेलाडीका लागि । सिटीसँगै आर्सनल र लिभरपुल अहिले इङ्लिस फुटबलका शीर्ष टिम हुन् । तिनले जित्दै जाने हो र खेल्दै जाने हो भने एकै सिजन ६८ खेल खेल्नुपर्ने हुन्छ । यी तिनै क्लबले प्रिमियर लिग र च्याम्पियन्स लिगसँगै एफए कप र लिग कप पनि खेल्नेछन् । यसबीच साँच्चै विश्राम भन्ने नै हुन्न ।आफ्नो देशका लागि खेल्नुपर्ने अन्तर्राष्ट्रिय खेलको त यहाँ हिसाब नै गरिएको छैन । बढी खेल्नु फेरि क्लबका लागि बाध्यता हो, किनभने यस्तो गरेपछि मात्र तिनले बढी कमाउने गर्छन् अनि बढी कमाउने टिमले त हो, राम्रा र महँगा खेलाडी पाल्न सक्ने । कम खेलको अर्थ, खेलाडीको तलब कम हुनु पनि हुनसक्छ । के यसमा खेलाडी सचेत छन् त ?