कार्तिक ६, २०८१ मंगलबार | १९:२६:२७
सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित
शनिबारको दिन राष्ट्रिय महिला लिग

पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी

काठमाडौं । राष्ट्रिय एन्फा महिला लिग फुटबलको पहिलो चरण सकिन १ खेल मात्र बाँकी छ । 

सहभागी १० टिममध्ये तालिकामा शीर्ष पाँचभित्र स्थान बनाउँदै विभागीय तीन टोलीसँगै कोशी प्रदेश र वालिङ नगरपालिकाले दोस्रो चरणमा स्थान बनाएका छन् । अब, दोस्रो चरणमा एक टिमले अर्काे टिमसँग दुई खेल खेल्नेछ । दोस्रो चरणपछि थप ५ खेल हुनेछ र लिगको विजेता टुंगो लाग्नेछ ।  

पहिलो चरणमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब नै हाबी भए । राष्ट्रिय टोलीको प्रारम्भिक ४० खेलाडीमा पनि विभागीय खेलाडी नै हाबी छ । कोशी र वालिङ विदेशी खेलाडी अनुबन्ध गर्दै चन्द्रपुर, वागमती युवा क्लब, संकटा क्लब, कर्णाली र सुदूरपश्चिम प्रदेश भन्दा बलिया देखिए ।

उत्कृष्ट पाँचभित्र पनि एपिएफकै खेलाडीको वर्चस्व छ । एपिएफबाट मिडफिल्डर रेनुका नगरकोटे, सविता रानामगर र स्ट्राइकर रश्मिकुमारी घिसिङ छन् । आर्मीबाट मिडफिल्डर दीपा शाही र पुलिस क्लबबाट गोलकिपर उषा नाथ परेकी छन् । 

यसपटक विधागत प्रदर्शनतर्फ विभागीय खेलाडी नै बलिया देखिएका छन् । खेलाडी डटकमले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी छनोट गरेको छ । जसलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यरत प्रशिक्षकबाट प्राविधिक सहयोग लिएको हो ।

उत्कृष्ट पाँचभित्र पनि एपिएफकै खेलाडीको वर्चस्व छ । एपिएफबाट मिडफिल्डर रेनुका नगरकोटे, सविता रानामगर र स्ट्राइकर रश्मिकुमारी घिसिङ छन् । आर्मीबाट मिडफिल्डर दीपा शाही र पुलिस क्लबबाट गोलकिपर उषा नाथ परेकी छन् । यसबाहेक लिगमा एपिएफ र पुलिसका रक्षक क्रमशः गीता राना र समिक्षा घिमिरेले सानदार प्रदर्शन गरेका छन् । शीर्ष दशको कुरा गर्दा सरु लिम्बु, अमिशा कार्की र विमला चौधरीको प्रदर्शन प्रभावशाली देखिएको छ ।

खेलाडी डटकमले तयार पारेको लिगका उत्कृष्ट पाँच खेलाडी: 

रेनुका नगरकोटे– एपिएफ

कोशीविरुद्ध बल अगाडि बढाउँदै रेनुका नगरकोटे, तस्विरः एन्फा । 

लिगमा घर्किँदो उमेरसँगै पनि उत्कृष्ट प्रदर्शन गर्नेमा पर्छिन् एपिएफकी मिडफिल्डर रेनुका नगरकोटे । पुलिसविरुद्ध एक खेल बराबरी गर्नुबाहेक सबै खेल एपिएफले जितेको छ । यो सबै जितमा रेनुकाको प्रदर्शनले धेरै अर्थ राखेको छ । आफूले लिगभर मात्र तीन गोल गरे पनि उनले गोलका लागि धेरै अवसर सिर्जना गरेकी छिन् । विशेषतः यसपटक दबाब सामना गरेको एपिएफको मध्यभाग २९ वर्षीया रेनुकाले होल्ड गरेकी थिइन् । रेनुकाले आफ्नो स्थानीय तथा पूर्व क्लब चन्द्रपुरविरुद्ध दुई तथा वागमतीविरुद्ध एक गोल गरेकी छिन् ।

दीपा शाही– आर्मी

चन्द्रपुरविरुद्ध प्रतिस्पर्धा गर्दै दीपा शाही, तस्विरः एन्फा । 

लिगको पहिलो चरणमा आर्मी दोस्रो स्थानमा रहेको छ । आर्मीको उत्कृष्ट प्रदर्शनमा हुम्लाकी दीपा शाहीको प्रदर्शन निकै गतिलो देखियो । यसपटक अट्याकिङ मिडफिल्डर १८ वर्षीया दीपाले आफ्नो भूमिकामा न्याय गरेकी छन् । टोली दबाबमा पर्दा पछाडि झर्ने र गोल नभएको बेला गोल गर्न सफल भइन् । लिगमा उनले सात गोल गरिसकिन् । 

सुदूरपश्चिमविरुद्धको १४-१ को जितमा उनी एक्लैले ५ गोल गरिन् । चन्द्रपुरविरुद्ध २ र कर्णालीविरुद्ध १ गोल गरिन् । दीपा भने यसपटक गोलभन्दा पनि टोलीलाई उपाधि जिताउन खेल्ने बताउँछिन् ।

सविता रानामगर– एपिएफ

सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै सविता रानामगर, तस्विरः एन्फा । 

अट्याकर सावित्रा भण्डारी फ्रेन्च लिग वान खेल्दै गर्दा यता एपिएफ  केही खेलमा दबाबमा परेको थियो । तर, त्यो दबाब हुन नदिने भूमिका खेल्नेमध्ये एक थिइन्, सविता रानामगर । सविताले यसपटक आफू करियरकै उच्च लयमा रहेको छनक देखाएकी छन् । आवश्यकताअनुसार दुबै विङ्सबाट खेल्न सक्ने सविताले आफूले ६ गोल मात्रै गरिनन्, अरू खेलाडीलाई बल उपलब्ध पनि गराइन् । विशेषतः उनी दुवै विङ्सबाट विपक्षीलाई दबाबमा राख्न सफल भइन् । अब, राष्ट्रिय टोलीको विंगरमा पनि उनी नै विकल्प हुन सक्छिन् ।

रश्मिकुमारी घिसिङ– एपिएफ

पुलिसविरुद्ध गर्दै सविता रानामगर, तस्विरः एन्फा । 

आर्मी छोडेर एपिएफ मात्रै के आइपुगेकी थिइन् रश्मिकुमारी घिसिङ निकै लयमा देखिएकी छन् । पहिलो चरणमा उनले ९ खेल खेल्दा १७ गोल गरेकी छन् । २२ वर्षीय उनी गोल्डेन बुटको एकल दाबेदारजस्तै देखिएकी हुन् । सावित्रा फ्रेन्च लिग खेल्न पुगेपछि प्रशिक्षक जीवेश पाण्डेले रश्मिलाई मुख्य स्ट्राइकर बनाएका छन् । पाण्डेको निर्णयलाई रश्मिले न्याय गरिरहेकी छन् । रश्मिले कोशी र बागमतीविरुद्ध समान ५, सुदूरपश्चिमविरुद्ध ४, कर्णालीविरुद्ध २ तथा संकटा र चन्द्रपुरविरुद्ध समान एक गोल गरेकी छन् ।

उषा नाथ– नेपाल पुलिस

 उषा नथा (२२ नम्बर जर्सी), तस्विरः एन्फा । 

गोलकिपर उषा नाथको प्रदर्शन यसपटक लिगमा उत्कृष्ट देखिएको छ । टोली मुख्य खेलहरूमा दबाबमा पर्दा उनले संकट नै टारेकी थिइन् । चन्द्रपुरकी दिलकुमारी मगरको पेनाल्टी बचाउँदै हार टारिन् । ७१औं मिनेटमा उषाले पेनाल्टी बचाएपछि पुलिस गोलरहित बराबरी गर्न सफल भयो । यस्तै, एपिएफ र आर्मीविरुद्ध उनको प्रदर्शन निकै लोभलाग्दो थियो । त्यसैले पनि उनी यो लिगको पहिलो चरणमा सर्वाेत्कृष्ट पाँचभित्र पर्न सफल भएकी छन् । 

९ खेल खेल्दा ८ खेलमा क्लिनसिट राखेकी छन् । पुलिसले प्रतियोगितामा टोलीले २० गोल गर्दा उषाले एक गोलमात्र  ब्यहोरेकी छन् ।